
खप्तड मालिका न्युज,बाजुरा: विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाजुराले वृक्षराेपण गरेकाे छ।शनिबार एक कार्यक्रमका बिच डिभिजन वन कार्यालय बाजुरा र अस्पताल बाजुराकाे सहकार्यमा दिवसकाे अवसरमा अस्पताल बाजुराकाे परिसरमा वृक्षराेपण र पत्रकारकाे रक्त समूह पहिचान गरेर महासंघ बाजुराले दिवस मनाएकाे हाे।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन परिपत्र गरे अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्ला अस्पताल बाजुरामा जिल्लाका क्रियाशिल पत्रकारहरुको रक्त समुह पहिचान र अस्पताल बाजुराको परिसरमा कल्ली,माेरपङ्खी लगायतका बिरुवा वृक्षारोपण गरेर दिवस मनाईएकाे महासंघ बाजुराका सचिव प्रेम राैलेले बताए ।
उनले भने,“केन्द्रीय सर्कुलर अनुसार प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा महासंघ बाजुराले अस्पताल बाजुराकाे परिसरलाई हरियाली राख्न वृक्षराेपण गरेको हाे ”। साथै जिल्ला स्थिति पत्रकारहरुकाे रगत परिक्षण गरि कतिपय रक्त समूह पहिचान थाहा नभएका पत्रकारहरुकाे रक्त समूह पहिचान गर्न दिवसकाे अवसरमा उक्त कार्यक्रमकाे आयोजना गरिएकाे सचिव राैलेले बताउनुभयाे।
अस्पतालकाे वातावरणलाई सुन्दर,हरियाली तथा स्वच्छ राख्न वृक्षराेपण कार्यले ठुलाे सहयाेग गर्ने अपेक्षा आफुले लगेकाे उनले बताए ।अस्पतालकाे पर्यावरण र यहाँ उपचारकाे लागी आउँने बिरामीहरुलाई शान्त वातावरणमा रमाउँन यसले ठुलाे सहयाेग गर्ने र रक्त समूह पहिचानले आफ्नो रक्त समूह थाहा नभएकाहरुकाे लागी रक्त समूह बारे जानकारी हुने राैलेकाे भनाइ छ । महासंघले गरेकाे वृक्षराेपणले अस्पतालकाे वातावरणलाई थप साैन्दर्य राख्न सहज हुने भएको छ ।
अस्पताल बाजुरालाई पछिल्लो समय ‘ग्रीन गार्डेन’काे रुपमा बदल्न विरुवा वृक्षरोपण कार्य गरिदै आएकाे छ । दैनिक पाँच सय बढी बिरामीलाई उपचार सेवा दिदै आएकाे अस्पतालले पछिल्लो समय अस्पतालकाे वातावरण साैन्दर्य राख्न वृक्षराेपण कार्य गरिरहेकाे छ। अस्पतालकाे वातारणलाई साैन्दर्य बनाउँन वृक्षराेपण गरिएकाे प्रती अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले महासंघ बाजुरालाई धन्यवाद दिनुभयाे।
उनले भने,“वृक्षराेपण कार्य गरिएको प्रती आफु लगायत सिङ्गाे अस्पताल परिवार खुसी छाै। यहाँको सेवा-प्रवाह मात्रै नभई अस्पतालकाे वातावरण साैन्दर्य बनाउँन वृक्षराेपण कार्य गरिनु निकै सर्हानिय कार्य हाे ”। फुलकाे सुगन्ध तथा सफा,स्वच्छ तथा साैन्दर्य वातावरणमा रहेर सेवा दिईन निकै सहज हुने डाक्टर यादवले भने।
कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रवक्ता तथा बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले श्रमजीवी पत्रकारकाे पेशागत हकहितकाे लागी आवाज उठाउन जरुरी रहेकाे बताए । साथै प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा महासंघ बाजुराले अस्पताल परिसरमा वृक्षराेपण गरेकाे प्रती धन्यवाद समेत दिनुभयाे।यस्ता खाले क्रीयाकलापहरुलाई आगामी दिनहरुमा जाेड दिन पनि उहाँले आग्रह गर्नुभयाे।त्यसै महासंघका पुर्व अध्यक्ष मदन जाेशीले पनि श्रमजीवी पत्रकारकाे पेशागत हकहितमा लाग्न जरुरी रहेकाे बताए ।पत्रकारले आफ्नो पेशाकाे मर्यादा राखी स्वतन्त्र रुपमा कलम चलाउनु पर्ने कुरामा जाेड दिए।
पत्रकार महासंघ बाजुराका सचिव प्रेम राैलेकाे अध्यक्षतामा सञ्चालन भएको वृक्षराेपण तथा रक्त परिक्षण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रवक्ता तथा वडीमालिका ७ का वडा अध्यक्ष धर्म राज पाध्याय प्रमुख अतिथि रहनु भएको थियाे। कार्यक्रममा अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादव,महासंघ बाजुराका पुर्व अध्यक्ष मदन जाेशी,पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य तुलाराम जाेशी लगायत बिशिस्ट अतिथि रहनु भएको थियाे।
कार्यक्रममा प्रेस युनियन बाजुराका पुर्व सचिव प्रशान्तराज जाेशी, प्रेस चाैतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय,प्रेस सेन्टरकी सचिव साेधा नेपाली लगायत अतिथि रहेका थिए ।भने कार्यक्रम जिल्ला सदरमुकाम मार्तडीमा उपलब्ध पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे।महासंघ बाजुराका सदस्य धनकृष्ण विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमकाे सञ्चालन सह-सचिव राजेन्द्र विकले गर्नुभएको थियाे।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर