
बाजुराः नेपाल कम्युनिष्ट पार्टी एमाले बुढीनन्दा नगरपालिका १० नम्बर वडा कमिटीको दोस्रो अधिवेशन यहि चैत्र ९ गते हुने भएको छ । वडा कमिटीको दोस्रो अधिबेशनको उद्धघाटन नेकपा एमाले केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापाले गर्ने भएका छन् ।

चैत्र ९ गते पाण्डुसैनमा बिभिन्न कार्यक्रमका साथ वडा कमिटीको दोस्रो अधिबेशन भब्य रुपमा हुने भएकोले वडाबासी सम्पुर्णको उपस्थितको लागी आग्रह गरिएको छ । वडा कमिटीको दोस्रो अधिबेशनमा बिभिन्न झाँकी प्रर्दशन,महिला देउडा,भोटे सेलो,पार्टी संगठन निमार्णमा सहयोग गर्ने ब्यक्तित्वहरुलाई सम्मान लगायतका कार्यक्रम गरिने एमाले बुढीनन्दा १० नम्बर वडा कमिटीले जनाएको छ ।
नेकपा एमालेले देशै भरि मिसन ८४ जरा केन्द्रित अभियान सञ्चालन गरे संगै बाजुरामा पनि एमालेले मिसन ८४ जरा केन्द्रित अभियानलाई सार्थक बनाउन जिल्लाका ९ वटै स्थानीय तहहरुमा धमाधम अधिबेशन संगै नयाँ नेतृत्व चयन कार्य थालेको हो । पार्टीलाई थप शसक्त,र चलायमान बनाउन एमाले बाजुराले सबै वडामा अधिबेशन संगै बिभिन्न कार्यक्रमहरु थालेको हो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर