
काठमाडौं : आईसीसी विश्वकप लिग २ को १५ औँ चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९.१ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनायो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए। तेस्रो विकेटका लागि स्मिथ र मुक्काकल्लाले ९५ रनको साझेदारी गरेका थिए। ४८ मा २ विकेट गुमाएको अमेरिकाले १४३ मा तेस्रो विकेट गुमायो।
एन्ड्रिज गोउसले ११, कप्तान मोनाक पटेलले १० रन बनाउँदा सइतेजा मुम्कामल्लाले ४२ रन बनाए। मिलिन्द कुमारले ७० रनको अविजित अर्धशतकीय पारी खेले। हर्मप्रित सिंह १६ रनमा अविजित रहे।नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए।
सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरी १–१ विकेट लिए।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए। यस्तै आसिफ शेख ३७, भीम सार्की २९, कप्तान रोहित पौडेल २, आरिफ शेख २०, गुल्सन झा ३, सोमपाल कामी ११, करण केसी २, सन्दीप लामिछाने र कुशल भुर्तेल ० रनमा आउट भए।बलिङमा अमेरिकाका हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर