
कविता-विलिन प्रेम

ख्याल-ख्याल हैन
मैले चाहन्थेँ साँच्चै चाहान्थेँ
तिमीले मान या नमान
म मात्रै चाहन्थेँ
विस्तारै चाहने बनाइसकेको थेँ
र त,
हाम्रो सम्बन्धको विउ रोपियो
बिन्ति छ हैन नभन
एकअर्कालाई गरेको चोखो प्रेम कसरी विर्सन सक्छु ?
तिम्रो बदनाम गर्दिन बिर्सिएर पनि
कैल्यै अघाउन्न सम्झिएर पनि
किन भयौ टाढा के गल्ती भो मेरो
बताउन पनि सकिनौ खोट मेरा
ब्यर्थै तिमी किन भयौ बिरानो ?
कसरी बिर्सु
त्यो पल जीवनको
राखेको छु जतन गरी
तिम्रो प्रेमको निशानी
आभूषण सुवर्ण सब जतन गरी नाम तिम्रो लेखी राखेकोछु लुकाएर यही मुटुमा।
बिर्सन सकिन याद आउँछ बाराम्बार
पाउने कसरी सम्झिन्छु
हतार हतार तिमीलाई
दिलमा सजाई राखेको थेँ प्रेमले
लेखेको थेँ नाम हृदयको खाली पानामा
नमेटीने भयो यो जीवनभरी
त्यही तिम्रो नाम
अन्तिम यात्रा जब होला जीन्दगीको
तब होला अन्त्य यो प्रेमको पनि
धरतीबाट निर्वाण होला सँगसँगै
प्रज्ज्वलित अग्नि चितामा
गएर भस्म ।
लेखक: जस रावल ‘जिज्ञासु’
जगन्नाथ गाउँपालिका -५,बाजुरा


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर