
बाजुरा: बाजुराकाे मार्तडी-काेल्टी सडकखण्ड अन्तर्गत बुढिनन्दा नगरपालिकाकाे दानासाँघु खाेलामा बेलिब्रिज पुल निर्माणकाे लागी शिलान्यास गरिएको छ।लामाे समयकाे अथक प्रयास पछि उक्त खाेलामा पुल निर्माणका लागी बुधबार शिलान्यास गरिएको हाे।

बुढीनन्दा नगरपालिकामा उप-प्रमुख रामबहादुर बोहराले बेलिब्रिज पुलको शिलान्यास गर्नु भएको हाे। साँफे मार्तडी सडकखण्डकाे जडाङ्गा स्थित प्रयाेगविहिन अवस्थामा रहेकाे बेलिब्रिजलाई दानासाँघु खाेलामा स्थानान्तरण गरि पुन: स्थापना गर्न लागिएकाे हाे।
सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख लागतमा उक्त पुल सार्न लागेकाे हाे।नगरपालिकाकाे निरन्तर प्रयासपछी पुल स्थानान्तरण प्रक्रियाले सार्थकता पाएकाे बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहराले बताए ।
उनका अनुसार,बेलिब्रिज निर्माण भए पश्चात् माथिल्लो क्षेत्रका नागरिकलाई ठुलाे राहत मिल्ने बताएका छन्।साथै सवारीसाधन र स्थानीयकाे आउजाउमा सहज हुने अपेक्षा लगिएको बताए ।मार्तडीदेखि कोल्टी सडक सुचारु भएको झण्डै २६ वर्ष बितिसक्दा पनि उक्त खाेलामा पुल निर्माण हुन सकेकाे थिएन्।
सडक डिभिजन कार्यालय अछामले जडाङ्गामा रहेको बेलिब्रिज पुललाई त्यहाँ राख्ने गरी बेलिब्रिज पुलको सर्भे गरिको थियाे । मार्तडी देखि काेल्टीसम्म करिब ४२ किलाेमिटर सडकखण्ड छ।उक्त सडककाे बाउलीमा पाँच बर्ष देखि पुल अलपत्र अवस्थामा छ भने अनाई खाेलामा पुल निर्माण करिब अन्तिम चरणमा पुगेकाे छ।
त्यस्तै रजाताेली खाेलामा पनि पुल बन्न सकेकाे छैन्। पुल निर्माण नभएका खाेलामा बर्षातकाे समय पानीको बहाव बढ्दा समस्या हुने गरेकाे छ ।पुल निर्माण पछि माथिल्लो क्षेत्रका ४ स्थानीय तह, बूढीनन्दा नगरपालिका,हिमाली, जगनाथ र स्वामिकार्तिकका नागरिकका साथै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकाेट गरि १७ बढि पालिकाका नागरिकलाई सहज हुने भएको छ।
यतिवेला खाेलामा पुल नहुँदा यातायातका साधनलाई समस्या हुदैँ आएकाे थियाे।अहिले बुढिगंगाकाे बेलिब्रिज जडान गरि यातायातका साधनलाई सहज बनाईने भएको हाे । साथै पक्की पुल निर्माणका लागी ठेक्का प्रक्रिया पनि अघि बढिसकेकाे छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर