
बाजुरा: आधारभूत पत्रकारीता तथा उद्घाेषक तालिम बुढिगङ्गा नगरपालिकामा सुरु भएको छ ।बुधबार एक औपचारिक कार्यक्रमका बिच हाेटल बडीमालिकाकाे सभाहलमा उक्त तालिम सुरु भएको हाे।
नेपाल पत्रकार महासंघ बाजुराकाे आयोजना,बुढिगङ्गा नगरपालिका र बुढिगङ्गा सीप विकाश तथा प्रशिक्षण केन्द्रकाे सहयाेगमा ५ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको हाे।
बुधबार आयोजित आधारभुत पत्रकारिता तालिमको शुभारम्भ बुढिगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले ब्यानर पढेर उद्घाटन गर्नुभएको हाे। बुढिगङ्गा नगरपालिकाले नगर भित्र पत्रकारीता क्षेत्रमा कलम चलाउँन चासाे भएका विद्यार्थीहरुलाई पत्रकारिताकाे विषयमा आधारभुत जानकारी गराउँन महासङ्घ बाजुरा सङ्ग समन्वय गरेर तालिम सञ्चालन गरिएकाे हाे।
५ दिन सम्म सञ्चालन हुने तालिममा विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययनरत विद्यार्थी,जिल्लास्थित सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा प्रशिक्षकहरुकाे सहभागिता रहेको छ ।
तालिमको बोल्दै कार्यक्रमका प्रमुख अतिथि राम बहादुर बानियाँले पत्रकारिताका माध्यमबाट देशकाे समसामयिक गतिविधि,विपन्न , गरिबहरूको आवाज बुलन्द भइरहेको बताए। उनले बुढिगङ्गामा पछिल्लो समय पत्रकारिताहरूको सङ्ख्या बढाउन यस्ता खाले तालिमकाे आयोजना गरिएको समेत बताए ।
पत्रकारिताका माध्यमबाट लुकेका कुराहरू समेत बाहिर ल्याउने काम भइरहेको हुँदा पत्रकारीता पेशा निकै महत्वपूर्ण भएकोले यसलाई थप प्रभावकारी बनाउँन तथा नगरमा पत्रकारीता क्षेत्रमा कलम चलाउने चासाे भएकालाई सहज हाेस् भन्ने उदेश्यका साथ यस्ता कार्यक्रमकाे नगरकाे समन्वय तथा सहयाेगमा कार्यक्रम आयोजना गरिएको बानियाँले बताउनुभयाे।
उनले भने,“ यस कार्यक्रममले पत्रकारीतमा रुचि भएकाहरुका लागि राम्रो अवसर प्रदान गर्ने छ ”।यस्ता कार्यक्रमले पत्रकारीतामा कलम चलाउन ईच्छुक व्यक्तिहरुलाई ठुलाे सहयाेग गर्ने समेत बानियाँले बताए ।साथै उनले तालिममा सिकेका कुरा आफ्नो व्यवहारमा लागू गर्न समेत नगर भित्रका तालिममा सहभागी प्रशिक्षार्थीलाई आग्रह गरे ।
पत्रकार बन्न र पत्रकारिता गर्नका लागि पहिला पूर्ण अध्ययन हुन आवश्यक रहेको कार्यक्रममा बाेल्ने बक्ताहरुले बताएका थिए । अध्ययन बिना पत्रकारिता सम्भव नहरेका कारण पत्रकारितासँगै अध्ययन र बोल्ने बानीको विकासका लागि आधारभूत तथा उद्घोषण तालिमले सहभागी प्रशिक्षार्थीहरुलाई पत्रकारीता सिक्न तथा पत्रकारीतामा केही गर्नुपर्छ भन्ने साहस आउँने कार्यक्रममा बाेल्ने बक्ताले विश्वास व्यक्त गरे ।
तालिममा पत्रकारीताकाे आधारभुत बिषयमा प्रशिक्षण गराईने छ। पत्रकारिताकाे क्षेत्र,पत्रकारीताकाे चुनाैती,यसका विषयगत क्षेत्र तथा पत्रकारीताकाे महत्व लगायतका बिषयमा तालिममा सहभागीहरुलाई प्रशिक्षण दिईने भएको हाे । जिल्ला स्थिति अग्रज पत्रकारहरुले पत्रकारीता क्षेत्र तथा आधाभुत तत्व लगायत बिषयमा प्रशिक्षण दिईने छ ।
नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंहकाे अध्यक्षतामा सञ्चालन भएको ५ दिने आधाभूत पत्रकारीता तथा उद्घाेषक तालिमकाे प्रमुख अतिथि बुढिगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँ रहनु भएको थियाे।कार्यक्रममा बुढिगङ्गा नगरपालिका सीप विकास केन्द्रका कार्यकारी निर्देशक महेश राज जाेशी,बुढिगङ्गा वडा नम्बर २ का अध्यक्ष पदम भण्डारी लगायत अतिथि रहेका थिए।
त्यस्तै कार्यक्रममा पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विक,सह-सचिव जनक बाेहरा,काेषाअध्यक्ष उमेश शाही,पुर्व अध्यक्ष मदन राज जाेशी,प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य कृष्ण वली,प्रेस चाैतारी बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय,प्रेस सेन्टरका केन्द्रीय सचिव निमेन्द्र शाही,सुदुरपश्चिमका स्काउट प्रमुख आयुक्त नरेन्द्र थापा लगायत जिल्ला स्थिति पत्रकार र तालिममा सहभागी माध्यामिक विद्यार्थीलयका प्रशिक्षार्थीहरुकाे सहभागी छन्।रमित विकले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे सञ्चालन नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम राैलेले गर्नुभएको हाे।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर