• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 10, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

हिमालीमा विद्युतिय लाईन विस्तार,झिलीमिली हिमाली हुने आशामा स्थानीय

खप्तड मालिका न्युज February 13, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

उमेश रोकाया,बाजुराः जिल्लाको पुर्वि उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका–६ धिममा विद्युतको लाइन विस्तार गरिएको छ । विधुत लाईनलाई विस्तार गर्दै कामलाई तिव्रता दिएको हो । विगत लामो समयदेखि हालसम्म गाउँमा सोलार प्रयोग गर्दै आएका नागरिकलाई विधुत विस्तार भएपछी सजिलो हुने गाउँपालिकाले जनाएको छ । विद्युतको विस्तार भएसंगै सोलार बाल्नुपर्ने बाध्यता हट्ने भएको हो ।

कवाडी खोला लघु जलविद्युत आयोजनाबाट सञ्चालित विद्युतको लाइन अहिले गाउँ भित्र लाइन विस्तार हुदैछ । गाउँमा विद्युत लाइन विस्तार भैईसकेपछी बिजुली झिल्ली मिली हुने आशा पलाएको स्थानीय बिष्णु बुढाले बताएका छन् । यहाँका स्थानिय नागरिकहरु पुखौँ देखि गाउँ घरमा काठको झरोलाई प्रयोग गदै आएका छन् ।

अहिले घरको दैलोमा विद्युतको पोल गाड्ने देखि लाइन तान्ने काम तिव्र हुँदा गाउँका अधिकास स्थानीय खुशी व्यक्त गरेको बुढाले बताएका छन् । उहाँले बताउनुभयो, “ धिम गाउँमा आजभोलि विद्युतको लाइन विस्तार गर्ने काम भैरहेको छ । विद्युत घरमा जडान गर्नका लागि घरधुरी अनुसार फर्म भर्ने कार्य अहिले निरन्तर चलिरहेको छ । बत्तीको लाइन तान्ने काम पनि अगाडि बढेको छ । मुख्य लाइन तारको काम जति छिटोछरितो भयो बिजुली बाल्ने उद्देश्यले काम अहिले भैरहेको छ ।

अहिले घरमा विद्युतको लाइन जडान संगै घरमा कालो तार जडान गर्नका लागी फर्म भर्ने काम चलिरहेको छ । हिमाली गाउँपालिका – ६ को धिम र बोल्डिक गाउँमा करिब पाँच सय घरधुरीले बत्तीको सेवा लिने भएका छन्। अब फागुन मसान्तसम्म बिजुली उज्यालो गर्ने तरिकाले काम अगाडि बढिरहेको कवाडी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन बिष्णु बहादुर कार्कीले बताएका छन ।

हिमाली गाउँपालिका उज्यालो बनाउने अभियान निर्वाचन भएदेखि अहिलेसम्म आफू लागिपरेको छु । “अहिले हिमाली गाउँपालिका वडा नम्बर ४,७ र ५ को क्यूडी गाउँ बाहेक अरु सबै गाउँ बस्तीमा बिजुलिको पहुँच ल्याइएको छ । वडा ६ को पाँडी गाउँमा विद्युत पहुँचमा आएको छ । वडा नम्बर १,२ र ३ वडामा काधुरी संस्थाको सहयोगमा वडा नम्बर २ स्थित नातिखोला लघु जलविद्युत आयोजनाबाट १ सय १३ किलोवाट विद्युत उत्पादन गर्ने काम भएको छ ।“ यही आउदो जेष्ठ महिनासम्म बिजुली सञ्चालन गर्ने हिसाबले काम अहिले भैरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

क्यूडी गाउँमा पालिकाको बजेटले नसकिने हुँदा काधुरी संस्था संग सहकार्य गरि अबको एक वर्ष भित्र बिजुली पु¥याउने उद्देश्यले काम सञ्चालनमा आएको छ । वडा नम्बर ६ को धिम र बोल्डिक गाउँमा विद्युत सञ्चालन गर्नका लागी अहिले बत्तीको लाइन विस्तार गर्ने काम गरिरहेका छन । अबको केही महिनापछि बिजुली सुचारु गर्नका निम्ति आफू लागिपरेको अध्यक्ष बताएका छन् ।

हिमाली गाउँपालिका उज्यालो बनाउने अभियानमा २०७४ को निर्वाचित भएपछि पुनः पालिका अध्यक्षमा दोहोरिएको दिनदेखि आफू उज्यालो हिमाली समृद्ध हिमाली बनाउन आफू अहिलेसम्म निरन्तर लागिपरेको अध्यक्ष मल्लले बताएका छन । ’चुनावमा जनता संग गरेका बाचा अनुसार आफूलाई दिएको जिम्मेवारी काधमा थपिएको काम कर्तव्य निभाउन रातदिन लागेको छु ।’

सम्बन्धित पोस्ट
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना
  • जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न
  • अमेरिका र इरानबीच युद्धविरामको सहमति
  • आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    समाचार

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज तीन प्रदेशमा वर्षाको सम्भावना

    जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    अमेरिका र इरानबीच युद्धविरामको सहमति

    आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

    बाजुराकाे हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑