
माघ,१२,बाजुरा: क्यान्सर राेग बिरुद्धकाे एच.पि.भी. खोप अभियान २०८१ सम्बन्धि सञ्चारकर्मी संग अभिमुखिकरण कार्यक्रम गरिएको छ। शनिबार सदरमुकाम मार्तडी जिल्ला स्वास्थ्य कार्यालय बाजुराकाे सभाहलमा उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हाे।
जिल्ला स्थित विभिन्न सञ्चारमाध्ययमा कार्यरत सञ्चारकर्मीहरु संग अभिमुखिकरण कार्यक्रम गर्दै क्यान्सर राेग बिरुद्धकाे एच.पि.भी.खाेप अभियानका बारेमा जानकारी गराईएकाे थियाे। उक्त खाेप अभियान देशैभर माघ २२ गते देखि फागुन ६ गतेसम्म सञ्चालन हुने भएको छ । एच.पि.भी भाईरस २०० भन्दा धेरै प्रजातिका हुन्छन जसमा १६ र १८ जाेखिम प्रजातीका हुन्।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत क्यान्सर राेग बिरुद्धका एच.पि.भी खोप अभियान जिल्ला बाजुरामा पनि सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।याे खाेप अभियान जिल्लाका ९ वटै स्थानीय तहका किशोरीहरुलाई लगाईने भएको हाे । ९ वटै स्थानीय तहका करिब ७ हजार ८ सय ९४ जना किशोरीहरुलाई क्यान्सर राेग बिरुद्धकाे एच.पि.खाेप लगाईने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाका नाै वटै स्थानिय तहका कक्षा ६ देखि १० सम्मका किशोरी र स्कुल नजाने १० देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई क्यान्सर बिरुद्धकाे एच.पि.भी खाेप लगाईने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । खोप केन्द्रमा माघ २२ गते खोप लगाउन छुटेका बालबालिकालाई माघ २३ उनीहरुको पायक पर्ने खोप केन्द्रमा खोप लगाइने कार्यालयले जनाएको छ ।
जिल्लाका ९ वटै स्थानीय तहका १ सय १८ विद्यालय तथा ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने भएको छ भने खोप अभियानमा २ सय १० स्वास्थ्यकर्मी र ४ सय १८ स्वयमसेवक खटिने भएका छन् ।पाठेघरकाे मुखकाे क्यान्सर ह्युमनप्यापिलाेमा भाईरसले लाग्ने गर्दछ। महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरकाे मुखकाे क्यान्सर प्रमुख कारण हाे । पाठेघरकाे मुखकाे क्यान्सर बाट बच्न देशै भरि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशैभरि खाेप अभियान सञ्चालन हुदै छ । बाजुरामा पनि याे खाेप अभियान सञ्चालन हुने भएको हाे।
याे खाेप अभियानमा बिद्यालय जाने कक्षा ६ देखि १० सम्मका सबै छात्रा किशोरीहरु र बिद्यालय नजाने १० देखि १४ बर्ष उमेर समुहका सम्पुर्ण किशोरीहरुलाई बिद्यालय केन्द्रीत खाेप केन्द्रबाट पाठेघरकाे मुखकाे क्यान्सर बिरुद्धकाे एच.पि.भी.खाेप लगाईने भएको छ । पाठेघरकाे मुखकाे क्यान्सरले दैनिक नेपालमा ४ जना किशोरीहरुकाे मृत्यु हुने गरेकाे छ ।
तल्लाे पेट दुख्नु,गनाउने पानी बग्नु,अनियन्त्रित रुपमा रगत बग्नु यस राेगका प्रमुख लक्षण रहेका छन्। पाठेघरकाे मुखकाे क्यान्सरलाई जनस्वास्थ्य समस्याकाे रुपमा नरहने अबस्थामा पुर्याउन नेपाल सरकारले २०३० सम्म तीन वटा स्वास्थ सेवाकाे गन्तव्य निर्धारण गरेकाे छ । किशोरीहरुमा हुने पाठेघरकाे मुखकाे क्यान्सरले दैनिक रुपमा नेपालमा विकराल रुप लिदै गएकाे पाईन्छ ।
यसकाे राेकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले पटक-पटक समयमा यस सम्बन्धि खाेप अभियान सञ्चालन गर्दै आईरहेकाे छ ।
जिल्लाका सबै स्थानिय तहका कक्षा ६ देखि १० सम्मका र स्कुल नजाने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई लक्षित गरि खाेप लगाईने भएको छ । लक्षित जनसंख्याकाे आधारमा जिल्लाभर ७ हजार ८ सय ९४ जना किशोरीहरुलाई खाेप लगाईने भएको छ ।
याे खाेप सबैभन्दा बढि त्रिबेणि नगरपालिकाका १२११ किशोरीहरुलाई लगाईने भएको छ भने सबैभन्दा कम जगन्नाथ गाउँपालिकामा ४७३ किशोरीहरुलाई लगाईने भएको छ। त्यस्तै खप्तड छेडेदहमा ११३३ बडिमालिकामा ९९७ गाैमुलमा ५४१ बुढिगङ्गामा ११९७ बुढिनन्दामा १०३३ स्वामिकार्तिकमा ७५० र हिमाली गाउँपालिकामा ५६१ जना किशोरीहरुलाई खाेप लगाईने भएको हाे ।हिमाली गाउँपालिकामा भने २७ र २८ गते खाेप दिईने भएको छ ।
जिल्ला खाेप समन्वय समिति प्रमुख तुलसिराम राेकायाकाे अध्यक्षतामा सञ्चालन भएको एच.पि.भी खाेप अभियान सम्बन्धि सञ्चारकर्मी सङ्ग अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय,उद्योग बाणिज्य सङ्घ बाजुराका अध्यक्ष देव बहादुर राेकाया,विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सुरक्षा निकायका प्रमुख एवम् प्रतीनिधि लगायत जिल्ला स्थिति विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारकाे उपस्थिति रहेकाे थियाे।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर