
बाजुरा: बुढिगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले अर्गानिक कृषि उत्पादनमा जाेड दिन आवश्यक रहेकाे बताएका छन्।बिहिवार फालासैनमा भएको एक दिने जैविक विविधता बृहत् कृषि मेला कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनु भएको हाे।
पछिल्लो समय स्थानीय बजार सङ्गै बाह्य बजारमा अर्गानिक कृषि उपज बस्तुहरुकाे माग बढिरहेकाे हुँदा स्थानीय स्तरमा उत्पादित कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्य रहेकाे नगर प्रमुख बानियाँले बताउनु भएको हाे ।
उनले भने,“ किसानहरुलाई व्यवसायिक ,आत्मनिर्भर तथा यहाँको कृषि क्षेत्रलाई फराकिलो बनाउँन कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ ।” अर्गानिक कृषि उपज बस्तुहरुले मानव स्वास्थ सङ्गै आम कृषकहरुलाई लगनशील तथा व्यवसायीक बनाउँन सहयाेग गर्ने हुँदा यस्ता उत्पादनमा जाेड दिन आवश्यक रहेकाे उहाँले बताउनुभयाे।
कृषकलाई लक्षित गरेर नगरले आवश्यकताको आधारमा तालिमसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै प्रविधियुक्त अर्गानिक उत्पादनमा ध्यान दिन आग्रह गरिएको बताउँदै नगर प्रमुख बानियाँले
किसानलाई व्यावसायिक र अर्गानिक कृषि खेती प्रणालीमा लाग्न समेत आग्रह गर्नुभयाे।साथै स्थानीय रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेकाे समेत बताए ।
बुढिगङ्गा नगरपालिका कृषि उपजकाे क्षेत्रमा निकै सम्भावना भएको पालिकाले भएकोले यहाँ कृषिकाे लागी अथाह सम्भावना छ ,साधन श्राेतकाे प्रयाेग गरेर नगरमा अर्गानिक कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिई टेवा पुर्याउँन निकै आवश्यक रहेकाे कुरामा उहाँले जाेड दिनुभयाे।
व्यावसायिक रुपमा अर्गानिक तरकारी खेती गरिरहेको स्थानीयवासीहरुलाई धन्यवाद दिदै उहाँले पालिकामा अन्य कृषिकहरुले पनि अर्गानिक कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन कृषि उपजकाे व्यवसाय गरिरहेकाकाे सिकाे गर्न आग्रह गरे।साथै पालिकामा स्थानीय अर्गानिक रैथाने बालीहरुकाे प्रबर्द्धनमा जाेड दिई यहाँकाे उत्पादनमा टेवा पुर्याउँन सबै कृषकहरुले लाग्नुपर्ने बताए।
यहाँकाे अर्गानिक कृषि उपज वस्तुको उत्पादनमा जाेड दिन विभिन्न खालका बालीको व्यवस्थापन, मिश्रित बाली, घुम्ती बाली र प्लाष्टिक टनेलमा तरकारी खेती, बालीको जातीय परीक्षण गर्ने, स्थानीय रैथाने बालीको संरक्षण गर्ने लगायत कामलाई प्राथमिकताका साथ नगरले अघि बढाएको समेत उनले बताए ।
बिहिवार भएको कृषि मेलामा नगरका कृषकहरुले आफ्नो बारीमा उत्पादन गरेका विभिन्न कृषि उपज बस्तुहरुकाे प्रदर्शनी गरिएको थियो ।स्थानीय रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्न कृषि मेलाकाे आयोजना गरिएको थियाे। सहास नेपाल बाजुराले लगनशिल कृषकहरुलाई कृषि सामग्री सहयोग गरेको थियाे।
जैविक विविधता कृषि मेलामा सहभागी भएका कृषकहरुको तरकारी, फलफुल र अन्न बालीको मुल्यांकन गरी उकृष्ट हुने कृषकलाइ कृषि औजार वितरण समेत गरिएको थियाे। अन्तराष्ट्रिय कृषि जैविक विविधताको अवसरमा उक्त मेलाको आयोजना गरिएको हाे।
नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर-उप प्रमुख माया खड्का(कुँवर) विशिष्ट अतिथी रहनु भएको थियाे । उक्त कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रणबहादुर थापा,२ का वडा अध्यक्ष पदम बहादुर भण्डारी र वडा नम्वर ५ का वडा अध्यक्ष चक्रबहादुर थापा लगायत विशिष्ट अतिथी रहेका थिए । कार्यक्रमकाे सञ्चालन कृषि शाखाका प्राविधिक सिद्धराज जैशीले गर्नु भएको थियाे।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर