
बाजुरा: बुढीनन्दा नगरपालिकाको एक घरमा आगलागि भएको छ ।शनिबार साेही नगरपालिका-८ गोठीका स्थानीय गोरख बोहराको घरमा विद्युतको तार सट भई तीन तले घर जलेर नष्ट भएको हाे।
आज विहान ५ः०० बजेतिर उक्त घरमा आगलागी भएको हो । आगलागिबाट अन्न, लत्ता कपडा, भाडाकुँडा नगद र सुन चादी जलेर नष्ट भएको बताईएकाे छ ।
आगलागीबाट गोठमा रहेका एक हल गोरु र एक बाख्रा समेत जलेर मरेको र एक गाेरु घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक देव चौधरीले बताएका छन्।
आगलागिबाट घरमा रहेकोे एक लाख ५० हजार नगद , २१ तोला चाँदी, ४ तोला सुन, लत्ताकपडा, खाद्यान्न गरी अनुमानित करिब दश लाख बराबरको क्षती भएको बताइएको छ ।आगलागिबाट भएको घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर