
बाजुरा: बाजुरामा लामो समयपछि हिउँदे बर्षा तथा हिमपात भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव संगै बाजुराकाे उच्च हिमाली तथा लेकाली भू-भागमा वर्षा संगै हिमपात भएको हाे।

शुक्रबार रातीदेखि बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू-भागमा वर्षा संगै हिमपात भएको हाे।खडेरीले बाली सुक्दै गएका बेला लामो समयपछि हिँउदे बर्षा तथा हिमपात हुँदा बाजुराबासी निकै हर्षित बनेका छन ।
लामो समयपछि जिल्लामा बर्षा तथा उच्च हिमाली भेगमा हिमात हुँदा अत्याधिक जाडोको अनुभव गरीएको छ ।करिब पाँच महिनाकाे अन्तरालपछि बर्षा तथा हिमपातले बालीनाली सप्रिने भन्दै बाजुराका किनासहरु खुसी भएका छन।
खडेरीले बालीनाली सुक्दै गएकाे बेला बर्षा र हिमपात हुँदा अब बालीनालीमा सुधार हुने र उत्पादनमा बृद्धि हुने बिश्वास रहेकाे बाजुराकाे बडीमालिका ७ रजाताेलीका स्थानीय हरिचन्द्र पाध्यायले बताए ।
उनका अनुसार,हिउँदे बर्षा र हिमपात नहुँदा हिउँदे बाली सुक्न थालेकाे थियाे। अब वर्षा र हिमपात भए पछि बालीनाली संगै रुघाखोकी जस्ता विभिन्न प्रकाेप समेत घट्ने बताएका हुन्।
बर्षा तथा हिमपात हुँदा जिल्लाका पर्यटकिय स्थल बडिमालिका, बूढीनन्दा,सुनन्दा,रानीसैन,कालाजग्रा, बडालेखल,लगायतका उच्च हिमाली तथा लेकाली क्षेत्र यतिबेला सेताम्मे बनेका छन्।जिल्लामा यो वर्ष पहिलो पटक हिँउदे बर्षा तथा हिमपात भएको हो ।
जिल्लाका ९ वटै पालीकामा बुधबार रातीदेखि बर्षा तथा हिमपात भईरहेको छ । भने तलो क्षेत्रमा वर्षा भइरहेको छ । बाजुरासहित सुदूरपश्चिम प्रदेशका उच्च् पहाडी तथा लेकाली भु-भागमा बर्षा तथा भारी हिमपात जारी रहेको छ ।
हिमपात भए पछि चिसाेकाे कारण बालबालिका र बृद्धबृद्धा समस्या परेका छन्। बाजुराकाे पाेरखेगढीमा भारी हिमपात भएका कारण मार्तडी देखि पुर्वि उत्तरी भेगमा चल्ने सवारीसाधन ठप्प बनेका छन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर