
१ः
जलि सकेको मेरो मन जलाएर के गर्छौ
विश्वासले भरिएको घर ढलाएर के गर्छौ
जसले सधैभर सुख दुःख मा साथ दियो,
आँखिर उसै माथी छुरा चलाएर के गर्छौ ।।
२ः
मलाई केही चाहिँदैन बरु तिमी हुनु पर्छ
जल्दै गर्लान् यी जल्नेहरु तिमी हुनु पर्छ
सुख,दुख पर्दा मलाई सधैंभर साथ दिने,
कोही छैनन् हेर मेरो अरु तिमी हुनु पर्छ ।।
४ः
जिन्दगीमा अनेक दुस्ख पाएको छु मैले
तिम्रै यादमा धेरै आँसु बगाएको छु मैले
तिमिलाई नै पाउँ भनि देवी देउता पुज्न,
पटक-पटक मन्दिर तिरै धाएको छु मैले ।।
४ः
फुलेको फुल नछुने मान्छे कोही हुदैन्
यहाँ सुखै सुख हुने मान्छे कोही हुदैन्
जिन्दगीमा सबैको भलो चिताई राख,
नत्र तिमी मर्दा रुने मान्छे कोही हुदैन् ।।
५ः
अनेक दुख सहन्छु अचेल कस्ले बुझि दिन्छ
बगी रहेछन् आँसुका भेल कस्ले बुझि दिन्छ
नचाहाँदा नचाहँदै पनि आपसमा छुट्टिनु पर्ने,
यस्तै रहेछ पिरतीको खेल कस्ले बुझि दिन्छ ।।

लेखकः गोविन्द्र राज तिमिल्सेना (कुशुम कान्छो)

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर