
बाजुरा: सेभेन ए साइड बाजुरा कप फुटवल प्रतियाेगिता २०८२ काे उपाधी साईनिङ स्टार युथ क्लव काेल्टीले जितेकाे छ । कपकाे फाइनल भिडन्तमा रानीवन स्पाेर्ट क्लव र साईनिङ स्टार युथ क्लव विच प्रतिष्पर्धा भएको थियाे।

निर्धारित समयमा दुवैले १-१ गोल गरेका थिए । थप गरिएको समयमा दुबैले गाेल थप्न सकेनन् र पेनाल्टी सुटआउटबाट खेल नतिजा लिनु परेकाे थियाे।राेमाञ्चक पेनाल्टी सुटआउटबाट रानीवनलाई पछाडी पार्दै साईनिङ स्टार काेल्टीले १ गाेल ओभरका साथ जित निकालेकाे थियाे ।
रानीवन स्पाेर्ट क्लवले भने उपविजेतामै चित्त बुझाउनु परेकाे हाे।पेनाल्टी सुटआउटमा साईनिङ स्टारले ९ र रानीवन स्पाेर्ट क्वलले ८ गाेल गरेका हुन् ।प्रतियाेगितामा जम्मा २० टिम सहभागी भएका थिए । उक्त २० टिम मध्ये समूह चरणका खेलहरुबाट ८ टिम क्वाटरफाईनल समिकरणकाे लागी तय भए भने अन्य टिम बाहिरिएका थिए ।
क्टारफाईनल समिकरण पछि ४ टिम बाहिरिदै सेमिफाईनफमा ४ टिम तय भए अन्ततह: फाईनलमा दुई टिम बिच प्रतिष्पर्धा भएको थियाे जसमा साईनिङ स्टार पेनाल्टी सुटआउटबाट विजेता बनेकाे हाे ।प्रतियाेगितामा विजेता बनेकाे साईनिङ स्टार युथ क्लवले ६१ हजार नगद, सहित ट्रर्फि,कप,मेडल र प्रमाण पत्र प्राप्त गरेकाे छ ।
उपविजेता वनेकाे रानीवन स्पाेर्ट क्लवले ३२ हजार नगद सहीत कप,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे हाे।त्यस्तै प्रतियाेगितामा उत्कृष्ट खेलाडी,उत्कृष्ट गाेलकिपर, सर्वाधिक गोलकर्ता, खेलाडीहरुलाई नगद ५/५ हजार सहित प्रमाणपत्रले सम्मानित गरिएको थियाे।
प्रतियाेगितामा मुख्य प्रायाेजककाे रुपमा रहेकाे दिनेश ट्रेर्डस एण्ड अर्डर सप्लायर्सलाई प्रतियाेगिता सफल पार्न महत्त्वपूर्ण सहयाेग गरेकाेमा कदरपत्रले सम्मानित गरिएको थियाे। त्यस्तै निकाे रिसाेर्ट,स्मार्ट डिजिटल,मालिका नमुना मावि,बडीमालिका नगरपालिका,बाजुरा पार्ट अफ हेमन,दारी भाईकाे चिया पशल लगायतलाई पनि कदरपत्र प्रदान गरिएको हाे।
प्रथम बाजुरा फुटबल प्रतियोगिता सदरमुकाम मार्तडीमा अत्यन्तै भव्य, अनुशासित र हार्दिकता पूर्ण वातावरणमा सम्पन्न भएको मुल आयोजक समिति संयाेजक हिमाल बडुवालले बताए । प्रतियोगिता केवल फुटबलको खेल मात्र नभई यसले बाजुराको समाज, संस्कार र चेतनामा एक नयाँ ऊर्जा भरिदिएको उनले बताए ।
समापन कार्यक्रममा बाेेल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एमाले बाजुराका सचिव काँसी विकले खेलाडीहरु प्रती उच्च सम्मान गर्दै अझै यस्ता प्रतिभावान खेलाडी उत्पादन गर्न आवश्यक रहेकाे बताए । याे फुटबल प्रतियोगिताले पहिलेकाे जस्ताे गलत धारणालाई तोड्दै बाजुरालाई शान्ति, मित्रता, एकता र खेल भावनाको प्रतीकका रूपमा स्थापित गरेकाे बताएका हुन्।
जिल्लामा प्रतिभावान खेलाडी भएपनि उचित किसिमकाे खेलमैदान नहुँदा खेलाडीहरुलाई समस्या हुँदै आएकाे छ । जिल्लामा उचित किसिमकाे खेलमैदान निर्माण गर्न यहाँका सम्पुर्ण सराेकारवाला निकाय,राजनितिक दल,लगायत सम्पुर्णले ध्यान दिनुपर्ने देखिन्छ।जिल्लामा राम्रो खेलमैदान निर्माण गर्न सकेकाे खण्डमा यहाँकाे खेल क्षेत्रकाे विकास संगै प्रतिभावान् खेलाडी उत्पादन गर्न सकिने निकै सम्भावना रहेकाे छ ।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर