
खप्तड मालिका न्युज,पुस २७, बाजुराः बुढिनन्दा नगरपालिकाले स्याउ-ओखर पकेट कार्यक्रमको लागी प्रस्ताव पेश गर्न आग्रह गरेको छ । नगरपालिकाले एक सुचना जारी गर्दै सम्पुर्ण कृषक,कृषक समूह,कृषक फर्म,कृषि सहकारी तथा वन उपभोक्ता समितिमा आग्रह गरेको हो ।

नगरपालिकाको कृषि विकास शाखाको आर्थिक बर्ष २०८१/०८२ को प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत शसर्त अनुदानको कार्यक्रम स्याउ-ओखर पकेट कार्यक्रम सञ्चालन गर्नु पर्ने भएकोले कार्यक्रमको उदेश्य अनुरुप ईच्छुक कृषक समूह,कृषक फर्म,कृषि सहकारी तथा वन उपभोक्ता समितिमा नगरपालिकाले सुचना मार्फत आबेदन दर्ता गर्न आग्रह गरेको हो ।
ईच्छुकहरुले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात माघ २ गते कार्यालय समयभित्र तोकिएको ढाँचा (अनुसुची-१०) अनुसार आबेदन दर्ता गर्न भनेको हो । ५ हेक्टर क्षेत्रफलमा उक्त स्याउ ओखर खेती गर्न सकिने छ । आबेदन दर्ताको लागी सम्बन्धित निकायमा कृषि फर्म कृषक समूहर कृषि सहकारी दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्ने छ ।
साथै कार्यक्रम सञ्चालन हुने स्थानको स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा ५ बर्षको सम्झौता पत्र ,निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतीलिपी र कार्य समितिको निर्णयको प्रतीलिपी बुझाउनु पर्ने निमित्त प्रमुख प्रशाशकीय अधिकृत ओमजङ्ग शाही र कृषि शाखा प्रमुख भागेन्द कुमार मल्ल द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर