• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 16, Dec, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

खप्तड मालिका न्युज November 17, 2025 मा प्रकाशित (४ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुराका बाल साहित्यकार गौरव विष्ट ‘समर्पण’ ले लेखेकाे  ‘प्रिय बाम्का’ काव्य लेख सार्वजनिक गरिएको छ। बाम्का बजारकाे गाथा समेटिएको उक्त कृतिकाे साेमबार एक समाराेहका कीर्तिपुरस्थित मङ्गल माध्यामिक विद्यालयमा विमाेचन गरिएको हाे।

बाजुराकाे बुढिगंगा नगरपालिका वडा.नम्वर ७ वायल घर भएका विष्ट सानै देखि साहित्यमा पाेख्त थिए। साहित्यका विभिन्न विधामा कलम चलाउने उनले १७ बर्षकाे कलिलाे उमेरमै कृति सार्वजनिक गरेका हुन्।मङ्गल माविका प्रधानाध्यापक लाेकलाल महर्जन लगायतले कृतिकाे विमाेचन गरेका हुन्।

२०६५ पुस १९ गते पिता चित्र बहादुर विष्ट र माता दुर्गा भारतीकाे काेखबाट जन्मिएका बिष्टले आफ्नो साहित्यिक यात्रामा पहिलाे नयाँ साहित्यिक कृति ‘प्रिय बाम्का’ बजारमा ल्याएका हुन्।कृति विमाेचन कार्यक्रममा लेखकको साहित्यिक यात्राबारे विविध चर्चा,परिचर्चा र विमर्श समेत गरिएको थियाे।

कृतिमा लेखकले बाजुराकाे बाम्का बजाकाे स्वरुप बारे चर्चा गरेका छन्। पहिले मानवीय उर्जाले गुञ्जिएकाे बाम्का बजार,जहाँ एकदिन आगोले जलेर राख भएको र जलेर राख बनेकाे बजारभित्र पनि जीवन बाँकी रहेकाे लगायत बिषयबस्तु समेटेर कृति तयार पारिएको छ।

बाम्का बजारकाे केवल दृश्य मात्र नभई,यहाँका मानिसहरु,तिनका सम्झना र पीडा भाेग्ने आत्माहरुकाे महसुस गरिएको छ। कृतिका हरेक पानाहरुमा दु:ख, वेदना करुणाका साथै सबैभन्दा ठुलाे फेरि उठ्ने मानवीय दृढता समेटिएकाे छ । त्यस्तै काव्यमा व्यक्तिकाे आत्मिय सम्झना,सामुहिक पिडाकाे दर्पण र पुनर्जन्मकाे उज्यालाे झल्काईएकाे छ ।

लेखकले कृतिलाई तिन तहमा विभाजन गरि साहित्यिक पाठ मात्र नभई एक आत्मिय यात्राकाे रुपमा रुपान्तरण गरेका छन्। लेखकले कृति लेख्नु अघि बाम्का बजारकाे सिङ्गाे स्वरुप नियाल्दै बजारका चाेकचाेक र गल्लीमा पुगेर विस्तृत अध्यनन गरि बिषयबस्तुकाे चित्रण गरेका छन्।

साथै कृतिले जलेर राख भएको बाम्काकाे माटाे बाेलिरहेकाे,हावाले अझै नाम फुस्फुसाई रहेकाे,त्यस्तै बाम्काकाे त्याे विकराल स्वरुप अझै सबैकाे मनमा ताजा रहेकाे आभाषकाे अनुभुती दिलाएकाे छ । कृति सबैकाे मनमा अटल रहने अपेक्षा समेत गरिएको छ।

कृति विमाेचन कार्यक्रममा बाेल्दै मङ्गल माध्यामिक विद्यालयका प्रधानाध्यापक लाेकलाल महर्जनले लेखक विष्टकाे साहित्य प्रतिकाे लगाव र उनकाे अभिव्यक्ति शैलीकाे प्रशंसा समेत गरेका हुन्।सानै उमेरमा कृति विमाेचन गर्नु गाैरवकाे कुरा भएकोले आगामी दिनमा थप सफलताको शुभकामना समेत व्यक्त गरे ।

त्यस्तै लेखक गौरव विष्ट ‘समर्पण’ ले ‘प्रिय बाम्का’ काव्य लेखकाे बारेमा विस्तृत चर्चा समेत गरेका थिए । साथै लेखन प्रतिकाे प्रेरणा तथा पुस्तकले बाेककाे बाम्का बजारकाे भावनात्मक पृष्ठभूमि बारे प्रष्ट पारेका थिए।उनले याे कृति कुनै घटनाकाे लेखाजोखा मात्र नभई बाँचिरहेकाे ईतिहासकाे दस्तावेज समेत रहेकाे बताए ।

साथै उनले आफ्नो साहित्यिक यात्रा पहिलाे कृति प्रकाशन गर्न पाउँदा निकै खुसी लागेकाे बताए । यहाँसम्म साथ सहयाेग गर्ने प्रती आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबैकाे साथ,सहयोग र हाैसलाकाे अपेक्षा समेत राखेकाे बताएका हुन्। पीडा संगै करुणा भाव बाेकेकाे र आत्मीय कथाहरू समेटिएकाे कृतिले सबैकाे मन जित्ने समेत उनले बताए ।

विमाेचन कार्यक्रममा सहभागीहरूले लेखकलाई शुभकामना दिँदै थप प्रगतिकाे कामना समेत गरेका हुन्। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा साहित्यप्रेमीहरूको बाक्लाे उपस्थिति रहेकाे थियाे।

सम्बन्धित पोस्ट
  • बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने
  • पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक
  • काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल
  • नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    समाचार

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित

    नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभाः पार्टी प्रवेशको लहर,एमाले काङ्ग्रेसमा पहिरो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑