
बाजुरा: बाउली खाेलामा निर्माणाधीन पक्की पुल पाँच बर्षदेखि अलपत्र अवस्थामा परेकाे छ । मार्तडी-कोल्टी सडकखण्डको बाउलीमा निमार्णाधिन उक्त पुल करिब पाँच बर्षदेखि अलपत्र अवस्थामा परेकाे हाे।

निमार्ण कार्य सुरु भएको करिब बर्ष बितिसक्दा पनि निमार्ण कार्य पुरा नभई अलपत्र अबस्थामा रहेको छ । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न हुन नसक्दा बर्षेनी समस्या हुने गरेकाे छ ।
सुदुरपश्चिमको गौरवको आयोजनाकाे रुपमा रहेकाे मार्तडी कोल्टी सडकखण्डको बाउलीमा पर्ने उक्त पुल अहिले छेदविच्छेद अबस्थामा छ । मार्तडी–कोल्टी सडक खण्ड अन्तरर्गत सदरमुकाम मार्तडी जोड्ने आरसिसि व्रिज निर्माण सम्झौता भएको पाँच बर्षसम्म पाँच प्रतिशत समेत काम हुन सकेको छैन् ।
ठेकेदारको चरम लापरवाहीका कारण निमार्णधिन पुल अलपत्र अबस्थामा परेकाे हाे । पुल निर्माणको लागी एकै क्षेत्रतर्फ सरिया हालिएका छन्, जुन सरिया खाेलाले छेदबिच्छेद बनाएकाे छ । पुलकाे टिडि आर जुगल कौसिक जेभिले निमार्णको जिम्मा लिएको थियो ।
निमार्ण कार्यको म्याद पटकपटक थप्दा पनि पुल निर्माण सम्पन्न हुन सकेकाे छैन्।लामोसमयसम्म पनि पुल निमार्ण नहुँदा यहाँका स्थानियहरुले सास्ती खेप्प्दै आईरहेका छन् भने यातायातका साधनहरुलाई पनि बर्षातको समयमा आवतजावत गर्न निकै समस्या हुँदै आएको छ ।
२०७९ फागुन १५ भित्र मोटरेबल पुल निर्माण सक्नेगरी २०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीले ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैंयामा सम्झौता गरेर निमार्णको जिम्मा लिएको थियो ।तर निमार्णको जिम्मा लिएको करिब पाँच बर्ष बितिसक्दा पनि निमार्ण कार्य सम्पन्न हुन नसक्दा उक्त निमार्णधिन पुल अलपत्र अबस्थामा परेकाे हाे ।
पटक पटक ठेकेदार कम्पनीलाई ताकिता गर्दा पनि सुनुवाइ नहुँदा सोही कम्पनीलाई फेरि आर्थिक वर्ष २०८१-८२ फागुनभित्र काम पूरा गर्ने गरेर म्याद थपियाे तर पनि सुनुवाइ हुन नसकी निर्माण कार्य जस्ताकाे त्यस्तै रहेकाे सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताउनु भएको छ ।
ठेकेदारको चरम लापरवाहीका कारण पाँच बर्ष बितिसक्दा पनि पुलको निमार्ण कार्य सम्पन्न नहुँदा बर्षेनी समस्या हुँदै आएको बडीमालिका नगरपालिका वडा नम्बर ८ का स्थानीय मान बहादुर ऐडीले बताए ।खोलामा पुल नहुँदा पुर्वि उत्त्री क्षेत्रका चारवटै स्थानिय तहका नागरीक,त्यस्तै बडीमालिका ७ र छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकाेटका नागरिकलाई समस्या हुँदै आएकाे उनले बताए ।
बाउली खोलाको मात्रै नभई बाजुरामा अधुरा रहेका जति पनि निमार्ण कार्य यथासिग्र सम्पन्न गर्न सबै ठेकेदार तथा ठेकेदार कम्पनीसंग समन्वय तथा सहकार्य भईरहेको प्रशाशन कार्यालय बाजुराले जनाएको छ ।बाउली नजिकैकाे अनाई खाेलामा निर्माणाधिन पक्की पुल भने निर्माण सम्झाैता भएको एक बर्ष भित्रै निर्माण कार्य करिब सम्पन्न भईसकेकाे छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर