• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 27, Oct, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

काेल्टी आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

खप्तड मालिका न्युज October 27, 2025 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,बाजुरा:  जिल्लाकाे पुर्वि उत्तरी क्षेत्रकाे बुढिनन्दा नगरपालिका १ काेल्टीमा रहेकाे काेल्टी आधारभूत अस्पतालमा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

दुर्गमका नागरिककाे स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै शिविर सञ्चालन गर्न लागिएकाे बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताए ।उनका अनुसार,एक एक पाइला, गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिका बीचको समन्वयमा
शिविर सञ्चालन गर्न लागिएकाे हाे।

शिविर सञ्चालनले दुर्गमका नागरिककाे स्वास्थ्य उपचारमा सहयाेग पुग्ने विश्वास लगिएको शाहीले बताएका छन्। साथै माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तहका नागरिक संगै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकाेट लगातय १७ पालिकाका नागरिक शिविरबाट लाभान्वित हुने उनकाे भनाइ छ।

बृहत् नि: शुल्क स्वास्थ्य शिविर यहिँ कार्तिक २४ गते साेमबार विहान १० बजेदेखि कार्तिक २६ गते बुधबारसम्म सञ्चालन गरिने भएको छ। शिविरमा नाम दर्ताकाे लागी विहान १० बजेदेखि दिउँसो ३:३० बजेसम्मकाे समय ताेकिएकाे छ । नि:शुल्क रुपमा आयोजना हुन लागेको बृहत स्वास्थ्य शिविरमा सहभागी भई माैकाकाे फाईदा लिन आग्रह गरिएको छ।

नि:शुल्क स्वास्थ्य शिविरमा आँखा रोग सेवा ( मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया) जेनेरल मेडिसिन, छाला रोग सेवा,नाक, कान, घाँटी रोग सेवा,स्त्री तथा प्रसुती रोग ,दाँत रोग सेवा,सामान्य शल्यक्रिया सेवा,कलेजो रोग ,हाड तथा जोर्नी रोग सेवा,बाल रोग ,प्याथोलोजी सेवा, रेडियोलोजी , इन्डोस्कोपी सेवा र फार्मेसी लगायतका सेवाहरु प्रदान गरिने भएको छ।

काेल्टी आधारभूत अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा प्रदान गर्दै आएकाे छ । दुर्गमका नागरिकलाई सहज रुपमा सेवा प्रदान गरेकाेमा काेल्टी अस्पताललाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत समेत गरिएको थियाे। कोल्टी आधारभुत अस्पतालमा अहिले स्त्रीरोग विशेषज्ञ, ओटी नर्स, डिजिटल एक्स–रे, रक्तसञ्चार सेवा, एनेस्थेसिया, फार्मासिस्ट, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, अप्थाल्मिक असिस्टेन्ट लगायतका जनशक्ति छन्।

गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे, प्रयोगशालाको डिजिटलीकरण, अनलाइन प्रतिवेदन प्रणाली, डिजिटल बिलिङ सेवा जस्ता आधुनिक सुविधा सुरु भएका छन्।जुन नगरपालिकाको पहल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा यस्ता सेवाहरु सूचारू भएका हुन्।प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको कोल्टी अस्पताल अहिले आधारभूत अस्पतालमा परिणत भएको छ।

सम्बन्धित पोस्ट
  • ५ एसएसपी डीआईजी बढुवामा सिफारिस
  • देशभर बदली, हल्का वर्षा र हिमपातको सम्भावना
  • आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
  • प्रथम बुढिगंगा ‘कबड्डी’ प्रतियोगिता सम्पन्न,उपाधी आयोजक टिम ‘A’ को पोल्टामा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    काेल्टी आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    ५ एसएसपी डीआईजी बढुवामा सिफारिस

    देशभर बदली, हल्का वर्षा र हिमपातको सम्भावना

    समाचार

    काेल्टी आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    ५ एसएसपी डीआईजी बढुवामा सिफारिस

    देशभर बदली, हल्का वर्षा र हिमपातको सम्भावना

    आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

    प्रथम बुढिगंगा ‘कबड्डी’ प्रतियोगिता सम्पन्न,उपाधी आयोजक टिम ‘A’ को पोल्टामा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑