
गोविन्द्र राज तिमिल्सेना,बाजुराः चर्चित लोक तथा देउडा गायक कोकलकण्ठी श्वरका धनी गायक प्रकाश थापाको “दर्शन पाया बल्ल” नामक बोलको लोक देउडा गित भिडियोसहित साङ्गितिक बजारमा आएको छ । शुक्रबार “दर्शन पाया बल्ल”नामक बोलको लोक देउडा गित गायक थापाकै अफिसियल युउटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
गितमा माया प्रेमको भाव सङ्गै बाजुराको कला,संस्कृति,र यहाँको मौलिकतालाई झल्काईएको छ । चर्चित सर्जक राजेन्द्र शाह गित “विपी”को उत्कृष्ठ शब्दमा रहेको गितमा गायक थापा र गायिका पुर्णकला विसीको आवाज रहेको छ । गितको संगित श्वयम् गायक थापाको रहेको छ भने गितमा बिनोद बाजुरेलीको ऐरेञ्जर रहेको छ । सागर बाजुरेलीले रेकर्ड गरेको उक्त गितमा राजेन्द्र बाजुरेलीले भोकल इडिट गरेका छन् ।
खडक बाजुरेलीले मिक्सिङ गरेको गितको निर्देशन भिम थापाले गरेका छन् । जहित बुढाले छायाङ्कन गरेको उक्त गितमा राज कुमार सिह,र आरती शाह प्रमुख भुमिकामा रहेका छन् भने शङ्कर मल्ल ठकुरी,ईश्वरी वडुवाल लगायतले गितमा अभिनय गरेका छन् । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएको गित प्रकाश थापाको अफिसियल युउटुब च्यानलबाट शुक्रबार सांगितिक बजारमा ल्याइएको हो । गितको भिडीयोमा बडिमालिका नगरपालिका भित्र र बाजुरा क्याम्पसमा खेलिएको देउडा खेलको दृश्य देखाइएको छ ।
गायक थापाले आफ्नो दुई दशक लामो गायन यात्रामा हजारौ संख्याका गीतमा स्वर दिइरहेका छन् ।थापाले पहिलो गीत २०५७ सालमा बजारमा ल्याएका थिए । उनको पहिलो गीत “ सुदुरपश्चिम बिकटै भए नि, सम्झना छ मै मरी गए नि” हो ।त्यहि बाट आफ्नो साङ्गितिक यात्रा प्रारम्भ गरेका थापाले आफ्नो संगित कालको करिब २६-२७ बर्ष लामो यात्रामा करिब १००० बढी देउडा तथा ठाडिभाका लगायत लाईफ देउडा दोहोरी गीतहरुमा आवाज दिईसकेका छन् ।
देउडा गायन र प्रकाश थापा भनेका पर्यावाची हुन् । देउडा गीत, त्यसैमा ठाडी गीतमा गायक थापा अनिवार्य जस्तै छन् । थापाको आवाजमा श्रोता तानिने गरेका छन्, उनको श्वरबाट आम दर्शकहरु मख्ख हुने गरेका छन् भने शब्दकारहरुले गीतले राम्रो बजार पाउनेमा विश्वस्त रहेका हुन्छन् ।बाजुराको मोटोमा जन्मेर लामो समयदेखि साङ्गितक क्षेत्रमा होमिदै आएका गायक थापा सबैको लोकप्रिय देउडा गायक हुन् । ठाडी भाका संगै देउडा भाका गाउने थापा सुदुरपश्चिमेलीको रोजाईमा पर्ने गायक थापा हुन् ।
गायक थापा जति पनि गितहरु साङ्गितिक बजारमा ल्याउछन् त्यति नै गितहरु उनका चर्चामा रहने गर्छन गायक थापाका गितहरु जति पनि साङ्गितिक बजारमा आएका ती गितहरु त्यति नै राम्रा र सबैको रोजाईमा परेका गितहरु रहेका छन् । भने उक्त गितहरुले राम्रो बजार समेत पाएका छन् । पेशाका हिसाबले गायक थापा शिक्षक भए पनि उनले गित सङ्गितको क्षेत्रलाई पनि एकसाथ गर्दै अगाडि बढाएका छन् । गायक थापा संग लामो पेशागत अनुभव समेत रहेको छ ।
चर्चित देउडा तथा ठाडी भाका गायक थापाका रानी वनकी चरि,लैलै सम्झना आउँछकी कैल्यै, बाजुरा बैकुण्ठ रैछ,रुन्या मन बुझाईजा,रेल गाडी लेट भयो,बाजुराको लाठ्या,खोलीको कायाजााल,तारा मधुराई छन,हिमाल राम्रो हिउँले,सिरु पात्या लैलै,गैरी पिपल ढाली,डाँफे हिमालैमा,खाउँ भन्या मोहि छैन,कोहि नेता चिन लाग्या,बासन पुरी धान,बुढी गंगा छाल,कर्णालीका छाल,सुवाकी सौराई, लगायतका हजारौ संख्यामा चर्चित गितहरु साङ्गितिक बजारमा रहेका छन।
देउडा गित सुन्न तलको लिंकमा दबाउनुहोला……
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर