
बाजुराः बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा विगत १३ बर्षदेखि सञ्चालनमा रहेको “ गाउँ बस्तीको आवाज,सूचना र अभिव्यक्तिको संवाहक” नारा बोकेको पौरखी विकास सञ्चार सहकारी द्धारा सञ्चालित सामुदायिक रेडियो पौरखी ९०.४ मेगाहर्ज र बुढीनन्दा नगरपालिका १ कोल्टीमा सञ्चालित “ आवाज विहिनको आवाज,शान्ति,सुशासन र समृद्धिको आवाज” नारा बोकेको जनउत्थान वातावरण संरक्षण संस्था द्वारा सञ्चालित सामुदायिक रेडियो अपि एफएम बिच सहकार्य भएको छ । दुबै रेडियोको लोकप्रियता बढाउन एक आपसमा सहकार्य भई एक- आपसमा रेडियो नेटवर्किङ सुचारु गरिएको हो ।

आइतबार रेडियो पौरखीका निमित्त स्टेशन मेनेजर राम बहादुर विक र रेडियो अपि एफएमका प्रबन्धक जितजंग कट्टेल बिच दोहोरो सम्झौता भई सहकार्य गरेर रेडियो नेटवर्किङ प्रशारण सुचारु गरिएको रेडियो पौरखीका निमित्त स्टेशन मेनेजर राम वहादुर विकले बताए ।उनले भने, “दुई वटै रेडियोको लोकप्रियता बढाउन र नागरिकहरु बिच भरपर्दो सञ्चार माध्यमको रुपमा दुईवटै रेडियोलाई स्थापित गर्न सहकार्य गरी रेडियो नेटवर्किङ प्रशारण सुचार गरेका हौ” । नागरिकहरुको विश्वाशिलो र भरपर्दो सञ्चार माध्यम रेडियो भएकोले दुबै रेडियो बिच सहकार्य गरी रिले प्रशारण गर्दा यताउतीकै नागरिकहरुलाई सूचना पाउन सजिलो हुने भएकोले सेवा सुचारु गरिएको बताए ।
दुई वटै रेडियो बिच सहकार्य गरि रिले प्रशारण सुचारु गर्दा सेवा प्रभावकारी रहने अपेक्षा आफुले लिएको रेडियो अपिका प्रबन्धक जितजंग कट्टेलले बताए ।उनले भने,“दुईवटै रेडियोबाट प्रशारण सेवा नियमित संचालन भएपछी माथिल्लो र तल्लो क्षेत्रका नागरिकहरुलाई सुचना पाउँन सजिलो हुने विश्वास लगिएको छ ” । दुबै रेडियोबाट सेवा सूचारु गर्दा तल माथीकै जनताहरुले सजिलै समाचार,सुचना प्राप्त गर्नसक्ने भएकोले सेवा सूचारु गरिएको उनले बताए । रिले प्रशारण सेवा प्रभावकारी बन्ने अपेक्षा सहित आगामी दिनहरुमा थप रेडियोलाई बलियो र सशक्त तरिकाले अगाडी बढाएर लैजाने कट्टेलले बताए ।
दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकहरुको आवाजलाई बुलन्ध गर्न दुईवटै रेडियोले ठुलो भुमिका खेल्ने भएका छन् । पुर्वि उत्तरी क्षेत्र र तल्लो क्षेत्रका नागरिकहरुका बिच भरपर्दो र विश्वाशिलो सञ्चार माध्यमको रुपमा दुबै रेडियोले ठुलो भुमिका खेल्ने रेडियो पौरखीका स्टेशन मेनेजर संगीता तिमिल्सेनाले बताएकी छन् । उनले भनिन,“ दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकहरुको आवाजलाई बुलन्ध गर्ने गरि दुई रेडियो विच सहकार्य भएको छ ” । बाजुरामै पछाडी परेका समुदायको समस्यालाई मुख्य प्रथामिकतामा राखेर तिनिहरुका आवाज उठान गर्न,समाजमा चल्दै आएको बिद्यमान कुरीति,कुसंस्कार,बालबिवाह,बहुविबाह लगायतका कुप्रथा बिरुद्ध दुरदराजका नागरीकमा जागरुकता पैदा गर्न, दुबै रेडियोले महत्वपुर्ण भुमिका खेल्ने तिमिल्सेना बताईन् ।
दुबै रेडियोले एकआपसमा स्थानीय समाचार,राष्ट्रिय समाचार,बाजुराको कला संस्कृति जर्गेना गर्ने कार्यक्रम,समसामयिक बहस,लगायतका बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु र समाचार सम्प्रेषण गर्ने भएका छन् । बाजुराको दुर-दराका आवाज,बाजुराको भोकमरी,अशिक्षा,बिद्युत यातायात,सञ्चार,खानेपानी,सडक लगायत बिभिन्न समस्याहरुको बारेमा दुबै रेडियोले आवाज बुलन्द गर्ने भएका छन् । दुबै रेडियाले अहिले बाजुराका जनताको माझ निरन्तर बिहान ५ बजेदेखि राति १० बजे सम्म १८ घण्टा सेवा प्रशारण गर्दै आईरहेका छन् ।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर