• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 18, Nov, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्वामिकार्तिकका दुर्गम बस्तीमा तिव्र गतीमा सडक निमार्ण गरिदै,रातापाखा सडक चाडै सुचारु हुने

खप्तड मालिका न्युज January 23, 2025 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,माघ १०,बाजुराः स्वामिकार्तिक खापर गाउँपालिका जुन कर्णाली पारिको भौगोलिक दृष्टिकोणले विकट पालिकाको रुपमा चिनिन्छ । पालिका विकट भए पनि यहाँका सबै वडाका बस्तीहरुलाई सडक सञ्जालको पहुँचमा पुर्याउन यतिबेला सडक निमार्णका कार्य तदारुप्ताका साथ धमाधम भईरहेका छन् ।सडक सञ्जालको पहुँच नपुगेका वडाका गाउँबस्तीलाई सडक सञ्जालको पहुँचमा पुर्याउन पालिकाले ग्रामिण सडक निमार्णको कार्यलाई तिव्रता दिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।

अध्यक्ष रोकायाका अनुसार सडक सञ्जालको पहुँचमा नपुगेका गाउँबस्तीलाई तत्काल सडक सञ्जालको पहुँचमा पुर्याउने उदेश्यका साथ धमाधम सडम निमार्ण कार्य भईरहेको बताएका छन् । पालिका भित्र रहेका सबै नागरिकले यातायातको सुबिधा पाउन भन्ने उदेश्यका साथ सडक सञ्जालको पहुँच नपुगेका बस्तीहरुमा सडक निमार्ण कार्य तिव्र गतीमा सञ्चालन गरिदै आएको उनले बताए । पालिकाका बस्तीहरु दुर्गम तथा विकट ठाउँमा भएकाले चट्टान फोरेर सडक निकाल्नु पर्ने हुँदा निकै नै अप्ठेरोका साथ चट्टान फोरेर सडक निकालीने काम भईरहेको अध्यक्ष रोकायाको भनाई रहेको छ । तिव्र गतीमा निमार्ण रुपमा रहेको रातापाखा सडक सुचारु हुन अब केही दिन लाग्ने रोकायाले बताएका छन् । उक्त सडक सञ्चालन आएको खण्डमा स्थानीयलाई ठुलो राहत मिल्ने बिश्वास आफुले लिएको उनको भनाई छ ।

सडक नपुगेका बस्तीहरुमा सडक पुगेको खण्डमा पैदल यात्रा गरेर हिड्नु पर्ने बाध्यता हट्ने भएको छ । सडक सञ्जाल जोडिए संगै गाउँबस्तीमा बजारबाट सर सामान ढुवानी गर्न पनि निकै सहुलियत स्थानीयलाई हुने भएको छ । पालिकाका शिक्षा,स्वास्थ्य,बिद्युत,खानेपानी,सडक पहिलेको भन्दा अहिले निकै परिर्वतन भएको पालिका अध्यक्ष रोकायाको दावी रहेको छ । पहिलेको तुलनामा अहिले बिस्तारै विकासको लयमा पालिका फर्किदै गएको उनको भनाई छ । पालिकामा सडक,बिद्युत,शिक्षा,स्वास्थ्य लगायतका कुराहरु क्रमिक रुपमा सुधार हुँदै गएको उनको भनाई छ । आफ्नो कार्यकालमा पालिकालाई नाफामुलक र उपलब्धिमुलक काम गरेर बाहिरिने उनको भनाई छ । पालिका भित्र अहिले सडक निमार्णको कार्यलाई तिब्रता दिदै आइएको छ । दुर्गम गाउँँका बस्तीलाई सडक सञ्जालको पुहँचमा पुर्याउने उदेश्यका साथ गाउँपालिकाले सडक निमार्णको कार्यलाई तिव्रता दिदै आएको हो ।

साविकको साप्पाटा गाविस हाल १ र २ को वडालाई सडक सञ्जालको पहुँचमा पुर्याउने उदेश्यका साथ सडक निमार्ण कार्य भईरहेको छ । त्यहाँ सडक सञ्जालकोपहुँच पुगेको खण्डमा साप्पाट लगायत छिमेकी जिल्ला कालिकोटका नागरिकलाई पनि ठुलो राहत मिल्ने भएको हो । ति दुर्गमबस्तीमा सडक सञ्जाल पुगेको खण्डमा त्यहाँका नागरिकलाई पालिकामा पुग्न र कामकाज गर्न निकै सहजता हुने भएको छ । दुर्गम बस्तीका स्थानीय यतिबेला सडकको पखाईमा रहेका छन् । दुर्गम बस्तीमा सडक पुगेको खण्डमा घण्टौ पदैल यात्रा गरेर गाउँपालिकाको केन्द्र सुईजिउलामा पुग्नु पर्ने बाध्यता केही कम हुने देखिन्छ । सडक सञ्जालको पहुँच पुगेको खण्डमा पालिकाको काम मात्रै नभई अन्य गाउँमा चाहिने सामाग्रीहरु ढुवानी गर्न पनि निकै सहज हुने स्थानीयको भनाई छ । गाउँमा निमार्ण हुने विकासे काम लगायत अन्य कामको लागी आबश्यक पर्ने सामाग्री सजिलै तरिकाले ट्याक्टरको सहायताले पुर्याउन सकिने स्थानीयको भनाई छ ।

अहिले सकेजति पालिकाको बजेटले दुर्गम बस्तीका गाउँमा सडक निमार्ण कार्यको लागी लगाइएको गाउँपालिकाले जनाएको छ । त्यहि सडकहरुमा सुदुरपश्चिम प्रदेश सरकारबाट २५ लाख बजेट परेको छ । जसको ठेक्का प्रक्रिया हुन बाँकी रहेको गाउँपालिकाको भनाई छ । पालिका अध्यक्ष भरत बहादुर रोकायाका अनुसार बिशेष गरि आफ्नो लडाई भनेको पालिकाको भोकमरी,शिक्षा,स्वास्थ्य,सडक,सञ्चार,बिद्युत रहेकोले यसको समस्या समाधानको लागी आफु रातदिन कटिबद्ध रहेको बताएका छन् । आफ्नो कार्यकालमा पालिकालाई पालिका बासीले सोचेजति उपलब्धिमुलक बनाएर जाने उनको भनाई छ ।नागरिकका जनअपेक्षा अनुसार नै आफुले काम गर्दै गईरहेको फेरी पनि नागरिकको जनअपेक्षा अनुसार नै काम गरिने रोकायाको भनाई छ । नागरिकले चाहे जस्तै कार्य गर्न नसकिए पनि नागरिकका सबै आधारभुत आबश्यकता परिपुर्ति गरिदै आएको र फेरी पनि निरन्तरता दिदै जाने अध्यक्ष रोकायाको भनाई छ । पालिका यतिबेला दुर्गम बस्तीका गाउँलाई सडक सञ्जालको पहुँचमा पुर्याउन सडक निमार्णको कार्यमा रहेको छ ।

सम्बन्धित पोस्ट
  • प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने
  • राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
  • भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
  • बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    समाचार

    प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

    राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

    भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

    बाजुराका प्रजिअ पाैडेलकाे तीन महिना नपुग्दै सरुवा

    बाम्का बजारकाे गाथा समेटिएको साहित्यकार विष्टकाे काव्य लेख ‘प्रिय बाम्का’ सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑