• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

शिरमा पहाड फेदीमा कोल्टी बजार

खप्तड मालिका न्युज January 11, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः धेरै पछि पुस महिनाको दोस्रो साता बाजुराको कोल्टी जाने अवसर मिल्यो।कोल्टि जाने अवसर त्रिभुवन बिश्वबिद्धालय अन्तरगर्त बिएड प्रथम बर्षको परिक्षाले जुरायो । बुढिनन्दा क्याम्पस कोल्टि बाजुरामा परीक्षा केन्द्र थियो। त्यहि अवसरमा बाजुराको कोल्टिमा पुग्ने अवसर ठ्याक्कै मौकाले जुर्यो।

बाजुरा जिल्लाको सदरमुकाम भन्दा करिब ४२ किलोमिटरको दुरिमा रहेको,बिमानस्थल भएको कोल्टी बजारको भूगोल पनि उत्तानो परेको रहेछ। पहिलेको तुलनामा अहिले विकासको लयमा फर्केको कोल्टि साच्चै भन्नू पर्दा  यहाँको भुगोल कोल्टो जस्तै ।  वरिपरि अग्ला डाडाकाडा बिचमा कोल्टि बजार जो बाजुराको सदरमुकाम मार्तडी भन्दा पछिको ठुलो बजार र बिमानस्थल भएको ठाउँ हो ।

पहिलेको तुलनामा अहिले केही पुर्वाधारको विकास भए पनी आखिर कोल्टी बजार कोल्टो नै छ।केही सेवा सुबिधाको विकास भए पनी बत्ति र पानीको अबस्था भने खासै गतिलो रहेनछ्।तर स्थानीयलाई समस्या भने टारेको मैले भेटाए। सहि समयमा बत्ति आउँने जाने,खानेपानी पनि आउँने जाने कोल्टी क्षेत्रको बिशेषता रहेछ ।प्राकृतिक भु-वनोट अनुसार कोल्टी कोल्टोमा परेजस्तै कोल्टो रहेछ ।ठुला पहाडको फेदीमा कोल्टी बजार आनन्द तरिकाले बसेको रहेछ । शिरमा पहाड फेदीमा बजार प्रकृतिले पनि क्या गजब तरिकाले मिलाएको त्यो भुगोल।

मार्तडीबाट कोल्टीबजार नपुग्दै पुसको महिनामा काधमा हिउँमाथि गाडि कुदाएर हिउँ छिचोल्दै डाँडो पार गर्न हामीलाई हम्मेहम्मे पर्यो ।हिउँमाथि गाडि गुड्न नसक्दा तलमाथि गर्नु पर्ने,सडकको अवस्था पनी त्यस्तै भएकोले गाडि भित्र तलमाथि हुदै यात्रा गर्नु परेको अबस्था स्मरण रहिरहेको छ ।भन्छन एउटा तस्विर आफै बोल्छ भनेझै कोल्टी बजारको टाउकोमा रहेको डरलाग्दो पहाड।जो देख्दै पनि भिमकाय छ ।

हिउँदको समयमा सुख्खा देखिने र बर्षातको समयमा हरियाली भएर निकै सौन्दर्य लायक देखिने वर्षामा पानीले झनै गजब देखिने त्यो पहाड झट्ट हेर्दा निकै डरलाग्दो देखिने,माथिको पहाड फुट्लाकि भन्ने डर पनि उस्तै तर पहाड फुट्ने निकै प्रबल कम सम्भावना । बजारको शिरमा सधै पहिरो जानसक्ने पहाड, बीचको भागमा पुरानो र नयाँ पहिरोले थुप्रिएर बनेको भिरालो र त्यसको फेदीमा कोल्टी बजार। हेदा निकै सौन्दर्य लायक रहेछ । हिउँदको समयमा पुरै पहाड सुख्खा र सुकेको घासले पहाड बिराक्त देखिने रहेछ।

बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको कोल्टीमा उष्ण जलावायुको प्रभाव देखिने यस भेगमा हिउँदमा कम बर्षा हुने रहेछ भने बर्षातको समयमा भारी बर्षा हुने रहेछ । सयम सयममा बड्डीगाड, खुल्मीगाड र धुपे खोलामा बर्षायाममा आउने बाढीबाट यो क्षेत्र अर्थात नगरपालिका प्रभावित बन्ने रहेछ । उष्ण हावापानी हुने भएकोले यस क्षेत्रमा अन्न बालीमा धान, गहुँ, मकै, तेलहन त्यसैगरी दाल बालीमा मुसुरो अरहर, सिमी फलफुलमा केरा, मेवा, स्याउ र ओखर उत्पादन हुने रहेछन् । कृषि यस कोल्टी बजार लगायत सिंगो नगरपालिकाको मुख्य पेशा रहेछ ।यहाँका कृषि तथा पशुपालनको क्षेत्रमा करिब ९० प्रतिशत मानिसहरु संलग्न रहेका मैले अनुमान गरे ।

कोल्टि बजारको माटो र चट्टानको प्रकृति हेर्दा र पहिरोको बग्ने स्वरुप हेर्दा कोल्टी बजार र त्यसमाथिको भिरालो जमिन असुरक्षित जस्तो लाग्छ।बर्षातमा बेस्सरी पानी पर्दा भिरालो जमिन बाट पानी बगेर बजारसम्म पुगी अस्तब्यस्त गर्ने सम्भावना बढि रहेको देखिन्छ। करिब पाँच छ हजारको हाराहारीमा बसेको कोल्टी बजारका बासिन्दा उहीँ पुरानो र कतिपय नयाँ प्रविधि सङ्ग खेल्दै अगाडि बढिरहेका जस्तो लाग्छ । बजारको वातावरण,वरपरको दृश्यले केहि रोमाञ्चक भए पनी बढ्दो सहरिकरणले केहि मात्रामा कोलाहल समेत हुने रहेछ ।

कोल्टी बजारको सिरानमा रहेको भिरबाट विभिन्न कालखण्डमा पटक पटक पहिरो गएको यहाँका स्थानीयको भनाइ छ । बजारको माथि पुरै भिरै भिरले बजार कुनै चट्टान भित्र बसेको ठाउँ जस्तैः भन्न मिल्ने आकारको छ । वरिपरि पुरै चट्टाने भिरले कोल्टि बजारलाई निकै सजाएको छ ।त्यहाँका मानिसले बस्तीबीचको पहिरोमा कोल्टि विमानस्थल बनाउँदा मानिसहरूले प्रयोग गरेका भाँडा र मानव अस्थिपंजर समेत भेट्टाएका कतिपयले बताएका छन्।कोल्टी बजारको भु-आकृति स्वरुप करिव सबैजसो पहाडी भुभाग रहेको रहेछ । यस कोल्टी बजारको पुर्वमा स्वामिकार्तिक खापर गाउँपालिका, पश्चिममा बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, दक्षिणमा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली र गौमुल गाउँपालिका रहेको रहेछन् ।

कमजोर खाले चट्टान रहेको उक्त ठाउँमा पानी पर्नासाथ ती चट्टानका कमजोर ढिक्का खस्ने र त्यसैको भार र ढिक्काले तल बजारमा बनेका घरहरु जोखिममा रहने सम्भावना निकै देखिन्छ । विकासका हिसाबले बिस्तारै विकासको लयमा फर्केको कोल्टि बुढिनन्दा नगरपालिका भित्र पर्ने माथिल्लो क्षेत्रको एक प्रमुख ब्यापारीक केन्द्र हो । जहाँ माथिल्लो क्षेत्रका नागरिकलाई थोरै भए पनि राहत महसुस यस बजारले गराएको रहेछ । स्थानीयलाई सामान्य आबश्यक पर्ने सामानहरुको यहाँबाट परिपुर्ति गर्न सकिदो रहेछ ।

पहिला पहिला राम्रोसंग बास बस्न सुविधा थिएन्,अन्य विकासको त कुरै छोडौ तर अहिले त्यो पुरानो भयो । अहिले नेपालगञ्ज धनगढीकै झल्को दिने सुविधा र संरचनाका होटल पसल कोल्टीमा खुलेका रहेछन् । होटल ओलिभ इको भेलेज,चितवन होटल,लगायतका थुप्रै सेवा सुबिधा भएका होटलहरु स्थापना भएका रहेछन् । बाजुरा सदरमुकाम मार्तडी पछिको जिल्लाकै दोस्रो ठूलो बजार कोल्टी । व्यापार, व्यवसाय र मानव आवत जावतले दैनिक जसो चहलपहलले भइरहने रहेछ । बाजुराको एक मात्र बिमानस्थल कोल्टी बिमान स्थल जुन त्यहि कोल्टीमै छ ।

कोल्टी भिरको माटो र चट्टान अत्यन्त कमजोर छन्, रुख विरुवाको नामै नभएकाले छुनासाथ फुरूरू झर्ने खालको भु वनोट मैले अनुमान गरे। कतिसम्म भने पहिरो चल्नका लागि वर्षायाम नै पर्खन नपर्ने। त्यस भिरमुनि कोल्टी बजारलाई अहिलेकै अवस्थामा छोडिराख्ने हो भने ढिलो चाँडो निकै ठूलो क्षति बेहोर्नपर्ने डर मैले मनमनै सोचे।बिमानस्थल भएको सेवा सुबिधाहर पनी बिस्तार बिकसित हुदै गएको कोल्टि बजारमा पुराना खाले घरहरु पनि कतिपय यथावत् रहेका रहेछन्। बजारको आकार सानो भए पनि मार्तडीको भन्दा शान्त वातावरण रहेको पाईयो।

माथिल्लो क्षेत्रका चारवटै पालिकामा नागरिक लगायत छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट लगायत १७ वटा पालिकाको मुख्य ब्यापारिक केन्द्र कोल्टि बजार साच्चै कोल्टे जस्तै रहेको मैले भेटाए । पुर्वाधारको विकास,शिक्षा स्वास्थ्य लगायतको क्षेत्रमा बिस्तारै फड्को मार्दै गएको पाईयो । सञ्चारमा भने अलि समस्या नै हुने रहेछ । नेटवर्कले पनि खासै काम नगर्ने,ईन्टरनेट पनि बेला बेला आउँने जाने समस्याले अलि असहजता हुने रहेछ । ईन्टरनेट राम्रोसँग नचल्ने कारणले यहाँ रहेका सञ्चार माध्यमलाई अलि असहज हुने रहेछ ।

मार्तडी देखि कोल्टि बजारसम्म पुग्न जिपको सहायताले मात्रै पुग्न सकिदो रहेछ । मार्तडी देखि कोल्टिसम्म सडक सञ्चालन भएको लामो समय बितिसके बस सेवा भने सञ्चालन हुन सकेको रहेनछ्। जसले गर्दा यहाँका नागरिक मात्रै नभई अन्य पालिकाका नागरिकले पनि महङ्गो भाडा तिरेर जिल्ला सदरमुकाम मार्तडीमा जानू पर्ने बाध्यता रहेछ । त्यस्तै अन्य सेवा सुबिधाका हिसावले पनि यो क्षेत्र पछाडि नै परेको देखियो । पालिकाबाट हरेक सेवा सुबिधा उपलब्ध गराएर सहजता भएको रहेछ । बुढिनन्दा नगरपालिकाको उदाहरणीय कार्यले कोल्टि बजारको स्वरुप परिवर्तन हुदै गएको रहेछ । पालिकाले सबै क्षैत्रमा उल्लेख सुधार गर्दै गएकोले केही सेवा सुबिधा सरल बन्दै गएका रहेछन् ।

कोल्टो फेर्दै कोल्टी बजार

कोल्टि बजार को स्वरुप पहिलोको तुलनामा अहिले धेरै फरक भेटाए । विगतका वर्षहरूमा अस्तव्यस्त रहेको कोल्टी बजारमा अहिले जनतालाई आबश्यक पर्ने सेवा सुबिभाको उपलब्धता रहेको रहेछ । भौतिक संरचनाहरू पनि धमाधम बन्दै गएका रहे छन्। समय परिवर्तन भए संगै विकासका पूर्वाधार निर्माण हुन थालेपछि कोल्टीको मुहार पनि फेरिदै गएको मैले भेटाए ।

पहिलेको तुलनामा कोल्टी बजारमा खानेपानी, बिजुली र सञ्चारको केही सुबिधा बढेको रहेछ । पहिले मोबाईलमा टावर समेत नआउने अबस्था थियो भने अहिले सामान्य ईन्टरनेट लगायत फोर जि को समेत ब्यबस्था रहेको रहेछ । बिद्युत र खानेपानीको समस्या केही हल भए पनि पाँउनु पर्ने सुबिधा भने जनताले नपाएको अनुभव गरे। अरु सेवा सुबिधाहरु क्रमशस् बिस्तार हुदै अगाडि बढ्दै गएका रहेछन्।

पहिले सडकहरू निकै अस्तव्यस्त अवस्थामा रहनुका साथै जताततै फोहोर देखिन्थ्यो। कोल्टीमा खानेपानीको समस्याले गर्दा एक घन्टाको दूरीमा रहेको दैयाँ खोलाको पानी खच्चरमा बोकाएर कोल्टी बजारवासीले खानुपर्ने बाध्यता थियो।’तर अहिले बिस्तारै त्यो समस्या हल हुदै गएको मैले भेटाए । सडकको अबस्था पनि बजार क्षेत्रमा राम्रो रहेछ । बजारको वातावरण पनि स्वच्छ र सौन्दर्य रहेको रहेछ ।पहिले जताततै फालिएको फोहोरका कारण कोल्टी विमानस्थल आउने आगन्तुकहरू नाक छोपेर हिँड्नु पर्ने बाध्यता थियो तर अहिले त्यो समस्या पनि समाधान भएको रहेछ, बजारमा सरसफाईको काम पनि गर्ने गरिएको  पाइयो ।

बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बाट कच्चि सडकको यात्रा गरेर ४२ किलोमिटर पार गरिपछि त्यहा पुग्न सकिन्छ । जिल्लाकै दोस्रो व्यापारिक केन्द्रको रूपमा रहेको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारमा नगरपालिकाको कोल्टि बजारको मुहार फेर्न ठुलो योगदान रहेको रहेछ । नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले यस क्षेत्रलाई नमुना क्षेत्र बनाउन बिभिन्न खाले सेवा सुबिधाहरुको बिस्तार गर्दै गएको मैले पाए। कोल्टि बजार मात्रै नभई समग्र पालिकाको शिक्षा,स्वास्थ,यातायात,सञ्चार,बिद्युत लगायत पुर्वाधारका क्षेत्रमा पालिकाले फड्को मार्दै गएको मैले देखे ।

बाजुराको कोल्टी बजारलाई सुन्दर र व्यवस्थित बजार बनाउने उदेश्य लिएर नगर प्रमुख बनेका बुढीनन्दा नगरपालिकाका नगर(प्रमुख जनककुमार बोहोराले करिब साढे दुई बर्ष वर्षमै बजारको मुहार परिवर्तन गर्नमा ठुलो भुमिका खेल्नु भएको रहेछ। पहिलेको भन्दा अहिले कोल्टि बजारको स्वरुप निकै परिवर्तन हुदै गएको स्थानीयले भने। ‘अहिले घरघरमा खानेपानीका धारा निर्माण हुनुका साथै बिजुलीको पनि सुबिधा भएको र थप बिजुलीलाई ब्यबस्थित गर्न राष्ट्रिय प्रसारण लाईनको बिस्तार गर्ने क्रम अगाडि बढ्दै गएको रहेछ ।

सञ्चारको सुविधामा पुग्न पहिले अग्ला डाडाकाडा धाउनुपर्ने कोल्टीमा अहिले सञ्चार सेवा २४ घन्टा नै उपलब्ध रहेको पाए।’ बजार बिचको सडक पूरै पिच हुनुका साथै सडक बत्ती र सार्वजनिक शौचालय निर्माण गरेपछि कोल्टी बजार पहिलेको तुलनामा अहिले धेरै फरक भेटाए । बजार वरपरका सडक किनारमा स-साना बिरुवा रोप्ने कार्य पनि भएको रहेछ । बिभिन्न समस्याका बाफजुत लड्दै भिड्दै कोल्टीको मुहार फेर्न आफू अगाडि बढिरहेको नगर- प्रमुख बोहराले भने।आफ्नो पाँचवर्षे कार्यकालमा कोल्टीको मुहार फेरेरै जाने उनले बताए। विभिन्न चुनौतिहरु झेल्दै बिस्तारै कोल्टी बजारले कोल्टो फेर्दै गएको अनुभुती मैले गरे।

सिङ्गो पालिकालाई समृद्ध बनाउन नगरपालिकाले विभिन्न गतिबिधिहरु सञ्चालन गर्दै गईरहेको छ । कोल्टी बजारको मात्रै स्वरुप परिवर्तन नभई सिङ्गो पालिकाकै स्वरुप परिवर्तन गर्न त्यहाँको नगर सरकार लागि परेको छ । पालिकाले पालिका स्तरीय आवासीय विद्यालय निर्माणको काम थालेको छ । नगर प्रमुख बोहराले विदेशी नागरिकहरु सँगको सहकार्यमा विद्यालय निर्माण गर्न लागिएको रहेछ। १८ कोठे भवनको शिलान्यास समेत गरिसकिएको रहेछ।जो जिल्लाकै पहिलो आवासीय विद्यालयका बन्ने भएको त्यहाँका स्थानीयले भने।

नगर पालिकाका नगर प्रमुख जनक बोहराले कोल्टी बजार मात्रै नभएर पुरै पालिकाको विकाशको निमित्त अहम भुमिका खेलिरहनु भएको मैले भेट्टाए । दुर्गम ठाउँमा पनि सरल र सहज रुपले सेवा प्रदान गरिएको प्रति म गौरवान्भित भए। सिङ्गो पालिकाको शिक्षा,स्वास्थ,सञ्चार,बिद्युत,यातायातको सुबिधा सहज रुपमा पुर्याउन नगर-प्रमुख बोहराले काम गरिरहनु भएको मैले देखे। बिगत लामो समय देखि मार्तडी-कोल्टी सडकखण्डमा बस सञ्चालन हुन सकेको थिएन्। पटक- पटक यहाँका स्थानीयले बस सञ्चालनको लागी माग गरे पनि माग पूरा हुन सकेको थिएन्।

नगर प्रमुख बोहराको समन्वय,सहकार्य र पहलमा मिति २०८१ पौष २६ गतेबाट मार्तडी देखि कोल्टी सम्म बस सञ्चालन गरियो। समन्वय समिति प्रमुख तुलसिराम रोकायाले एक कार्यक्रमका बिच उद्घाटन गर्दै मार्तडी देखि कोल्टी सम्म बस सञ्चालन भयो । नगर प्रमुख बोहराको पहलमा बस सञ्चालन भए पश्चात् यहाँका नागरिकको बस चढ्ने सपना पूरा हुने बिश्वास मैले लिए । स्थानीयले बस सेवा नियमित गर्न आग्रह समेत गरे । यावत् कुराहरुले कोल्टी क्षेत्र पहिलेको तुलनामा बिस्तारै विकासको लयमा फर्किदै गएको मैले भेटाए ।

साच्चै हेर्दा खेरी यस्तो लाग्यो कि कोल्टि बजार ठ्याक्कै कोल्टो नै रहेछ । प्रकृति पनी ठ्याम्मै कोल्टो परे जस्तैः त्यस वरपरको वातारण बिशेषत बजारको शिरमा रहेको भिमकाय पहाडले कोल्टिलाई कोल्टो को रुपमा चिनाउन सहज गराएको छ । वरिपरि अग्ला डाडापाखा र बिचमा सुतेको त्यो बजार । जहाँ फरक प्रकारको बिबिधता रहेछ । पहाड बिचको शहर भनेर पनी भन्न सकिने,ठाउँ जहाँ काठमाडौं,नेपालगन्ज,धनगढीबाट सिधै पेलेनको सहायताले पुग्न सकिन्छ। कोल्टी बजार र त्यो पहाड बिचको सम्बन्ध निकै सामिप्य जस्तो मलाई लाग्यो। त्यो फरक परिबेश,त्यहाँको भु- वनोट,ठुला- ठुला भिमकाय पहाड,भाषाशैली,चालचलन,यो मनमा ताजै रहिरहनेछन्।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑