
एक करोड १० लाख ७० हजार रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धादिङको निलकण्ठ नगरपालिका–२ घर भएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ छन् ।

उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट उक्त रकमका साथै सुनका विभिन्न गरगहनाहरु पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । सुनका बाला २ थान, झुम्का ४ थान, औठी ३ थान, नत्थी, सिरबन्दी बरामद भएको छ ।
५ थान मोबाइल, एप्पलको म्याकबुक एक थान, बागमती प्रदेश ०१–०३१ च ५२६२ नम्बरको बिवाईडी कार पनि बरामद गरिएको उनले बताए । पक्राउ परेका मध्ये सुनार बैंकिङ कसुरका फरार प्रतिवादी रहेको खुलेको छ ।उनीविरुद्ध प्रहरी र्वत्त गौशालामा ४ असोज २०७९ र १० फागुन २०७९ मा मुद्दा दर्ता भएको पाइएको छ । पक्राउ परेका दुबै जनालाई हुण्डी गर्न नहुने कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर