
बाजुराः जिल्लाको पुर्वि उत्तरी भेगमा रहेको बुढीनन्दा नगरपालिका ९ ढप्क स्थित सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिद्यालयमै तरकारी उत्पादन गर्न सिकाईदै आएको छ । पढ्दै कमाउदै कार्यक्रमलाई प्रभावकारी बनाउन तथा बिद्यालयमा बालबालिकालई खुवाईदै आएको दिवा खाजालाई सहज बनाउन बिद्यालय परिसर भित्रै बिद्यार्थीहरुलाई तरकारी उत्पादन गर्न सिकाईदै आईएको हो ।

बिद्यालयमा पढाईसंगै प्रत्यक्ष रुपमा तरकारी खेतीका बारेमा सिकाईदै आएको बिद्यालयले जनाएको छ । विद्यालय वरीपरी खाली रहेको जमिनमा दुई वर्ष यता तरकारी खेती गरिदै आएको बिद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले बताएका छन् । उहाँले भन्नुभयो, “ बिद्यालयमा पढ्दै कमाउदै कार्यक्रम संगै बिद्यालयमा खुवाईदै आएको दिवा खाजालाई सहज बनाउन तरकारी खेती गरिदै आएको छ ” । वरिपरी रहेको जग्गा बाँझो राख्नु भन्दा तरकारी खेती गर्दा बिद्यालयको दिवा खाजा कार्यक्रम संगै अन्य सामाग्रीहरु जुटाउन पनि सहज हुने हुँदा बिद्यालयमै तरकारी खेती सिकाईदै आएको प्रधानाध्यापक रावतले बताउनुभयो ।
दिवा खाजा तथा बिहान बेलुकीको खाना सहज हुने गरी विद्यालयमै तरकारी उत्पादन गर्न थालिएको छ ।विद्यालय भित्रको जमिनमा लसुन, आलु, टमाटर, बन्दा, काउली, जुकेनी र फर्सी तरकारीको बेर्ना लगाइएको छ ।बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई अन्य अतिरिक्त क्रियाकलाप र कृषि उत्पादनका विभिन्न कामहरु सिकाईदै आएको हो । बिद्यालयले बिद्यालयकै एकिकृत अर्गानिक कृषि नमुना फार्म सञ्चालन गरिरहेको छ ।उक्त नमुना करेसाबारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरिदै आएको छ । बिद्यालयमा पढ्दै सिक्दै,कमाईदै कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
पछिल्लो समय जिल्लाका ९ वटै स्थानीय तहका अधिकाशं विद्यालयले विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् ।यहाँको बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी ,खप्तड छेडेदह,हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्दा पालिकानका अधिकाशं विद्यालयहरुले बालबालिकाहरुको पढाई संग सँगै विद्यालयमा तरकारी लगाउँन सिकाउँदै आईरहेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर