
काठमाडौंः काभ्रेपलाञ्चोकको महाभारत क्षेत्रमा डडेलो लागेको तीन दिन भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । महाभारत क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा लिन नसकिएपछि आजबाट हेलिकप्टर मार्फत आगो निभाउन थालिएको छ ।
खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानमा जंगलमा मंगलबार दिउँसोबाट आगो सल्किएको थियो । जंगल ठाडै भिरालो र अत्याधिक हावाहुरीको कारण आगो नियन्त्रणमा लिन कठिन भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।
आगो नियन्त्रणमा लिन स्थानीय, प्रहरी र सेना परिचालन गरिए पनि नियन्त्रणबाहिर गएपछि प्रदेश सरकार र संघीय सरकारसँग समन्वयमा आजबाट हेलिकप्टर प्रयोग गरी आगो नियन्त्रणमा लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । आज बिहान ११ बजेदेखी नै हेलिकप्टरले नजिकैको खोलाबाट पानी ओसारेर आगलागी भइरहेको क्षेत्रमा खन्याइरहेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर