• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

खप्तड मालिका न्युज July 10, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुराः बडीमालिका नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले मानव विकास भएन भने केही विकास नहुने बताएका छन् । बुधबार वडामा आयोजित “वडास्तरीय उत्कृष्ट सम्मान कार्यक्रम २०८२ ” मा बोल्दै उनले यस्तो बताएका हुन् ।

विकासको केन्द्रविन्दु मानिस नै हुनुपर्छ । मान्छे विकासको साधन मात्र होइन, साध्य हो ।त्यसैले मानव कल्याणलाई प्रभावित गर्ने सबै पक्ष— बिशेषत शिक्षा, त्यस्तै स्वास्थ्य,आर्थिक स्थिति र जीवनस्तर,सहभागिता, सांस्कृतिक पहिचानलाई मानव विकासको पहिलो आधारको रुपमा लिनुपर्ने बताए ।

उनले शिक्षा क्षेत्र मानव विकासको महत्वपुर्ण पाटो भएकोले यसलाई जगै देखि बलियो बनाउँन आबश्यक रहेको बताएका हुन् । मानव विकासलाई बलियो बनाउँन शिक्षा क्षेत्रले अग्रणी भुमिका खेल्ने हुँदा सबैले शिक्षा क्षेत्रलाई गहन रुपमा अध्ययन गरेर अगाडी बढ्नुपर्ने पाध्यायले बताए । साधारणतया विकास भत्रे बित्तिकै आयको स्तर र आर्थिक स्थितिलाई बुझ्ने गरिएको भए पनि त्यसको पछाडी शिक्षाले नै ठुलो भुमिका खेलिरहने उनले बताए ।

शिक्षाले नै विश्व साँघुरिएको बताउँदै पाध्यायले शिक्षाको ज्योती मानव विकासको आधार तत्व रहेको प्रस्ट पारे ।ब्यक्तिले शिक्षा आर्जन गरेर जब समृद्धिको बाटोमा हिड्न सक्दैन् तबसम्म कुनै पनि विकासको अनुभुती गर्न नहुने पाध्यायले बताएका हुन् । उनले भने,“मानव विकासको पहिलो आधार शिक्षा नै हो।यदि शिक्षा नै राम्रो भएन् भने मानव विकास हुदैन्,मावन विकास भएन् भने केही पनि विकास हुन सक्दैन्। ” समाज तथा देश परिर्वतन गर्न शिक्षा क्षेत्र बलियो हुन अपरिहार्य रहेको पाध्यायले उल्लेख गरेका हुन् ।

माध्यामिक शिक्षा परिक्षा एसइईमा वडामा रहेका दुबै माध्यामिक विद्यालयले नतिजा राम्रो ल्याउँन नसकेको प्रति गम्भिर हुदै पाध्यायले यसमा सबैले सच्चिनु पर्ने बताए । शिक्षा एक आधारभूत मौलिक अधिकार भएकोले विद्यालय तहमा यसको गुणस्तर प्रभावकारी हुन आवश्यक रहेको बताउँदै पाध्यायले नतिजा राम्रो नआउनाको गल्ति कमजोरी पहिल्याई सुधारको बाटोमाा लैजानुपर्ने बताए ।वडा सरकार शैक्षिक गुणस्तर बलियो बनाउँन लागीरहेको भए पनि बिद्यालयले राम्रो नतिजा ल्याउन नसक्दा दुःख लागेको समेत उनले बताए । अहिले उक्त नतिजाका कारण चारै तिरबाट जनप्रतिनिधि नै आलोचित हुनु परेको बताएका हुन् । “अब टुलुटुल बसेर हेर्ने अबस्था छैन्,यसमा सम्बन्धित विद्यालयका शिक्षक,बिद्यार्थी र उनीहरुका अभिभावक जिम्मेवार हुनु पर्छ,स्थानीय सरकार हरपल कटिबद्ध छ । ” उनले भने ।

साथै विद्यालयले तलबाटै शिक्षा बलियो बनाएर लिनुपर्ने कुरामा जोड दिए ।हाम्रो प्रबृति विद्यार्थीहरुलाई पास गर्ने मात्रै छ,तिनिहरुको शैक्षिक स्तर कस्तो छ कहिल्यै बुझ्दैनौ, राम्रो स्तर भएका विद्यार्थी मात्रै अघिल्ला कक्षाहरुमा बढाई न्युन स्तर भएकाहरुलाई सोही कक्षामा राखेर शैक्षिक स्तर बलियो बनाउन बिद्यालय स्वयम् जिम्मेवार हुनुपर्ने बताएका हुन् । साथै उनले अबका दिनबाट शिक्षकहरुलाई पनि छुट नहुने बताउँदै वडाको शैक्षिक स्तर बलियो परिक्षाहरुमा अन्तर विद्यालय अनुसार परिक्षा सञ्चालन गरि तलबाटै जग बलियो बनाएर लगिने बताएका हुन् । उनले भने “शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो । जसअन्तर्गत ब्यक्तिको बौद्दिक,शारीरिक,सामाजिक,आर्थिक,भौतिक,नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण विकास गराउन शिक्षा महत्वपुर्ण हुने भएकोले यसलाई बलियो बनाउन जरुरी छ ।”

बुधबार आयोजित वडास्तरीय उत्कृष्ट सम्मान कार्यक्रममा वडाको पर्यटन स्वास्थ्य,र शिक्षा, क्षेत्रमा योगदान पुर्याउने दुई जना पत्रकार सहित ४ जना सम्मानित भएका छन् ।सम्मानित हुनेमा बडीमालिका खवरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्याय,खप्तड मालिका न्युजका अनलाइन सम्पादक गोविन्द्र राज तिमिल्सेना स्थानीय पर्यटन पर्बद्धन पत्रकार सम्मान पुरस्कार २०८२ बाट सम्मानित भएका छन् । त्यस्तै स्थानीय पर्यटन पर्बद्धन संस्थाबाट वाइल्ड बाजुराका मनोज रेग्मीलाई पनि सम्मानित गरिएको हो ।

यस्तै शैक्षिक क्षेत्रमा योगदान पुर्याउने सरस्वती आधारभूत विद्यालयका शिक्षक हिरालाल पाध्याय,स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने शहरी स्वास्थ्य केन्द्र ढम्कने प्रमुख राजेश्वरी बुढा र उत्कृष्ट टोल विकास संस्थाका रुपमा सरस्वती टोल विकास संस्थाका दिपेश कुमार तिमिल्सेनालाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको वडा सचिव सरिता कुमारी ठकुल्लाले बताएकी छन् । वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कार्यपालिका सदस्य,लछी विक,वडा सदस्यहरु,बिद्यालयका प्रधानाध्यापक लगायत स्थानीय र पत्रकारको सहभागीता थियो । कार्यक्रमको सञ्चालन वडा सचिव सरिता कुमारी ठकुल्लाले गरेकी थिइन् ।

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑