
गोविन्द्र राज तिमिल्सेना,बाजुराः पानी जीवनको आधार हो।वन,वनस्पति र जीवको उत्पत्ति पानीमै भएको तथ्य छ। जीवन जीउनका लागि पानी अत्यन्तै महत्त्वपूर्ण तत्त्व हो।पानीको महत्त्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्या भोगिरहेका छौं। पानीको महत्त्वलाई सबै सामु छर्लङ्ग पार्न र स्वच्छ पानीका स्रोतहरुको संरक्षण सम्बर्द्धन र दिगो विकासका लागि वकालत गर्न जरुरी देखिन्छ।

पानी मानिसको आधारभुत आवश्कता हो । बाजुरामा कतिपय यस्ता ठाउँहरु छन् जहाँ पानी लिन घण्टौ हिड्नु पर्ने बाध्यता छ । कुनै पनि स्थानीय तहमा राम्रो संग नागरिकले पानीको उपभोग गर्न पाएका छैनन्।तर बडीमालिका नगरपालिका वडा नम्बर ७ का कतिपय गाउँमा भने खानेपानीको सहज उपलब्धता छ । यस बर्ष वडाको गुलढुङ्ग्रा-सिराडी, माथिल्लो-तल्लो सुनकाना,भुगाडिपाटा,गोपीसेरा लगायतका गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण गरिएका छन् । अन्य ठाउँमा खानेपानी योजनाको निर्माण कार्य गतिशील रूपमा अघि बढिरहेका छन्।
स्थानीय जनताको आधारभूत आवश्यकता,खानेपानीलाई उच्च प्राथमिकता राख्दै सबै गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण कार्य गतिशील रूपमा अघि बढाइएको बढीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । उनले भने, “वडाको गुलढुङ्ग्रा,सिराडी, माथिल्लो तल्लो सुनकाना,भुगाडिपाटा,गोपीसेरा लगायतका गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण गरिएका छन्। बाँकी रहेका ठाउँमा खानेपानी निमार्ण कार्यलाई विभिन्न ठाउँमा समन्वय सहकार्य गरि अघि बढाएका छौ । ’’
गुलढुङ्ग्रा-सिराडीमा २० वटा खानेपानीका धारा, माथिल्लो-तल्लो सुनकानामा १६ धारा,भुगाडिपाटामा २५ धारा,गोपिसेरामा २३ वटा धारा,माउलेखमा ३ र केलरुखमा १ गरेर ८८ वटा खानेपानीका धाराहरुको निमार्ण सम्पन्न गरिएको वडा अध्यक्ष पाध्यायले बताए । साथै, ढम्कने, रजातोली, खम्म, पोखरा, तलगाउँ र तल्लो सुनकानाका लागि पनि खानेपानी योजनाको निर्माण कार्य गतिशील रूपमा अघि बढिरहेको पाध्यायले बताए।धाराहरुको निर्माण कार्य सम्पन्न भई जनतालाई घरको दैलो दैलोमै खानेपानी सेवा उपलब्ध गराइएको पाध्यायको भनाई छ ।साथै उनले भने,“आफु वडाका जनताको सेवामा निरन्तर लागीरहेको छु। कसले कति राम्रा काम गरेका छन् इतिहासले बताउँला । आफु बोलेर होइन्,गरेर देखाउने मान्छे हुँ,जल्ने मान्छे जल्दै गरुन् । ’’
जनताको नजरमा को जनप्रतिनिधि कति उदाहरणिय छ,त्यो समयले आफै भन्ला,कसैले अरुको कुरा काट्दैमा केहि हुदैन् उनले भने, “काम गर्नेहरू प्रति डाहा गर्ने, पूर्वाग्रही सोच राख्ने, सकारात्मक भन्दा नकारात्मकता खोज्नेहरू आफै तल बस्छन् ।जनताको मन जित्न सफल, निष्ठावान र कर्मशील जनप्रतिनिधिका रूपमा आफु सधै अघि बढिरहने छु ।पछाडि फर्केर हेर्दा समय मात्रै बर्बाद हुन्छ, तर भविष्य निर्माण अगाडि हेरेर मात्र सम्भव छ ।’’ धाराहरु निमार्ण पछि स्थानीयलाई दैनिक सहज हुने उनले बताए । वडाभरिका स्थानीयको लागी “एक घर,एक धारा ”निर्माण अभियानमा आफु लागीरहेको वडाध्यक्ष पाध्यायले बताउनुभयो ।
घर घरमै खानेपानीका धारा निमार्ण पछि निकै सहज भएको बडीमालिका ७ गोपीसेराकी अम्बिका पाध्यायले बताईन् । उनले भनिन्,“ घर नजिकैको धारामा पानी आउँदा भगवान आए जस्तो महसुस भएको छ । पहिले ‘बस्तीमा पानी नहुँदा हिलो धमिलो पानीले दैनिक गुजारा गरिरहेका थियौँ,’ ‘अहिले वडाको समन्वयमा एक घर एक धारा निर्माण भए पछि सहज भएको छ ” । साथै घर घरमा धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम भएको पाध्याय बताँउनुहुन्छ । आँगनमै खानेपानीको धारा आउला भनेर कल्पना समेत नगरेका यहीँका स्थानीय घर घरमै निर्माण गरिएका धारामा पानी नियमित आउँदा खुसी छन्।
यता जिल्ली, ढम्कने, रजातोली, खम्म, पोखरा, तलगाउँका बासीहरुले भने सहज रुपमा खानेपानीको सेवा सुविधा नपाएको गुनासो गरेका छन् । अन्य ठाउँमा धाराहरु निमार्ण गरेर पानीको सेवा सुविधा पुर्याएको भए पनि सो गाउँमा भने पानीको समस्या यतावत् छ ।धाराहरु निमार्ण गरिएका ठाउँमा खानेपानीको सुविधा भए पनि धाराहरु निमार्ण नगरिएका ठाउँमा भने समस्या टरेको छैन् । वडा अध्यक्ष धर्मराज पाध्यायले बाँकी रहेको गाउँमा खानेपानी योजना निमार्ण कार्य भईरहेको बताएका छन् । उक्त ठाउँका बासिन्दाहरुको घर-घरमै केहि समय पछी खानेपानीका धाराहरु निमार्ण गरिने बताएका छन् ।खानेपानीका धारा निमार्ण भएका ठाउँमा भने स्थानीयको दैनिकीमा परिर्वतन आएको छ । धाराबाट खेर गएको पानीलाई प्रयोग गरी स्थानीयले तरकारी खेती लगाई जीवनस्तरमा परिवर्तन ल्याउने काम गरेका छन्।



यो पनि पढ्नुहोस्…..
घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर