
बाजुराः जिल्ला अस्पताल र स्वास्थ्य संस्थाहरुमा रेविज विरुद्धको खोप अभाव भएको छ । सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको रेविज विरुद्धको खोप नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेविज विरुद्धको खोप एक हप्तादेखि अभाव भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुराले सार्वजनिक सूचना जारी गर्दै रेविज विरुद्धको खोप अभाव भएको जनाएको हो ।
अस्पतालमा रेविज विरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र धनगढीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा खोप प्राप्त नभएकोले सेवा बन्द गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्लामा रेविज विरुद्धको ओप नहुँदा कुकुर तथा स्यालको टोकाईबाट घाइते भएका विरामीहरुलाई सास्ती हुने भएको छ ।
कुकुर र स्याल लगायतका जनावरले टोकेमा रेविजको खोप एक हप्तासम्म लगाउनुपर्ने भएपनि खोप नहुँदा उनीहरु समस्यामा पर्ने भएका हुन् ।खोप प्रदेश सरकारले नपठाउँदा जिल्लामा रेविज विरुद्धको खोप अभाव भएको हो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर