• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 16, Dec, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

भौतिक संरचना थपिदै ,खेतीयोग्य जमिन मासिदै

खप्तड मालिका न्युज February 10, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः पछिल्लो समय जिल्लाको सदरमुकाम मार्तडीमा भौतिक संरचनाको निर्माण कार्य तिब्र रुपमा हुँदा यहाँको खेतियोग्य जमिन मासिदै गएको छ । सदरमुकामको चारैतिर नयाँ भौतिक संरचनाको निर्माण कार्य बढे सङ्गै यहाँको खेतियोग्य जमिन मासिदै गएको हो । पहिलेको सदरमुकामको अबस्था र वर्तमान सदरमुकामको अबस्था आकास पातलको फरक छ ।खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि खेति गर्ने खेतहरु पनि बिस्तारै मासिदै गएका हुन्।जसले गर्दा कृषि वालीहरुको खेति गर्न समस्या हुने प्रचुर सम्भावना बढेको देखिन्छ ।

उत्पादन राम्रो हुने खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि कृषिबाली उत्पादिनमा गिरावट आउने देखिन्छ । दिनहुँ जमिन मासिदै जानाले यहाँका स्थानीयले बालिनाली लगाउन समेत छोडिसकेका छन्। खालि रहेका ठाउँहरुमा कतै संस्थागत कतै ब्यक्तिगत घरहरु निर्माण हुन थालेपछि जमिन मासिने क्रम बढेको हो । पहिले सदरमुकामको चारैतिर ठुलो मात्रामा खेति लगाएका जमिनहरु देखिन्थे तर बिस्तारै ती जमिनहरुमा भौतिक संरचना निर्माण हुन थाले पछि खेतियोग्य जमिन मासिदै गएको स्थानीयको भनाइ छ ।

तिब्र रुपमा भइरहेको भौतिक संरचना निर्माणको प्रत्यक्ष असर जिल्लाको खेतीयोग्य जमिनमा पर्दै गएको छ । खेतीयोग्य जमिन मासिदै जाँदा जिल्लाको कृषि उत्पादनको अवस्था समेत खस्कँदै गएको हो । सदरमुकाम मार्तडीमा भौतिक संरचना निर्माण कार्य धमाधम भए पछि खेतीयोग्य जमिन मासिने क्रम बढेको छ ।स्थानियका अनुसार, ‘‘केही वर्ष पहिला सम्म धान फल्ने खेतमा अहिले पक्की भवन बनेका छन्,हरियो खेतका फाँटमा अहिले ठुला ठुला घरै घर छन्”,जसले गर्दा खेतीयोग्य जमिन मासिदै गएको स्थानीयको भनाइ छ ।अव्यवस्थित रुपमा भएका विकासको असर यहाँको खेतीयोग्य जमिनमा पर्दै गएको हो ।

खेतीयोग्य जमिनमा व्यापारिक भवन,ब्यक्तिगत घर,सरकारी कार्यालय निर्माण गर्ने क्रम बढेको छ । केही दशक अघि अन्न उब्जाउने खेत अहिले भौतिक संरचना निर्माण भए सङ्गै खेतीयोग्य जमिन तिब्र रुपमा मासिदै गएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जनसङ्ख्याको आधारमा नयाँ घर बनाउनु, सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुने क्रम बढ्नु,ब्यक्तिगत जग्गामा मानिसले आफ्ना ठुलाठुला संरचना निर्माण गर्नाले कृषियोग्य जमिन मासिदै गएको ज्ञान केन्द्र बाजुराको भनाइ छ । कृषियोग्य जग्गालाई प्लटिङ गर्ने, खेत–खेतमा चौडा सडक पुर्याउने लगायतको गतिविधिका कारणले खेतीयोग्य जमिन नष्ट हुँदै गएको ज्ञान केन्द्र बाजुराको भनाइ छ ।

मार्तडी बजारको वरिपरि रहेको खेती योग्य जमिन अहिले मासिँदै गएको छ । बुढीगङ्गा, त्रिवेणी, छेडेदह, बुढीनन्दा, गौमुल लगायतका स्थानीयले समेत मार्तडीमा बसोबास गर्न थालेपछि मार्तडी बजारको वरिपरि रहेको खेती योग्य जमिनमा समेत भवन निर्माण हुँन थालेपछि यहाँका खेतीयोग्य जमिन मासिने क्रम बढेको हो।सदरमुकाम मार्तडीमा विभिन्न सेवा सुविधा तथा व्यापार व्यवसाय गर्न समेत सहज हुने भएपछि जिल्लाका अन्य स्थानीय तहबाट समेत स्थानीय मार्तडीमा बसोबास गर्न थालेपछि खेतीयोग्य जमिनमा भवन निर्माण हुन थालेपछि जमिनहरु मासिदै गएका हुन्।

पछिल्लो समय मार्तडी बजारको मुहार फेरिदै गएको भए पनि यहाँको खेतीयोग्य जमिन मासिदा कृषि उत्पादनमा गिरावट आएको छ । धान,गहुँ,जौ लगायतका बाली राम्रो उत्पादन हुने जमिनमा भौतिक संरचना निर्माण भए पछि खेतीयोग्य जमिन मासिदै गएको प्रति स्थानिय चिन्तित बनेका छन्। नजिकैको खेतबारीमा राम्रो अन्न उत्पादन हुने जमिन बिस्तारै मासिदा यहाँका स्थानीय चिन्तित बनेका हुन्। सदरमुकाम मार्तडी जिल्लाको मुख्य केन्द्रबिन्दु हो । यहाँबाट माथिल्लो क्षेत्रका स्थानीय तहमा विभिन्न खाद्यान्न बाली,अन्य सर-सामान जाने गर्छ । मार्तडीको मुहार फेर्नका लागि स्थानीय सरकारले खानेपानी, शिक्षा, स्वास्थ्य सडक, पुल लगायतका भौतिक पूर्वाधारका संरचनाहरूलाई विशेष जोड दिँदै आएको भए पनि यहाँको खेतीयोग्य जमिन मासिदा कृषि उत्पादनमा समस्या हुदै आएको हो ।

पछिल्ला केही वर्षयता सदमुकामको मात्रै नभई सिङ्गो बाजुराको उर्वर भूमिमा धमाधम घर बनिरहेका छन् । बजार क्षेत्रको खेतीयोग्य जमिनमा धमाधम घर बन्ने क्रम बढिरहेको छ भने अन्य केही क्षेत्रमा नदीको कटानले गर्दा जमिन मासिदै गएको छ । यसरी दिन प्रति दिन खेतीयोग्य जमिनमा घरहरु बन्न थालेपछि जिल्लामा उत्पादन घट्ने प्रबल सम्भावना रहेको छ । पहिलेको तुलनामा अहिले उत्पादन उसै घटिरहेका बेला धमाधम खाली जग्गामा घरहरु निर्माण हुन थालेपछि कृषि उत्पादनमा चुनौति थपिएको छ ।

सम्बन्धित पोस्ट
  • बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने
  • पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक
  • काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल
  • नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    समाचार

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित

    नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभाः पार्टी प्रवेशको लहर,एमाले काङ्ग्रेसमा पहिरो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑