
एजेन्सीः भारतमा बस र जीप ठोक्किदाँ १० जनाको ज्यान गएको छ।भारतको मेजा क्षेत्रमा बस र जीप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ मेलामा जाँदै गरेका १० जनाको ज्यान गएको हो। उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा स्नान गर्न जाँदै गरेका भक्तजन दुर्घटनामा परेका हुन्।
प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा गएराति बस र जीप ठोक्किँदा भएको दुर्घटनामा १९ जना भक्तजन घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। ज्यान गुमाउनेहरु जीपका यात्रु रहेका प्रहरीको भनाइ छ। घाइते सबै बसमा रहेका यात्रु हुन्। बसमा यात्रा गर्ने भक्तजन मध्य प्रदेशको राजगढ जिल्लाका हुन्। दुर्घटनाको मुख्य कारण तीव्र गति हुन सक्ने अनुमान छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर