• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

ठेक्का सम्झाैता भएको १ बर्ष भित्रै पुलकाे निर्माण कार्य अन्तिम चरणमा,८० प्रतिशत काम सम्पन्न

खप्तड मालिका न्युज March 26, 2025 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,चैत्र १३,बाजुराः  लाईफ लाईनकाे रुपमा रहेकाे मार्तडी- काेल्टी सडकखण्डकाे बडीमालिका नगरपालिका ८ र ७ काे बिचमा पर्ने अनाई खाेलामा निर्माणधीन पक्की माेटरेवल पुलकाे निर्माण कार्य करिव अन्तिम चरणमा पुगेकाे छ ।

ठेक्का सम्झौता भएको १ बर्ष भित्रै उक्त पक्की पुलकाे निर्माण कार्य करिब अन्तिम चरणमा पुगेकाे हाे। यस आर्थिक बर्षको असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने गरि निमार्ण कम्पनीले पुलकाे निर्माण कार्यलाई रफ्तारमा लिएकाे हाे। अहिले पुलकाे ढलान कार्य सकिएकाे छ भने रेलिङ र पुलकाे बायाँदायाँ पट्टीकाे तटबन्धकाे काम बाकी रहेकाे छ।

२०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको उक्त पुलको निमार्ण कार्य अहिले करिब अन्तिम चरणमा पुगेको हो । ठेक्का सम्झौता अनुसार आर्थिक बर्षको असार मसान्त सम्म पुल निर्माण गरिसक्नुपर्ने भएकाले सोही अनुरूप अहिले निर्माण कार्यलाई तिब्रता दिईएर अन्तिम चरणमा पुगाईएकाे हाे।

५ करोड ३४ लाख १० हजार ९१८ रुपैँया लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते निमार्णको ठेक्का सम्झौता गरेको थियो ।भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेट मार्फत पुलको निर्माण भईरहेको हाे। असार मसान्तभित्र पुलको निमार्ण कार्य सक्ने गरि अहिले काम भईरहेको निर्माण व्यवसायी तारादत्त जोशीले बताए।

उनले भने,“ यो आर्थिक बर्षको असार मसान्त भित्र निमार्ण सम्पन्न गर्ने गरि अहिले निर्माण कार्यलाई तिव्रता दिएर कार्य करिब अन्तिम चरणमा पुर्याईएकाे ” ।असार मसान्तभित्रै निमार्ण कार्य सक्ने गरि अहिले निर्माण कार्य भईरहेकाे करिब ८० प्रतिशत कार्य सम्पन्न भएको जोशीले बताए ।

पुलको निमार्ण कार्य २०८१ पुस २९ गते सम्पन्न गरिसक्नु पर्ने भए पनि यहाँका नागरिक र बर्षातको समयले साथ नदिदा केही ढिलाई भएको असार मसान्त भित्र सम्पुर्ण निमार्ण कार्य सक्ने र यातायातका साधन सञ्चालन गर्ने अपेक्षा निर्माण कम्पनीले लिएकाे छ ।पुलको दायाँबायाँको क्षेत्रमा ५० मिटर लम्बाइको तटबन्ध र पुलकाे रेलिङकाे कार्य बाँकी रहेको भए पनि त्यसलाई चाडाे भन्दा चाडाे सम्पन्न गर्ने बताईएकाे छ।

अनाई खोलामा निमार्णाधिन पक्की पुलका निर्माण कार्यलाई तिव्रता दिएर निर्माण कार्य करिब अन्तिम चरणमा पुगेकाे भौतिक पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग बहादुर थापाले बताएका छन् ।निमार्ण कम्पनीले ठेक्का सम्झौता गरे लगत्तै निमार्ण कार्य सुरु गरेको र अहिले निमार्ण कार्य करिब अन्तिम चरणमा पुगेकाे थापाले बताए ।

उनले भने, “ अनाई खोलामा निमार्णाधिन पक्की पुलको निमार्ण कार्य अन्तिम चरणमा छ ,पुलकाे सम्पुर्ण निमार्ण कार्य सम्पन्न भए पश्चातपश्चात सवारीसाधन र यहाँका स्थानीयलाई ठुलो सहजता मिल्ने अपेक्षा छ ” । बाकी रहेकाे कार्यलाई तिब्रता दिई जतिसक्दो यो आर्थिक बर्षभित्रै सम्पुर्ण निर्माण कार्य पूरा गरि यातायातका साधन गुडाउने गरि निमार्ण कार्य गर्न निर्माण ब्यबसायीलाई आग्रह गर्दछौ थापाले भने ।

अनाई खोलामा पक्की पुल निमार्ण भए पछी यहाँका सवारीसाधन र स्थानीयलाई ठुलो सहजता मिल्ने बडीमालिका ७ का स्थानीय गणेश राज तिमिल्सेनाले बताए । बर्षातको समयमा सास्ती खेप्दै आएका सवारीसाधन र स्थानीयलाई पुल बने पछी ठुलाे सहजता मिल्ने तिमिल्सेनाकाे भनाइ छ । पुल निर्माण पूरा भएपछि खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हट्ने उनले बताए ।

उनले भने,“खोलामा पक्की पुलकाे निमार्ण पूरा भएर सञ्चालन आए पछी मार्तडी कोल्टी सडकखण्डमा चल्ने सवारीसाधनलाई ठुलो राहत मिल्ने थियाे ”। बर्षाैदेखी बर्षातकाे समयमा सास्ती खेप्दै आएका सवारीसाधन यहाँका नागरिकलाई ठुलाे सहयाेग मिल्ने उनले बताए । पक्की पुलले मार्तडी- काेल्टी मात्रै नभई छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट,जुम्लाका स्थानीय तथा त्यहाँ चल्ने सवारीसाधनलाई ठुलाे सहयाेग मिल्ने तिमिल्सेनाले बताए ।

“बाउली खोलामा निमार्णाधिन पुल ४ बर्ष देखि कछुवा तालमै”

अनाई खोलामा निमार्णाधिन पुलले गति लिए पनि यता बाउली खोलामा निमार्णाधिन पुल भने चार बर्ष देखि कछुवा तालमै रहेको छ । निमार्ण कार्य सुरु भएको लामो समय बितिसक्दा पनि पुलको निमार्ण कार्य अहिलेसम्म सम्पन्न हुन सकेको छैन् । बाउलीमा पुल निर्माण हुन लागेको चार बर्ष पुरा भयो । तर अहिले सम्म निमार्ण कार्य पुरा हुन नसकेको स्थानियहरुले बताएका छन् । तिनतिन पटक निर्माण म्याद थपिदा पनि पुलको निमार्ण कार्य जस्ताको त्यस्तै छ । खाल्डाकोे पानी फाल्ने र बर्षातको समयमा खाल्डो खोलाले पुरिने बाहेक अन्य कुनै किार्य हुन सकेको छैन ।

टिडि आर जुगल कौसिक जेभिले उक्त व्रिज निमार्णको जिम्मा लिएको थियो । निमार्ण कार्यको म्याद सकिएर तिन तिन पटक म्याद थपिदा पनि अझै निमार्ण कार्य पुरा नहुँदा उक्त पुल अलपत्र अबस्थामा परेको सडक डिभिजन साँफेबगर अछामले जनाएको छ ।जिल्लाको सदरमुकाम स्थित बडिमालिका नगरपालिका लगायत जिल्लाको पूर्वीउत्त्री क्षेत्रका चारवटा स्थानीय तह जोड्ने मुख्य पुल निर्माणको चार वर्ष पुगिसम्दा पनि निमार्ण सम्पन्न नभई अलपत्र अबस्थामा रहेको छ ।

२०७९ फागुन १५ भित्र मोटरेबल पुल निर्माण सक्नेगरी २०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीले पाँच करोड ५८ लाख अठाअसी हजार रुपैंयामा सम्झौता गरेर निमार्णको जिम्मा लिएको थियो तर निमार्णको जिम्मा लिएको करिब चार बर्ष बितिसक्दा पनि निमार्ण कार्य सम्पन्न हुन नसक्दा उक्त निर्माणात्रिन पुल अलपत्र अबस्थामा रहेको छ । पुल निमार्णको लागी म्याद सकिएर थप गर्दा पनि निमार्ण नभई अलपत्र अबस्थामा रहेको छ । बाउली पुल निर्माण कम्पनीलाई सडक डिभिजन अछामले स्पष्टिकरण समेत माग गरेको छ ।

अनाई पक्की पुलको बजेट विनियोजन नहुनु भन्दा पहिला तिन बर्ष अगाडी नै बाउली पुलको निर्माण कार्य सुरु भएको थियोे । अनाई पुलको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि,बाउली पुलको निर्माण भने अलपत्र अबस्थामा रहेको छ ।निमार्ण कार्य सुरु भएको करिब चार बर्ष बितिसक्दा पनि निमार्ण कार्य सम्पन्न भएन्,पुलको निमार्ण कार्य अहिले अलपत्र अबस्थामा छ बडीमालिका नगरपालिका वडा नम्बर ८ का स्थानीय बलवान ऐडीले बताए ।

उनले भने,“बाउली खोलामा निमार्णाधिन पुल ४ बर्ष देखि कछुवा तालमै छ,तिनतिन पटक सम्म निर्माण म्याद थपिदा पनी निर्माण सम्पन्न हुन सकेकाे छैन्”। लामाे समयसम्म पुल निर्माण नहुँदा यहाँका स्थानीय र मार्तडी- काेल्टी सडकखण्डमा हुदै हुम्ला,मुगु,कालिकाेट,जुम्ला सम्म चल्ने यातायातका साधनलाई समस्या हुदै आएकाे ऐडीले बताए ।

नजिकै रहेकाे अनाई खाेलामा निर्माणाधीन माेटरेवल पुल ठेक्का सम्झौता भएको १ बर्ष भित्रै निर्माण कार्य अन्तिम चरणमा पुग्याे तर यता बाउलीमा निर्माणाधीन अबस्थामा रहेकाे पुल चार बर्षदेखी अलपत्र रहेकाे ऐडीले बताउनुभयाे। बाउली खोलामा पूल नहुंदा माथिल्लो क्षेत्रका स्थानियहरुलाई आवतजावत गर्न निकै समस्या हुँदै आएको छ ।निमार्ण कम्पनीले लगातार काम गरेको भए अहिलेसम्म खोलामा पुल निर्माण भईसक्थ्यो अनि यस्तो दुख पिडा पनि भोग्नु पर्ने थिएन् तर ठेकेदारको चरम लापरवाहीका कारण चार चार बर्ष बितिसक्दा पनि पुलको निमार्ण कार्य सम्पन्न नहुँदा समस्या हुँदै आएको स्थानियहरुले बताएका छन् ।

खोलामा पुल नहुँदा यातायात सेवा नियमित सञ्चालन हुन सकेको छैनन् जसका कारण यात्रुले पैदल अनि चर्को भाडा तिर्नु पर्ने बाध्यता रहेको छ । खोलामा पुल नहुँदा पुर्वि उत्त्री क्षेत्रका चारवटै स्थानिय तह,छिमेकी जिल्ला हुम्ला,मुगु,जुम्ला,कालिकाेट लगायतका नागरीक त्यस्तै जिल्लाको बडिमालिका ७ जिल्ली,रजातोली,सिराडी,ढम्कने पोखरा,चुथी यता बडीमालिका ८ झराउँले रतुडाका स्थानियहरुलाई समस्या हुँदै आईरहेकाे छ ।बाउली र अनाई खाेलामा पुल निर्माण सम्पन भएपछी पुर्वीउत्तरी क्षेत्रका चार पालिका,मुगु हुम्ला,कालिकोट लगायत क्षेत्रका नागरिक तथा यहाँ चल्ने यातायातका साधनलाई सहज हुने देखिन्छ।

“बाजुराका अन्य ठुला नदीमा पुल नहुँदा समस्या”

बाजुरा जिल्लाका कतिपय खोलाहरुमा पुल नहुँदा हरेक बर्षातको समयमा सवारीसाधन र स्थानीयले सास्ती खेप्दै आईरहेका छन् । मार्तडी–कोल्टी सडकको दानसाँगु,मार्तडी थामलेक सडकखण्डको भौनेरा, पिलुचौर,कवाडी लगायतका खोलामा पुल नहुँदा बर्षेनी समस्या हुँदै आईरहेको छ ।

यता साफे–मार्तडी सडकखण्ड अन्तर्गत जिल्लाको बडिमालिका नगरपालिका जडाङ्गमा रहेको बुढीगंगा नदिमाथि अहिले करोडौँको बेलिब्रिज प्रयोगबिहिन अबस्थामा छ । करोडौको बेलिब्रिज प्रयोगबिहिन भएको तिन बर्ष बितिसक्दा पनि उक्त बेलिब्रिज जिल्लाको अन्य ठुला नदिहरुमा स्थानान्तरण गर्न सकिएको छैन् ।

एउटै नदीमा दुई वटा पुल छन् भने जिल्लाको अन्य ठाउँका नदिहरुमा पानीको बहाफले यातायातका साधनहरु ठप्प हुन्छन् तर पनि यो बेलिब्रिजलाई अन्य नदिमा सार्न सकिएको छैन् ।बुढिनन्दा नगरपालिकामा रहेको दानसाँगुमा यो बेलिव्रिज हाल्ने भनिएता पनि अहिले सम्म कुनै सुरसार छैन् । जिल्लाका अन्य सडकको बिभिन्न ठाउँका खोलाहरुमा पुल नहुँदा जोखिमपुर्ण र सास्तीपुर्ण यात्रा गर्नुपर्ने बाध्यता संगै सवारी साधन सञ्चालनमा समस्या भईरहेको छ ।

बजेटको ब्यबस्थापन हुन नसक्नु,र ठोस योजना बन्न नसक्दा बुढीगङ्गा नदि माथीकाे बेलिब्रिज नखिमै थन्किएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताएका छन् । उहाँले भन्नुभयो, “ बेलिब्रिज नदिमै थन्किएको छ,कतैबाट बजेटको ब्यबस्था हुन सकेको छैन्,कहाँ सार्ने भन्ने पनि ठोस निर्णय भएन्,दाँनासाघुमा सार्ने भनिए पनि सार्न सकिएको छैन् ”।उनले भने।

मार्तडी- काेल्टी सडकखण्डमा चल्ने सवारी साधनलाई बर्षातमा पनी सजिलाे हाेस् भन्ने उदेश्यका साथ यहाँका नदीहरुमा पुल निर्माण कार्य चलिरहेका छन् । साथै मार्तडी- काेल्टी सडकखण्डकाे बिचमा पर्ने बडीमालिका ७ रजाताेलीकाे नाउले खाेला तथा बुढीनन्दा नगरपालिकाकाे दानासागु खाेलामा माेटरेवल पुलकाे बहुबर्षिय श्रोत सुनिश्चितता स्वीकृत भएको सदूरपश्चिम प्रदेश भाैतिक पुर्वाधार मन्त्रालयले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑