
माघ ९,बाजुराः जिल्लाको पुर्वि उत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकाले सडक सञ्जालको पहुँचमा नपुगेका गाउँहरुलाई सडक सञ्जालको पहुँचमा पुर्याउन सडक निमार्ण कार्यलाई तिव्रता दिदै आएको छ ।दुर्गम बस्तीमा गाउँ बस्तीलाई सडक सञ्जालको पहुँचमा राख्ने उद्देश्यले गाउँपालिकाले सडक निमार्ण कार्यलाई तिव्रता दिदै आएको गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुरमल्ललेबताउनु भएको छ ।अध्यक्ष मल्लका अनुसार स्थानीयको पहिलो माग सडक रहेकोले पालिकाले त्यो माग पुरा गर्ने गरी दुर्गम गाउँका बस्तीमा ग्रामिण सडक निर्माण कार्यलाई अगाडी बढाइएको बताएका छन् ।
गाउँपालिकाका ४, ५, ६ र ७ वटा वडा गत वर्षबाट नै सडक सञ्जालको पहुँचमा छन् । सडक सञ्जालको पहुँचमा नपुगेका १,२ र ३ वडामा सडक सञ्चालनको लागी निरन्तरकार्य भईरहेकोगाउँपालिकाले जनाएको छ । १,२ र ३ वडाहरु निकै विटक क्षेत्र पर्ने भएकोले त्यहाँ अहिले सम्म सडक पुग्न सकेको छैन । यती बेला यी वडा पनि सडक सञ्जालले जोड्ने गरी पालिकाले निर्माणको कामलाई तीव्र दिदै आएको हो । हिमाली गाउँपालिका बाजुराका अन्य ८ वटा पालिकाको भन्दा निकै विकट पालिकामा पर्ने गर्दछ । यस पालिकाका सबै वडामा भिमकाय चट्टान रहेका छन् जुन चट्टान फोडेर सडक निकाल्न निकै कठिन रहेको छ ।
गाउँपालिकाका अध्यक्ष मल्लको अथक प्रयास पछि ४, ५, ६ र ७ वडा सडक सञ्जालको पहुँच पुर्याइएको छ भने बाँकी रहेका तिन वटा पालिकामा सडक निमार्ण कार्यलाई तदारुप्ताका साथ निरन्तरता दिदै आइएको छ । हिमाली गाउँपालिकाले १ , २ र ३ वटा वडाका गाउँबस्तीलाई सडक सञ्जालको पहुँचमा पुर्याउनको निमित्त यती बेला सडक विस्तार गर्ने कामलाई तीव्रता दिदै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन् । सडक सञ्जालको पहुँचमा नपुेका गाउँ बस्तीलाई सडक सञ्जालको पहुँचमा पुर्याउन सडक निमार्ण कार्यलाई तिव्रता दिदै आएको अधिकृत भण्डारीले बताए। सडक सञ्जाल नजोडिनु भन्दा गाउँपालिकाको केन्द्र धुलाचौर पुग्नलाई पहिला स्थानीयलाई लामो समय लाग्ने गर्थो तर अहिले सडक सञ्जाल जोडिएका गाउँबस्तीका स्थानीयलाई सजिलै तरिकाले पालिका पुगेर घर फर्किन सकिने अबस्था रहेको बताइएको छ । बाँकी सडक सञ्जालको पहुँच नपुगेका वडाका गाउँबस्तीमा सडक सञ्चालन गर्न सडक निमार्ण कार्यलाई तिब्रता दिदै आइएको गाउँपालिकाले जनाएको छ ।
हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लका अनुसार २०७५ देखि अहिले सम्म गाउँमा स्वास्थ्य शिक्षा तथा खानेपानीको क्षेत्रमा निकै सुधार भएको बताएका छन् । पालिका विकट ठाउँमा भएपनि अन्य सुगम पालिकाको भन्दा यहाँ धेरै नै विकास भएको र आफुले गरेको कामबाट पालिकाबासी स्थानीय पनि खुसी भएको उनले बताएका छन् । यहाँका प्रत्येक बालबालिकाहरु पनि अहिले शिक्षाको पहुँचमा छन् । भने ्रत्येक गाउँ बस्तीलाई समेत खानेपानीको राम्रो सुविधा पुर्याएको मल्लले बताए ।अहिले सडक सञ्जालको पुहँचमा नपुगेका गाउँबस्तीलाई सडक सञ्जालको पहुँमा पुर्याउन धमाधम सडक निमार्ण कार्य भईरहेको मल्लले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर