
बाजुरा- अछाममा “रामारोशन पर्यटन,कृषि,व्यापार तथा सांस्कृतिक महोत्सव ” २०८२ हुने भएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनको प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धनको लागी “रामारोशन पर्यटन,कृषि,व्यापार तथा सांस्कृतिक महोत्सव ” २०८२ सञ्चालन गर्न लागीएको महोत्सव आयोजक समितिका संयोजक जनक साउँदले बताएका छन्।
उनले भने,“ अछामको पर्यटकीय क्षेत्र रामारोशनको पर्यटकीय प्रबर्द्धन गर्नको लागी महोत्सव सञ्चालन गर्न लागीएको हो ”।महोत्सवले रामारोशनको पर्यटकीय प्रबर्द्धन गर्नमा ठुलो सहयोग पुग्ने अपेक्षा लगिएको उनले बताए ।महोत्सव यही वैशाख २५ गतेदेखि ३१ गतेसम्म रामारोशन गाउँपालिकाको मुजाबगरमा हुने संयोजक साउँदको भनाइ छ ।
रामारोशन गाउँपालिका, नेपाल पर्यटन बोर्ड, विभिन्न संघ–संस्था र स्थानीय तहहरूको सहकार्य तथा आर्थिक सहयोगमा महोत्सव सञ्चालन हुन गईरहेको आयोजकले बताएको छ । महोत्सवले अछामका पर्यटकीय क्षेत्र,त्यहाँको कला सस्कृति,रितिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा पर्यटन मार्फत स्थानीय आर्थिक समृद्धिमा टेवा पुर्याउने अपेक्षा आयोजकले लिएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति,विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कला तथा संस्कृति प्रदर्शनी, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी, र पर्यटकीय पदयात्रा जस्ता कार्यक्रमहरू रहने भएका छन्।महोत्सवका कुनै आर्थिक उपलब्धि हात पार्ने उदेश्य नभई महोत्सवबाट संकलित रकम जयगढ र साँफेबगर क्षेत्रमा भएको विनाशकारी आगलागीबाट प्रभावित पीडितहरूको पुनर्स्थापना र सहयोगका लागि खर्च गरिने बताइएको छ ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित अर्गानिक वस्तुहरु,विभिन्न स्थानीय बस्तुबाट बनाईएका परिकारहरूका विशेष स्टलहरू रहने छन। आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधाका लागि विशेष तयारी गरिएको समेत गरिएको छ भने महोत्सवलाई सब्य,भब्य र मर्यादित बनाउँन आयोजकले सम्पुर्णमा आग्रह गरेको छ । रामारोशन सङ्गै अछामको सुन्दरतामा दर्शकहरु खुलेर रमाउँन सक्ने छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर