
गाेबिन्द्र राज तिमिल्सेना, पुस २६, बाजुरा: जिल्लाकाे पुर्वि उत्तरि भेगमा रहेकाे बुढिनन्दा नगरपालिकाले मार्तडी- कोल्टी बस सेवा सञ्चालनकाे लागी महाकाली यातायात प्रा. ली लाई आग्रह गरेकाे छ । जिल्लाकाे सदरमुकाम मार्तडी देखि कोल्टी सम्म यातायात सेवालाई थप सहज बनाउन पालिकाले बस सञ्चालनकाे लागी यातायात प्रा. ली लाई अनुराेध गरेकाे हाे ।

बिहिबार पालिकाले एक सुचना जारी गर्दै माथिल्लाे चार वटा पालिकाकाे साथै हुम्ला,मुगु कालिकाेटका साथै १७ पालिकाकाे मुख्य केन्द्र मानिएकाे काेल्टि बजारबाट धनगढी,महेन्द्रनगर सम्म यातायातकाे सरल पहुँच पर्याउन नितान्त आबश्यक रहेकाेले यस महाकाली यातायात प्रा. ली ले प्रदान गर्दै आएको सेवा यथासिग्र काेल्टि क्षेत्रमा सुचारु गरिदिन हुन भनी नगर प्रमुख जनक कुमार बाेहरा द्वारा हस्ताक्षरित सुचनामा भनिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरेकाे भए पनि अहिलेसम्म लागू हुन सकेकाे छैन्। उक्त अनुमति कापिकाे पानामा सिमित हुदै आएको छ । पहिला पनी प्रसाशन बाजुराले बस सेवा सञ्चालनकाे लागी अस्थायी अनुमति दिएकाे थियाे तर बस भने सुचारु हुन सकेनन्। सडककाे अबस्था राम्रो नभएकोले बस सञ्चालन गर्न नसकिएको यातायात प्रा. ली ले बताउने गरेका छन् ।
मार्तडी- काेल्टि सडक सञ्चालन भएको लामाे समय बितिसक्दा पनि बस सेवा भने अहिलेसम्म सुचारु हुन सकेकाे छैन्।एकपटक मार्तडी देखि काेल्टि सम्म बस पुगेकाे थियाे त्यस पछाडि सडककाे अबस्था गतिलाे नभएकोले बस सञ्चालन हुन सकेनन्। मार्तडी देखि काेल्टि सम्म बस सञ्चालन नहुदा यहाँका नागरिक महङ्गाे भाडा तिरेर मार्तडी सम्म पुग्ने गरेका छन्। सानाे कामकाे लागी सदरमुकाम पुग्नु पर्ने काममा पनि स्थानीयकाे बढि खर्च हुने गरेकाे छ । कतिपयले मनाेमानी तरिकाले जिपकाे भाडा अशुल्ने कारणले पनि यहाँका नागरिक महङ्गिकाे चपेटामा पर्दै गएका छन्।
मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने गरेकोमा काेल्टि सम्म बस संचालन गर्न मंसिर २० गते जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्बदलिय सर्वपछिय बैठक बसेकाे थियाे । बैठकबाट तत्काल बस सेवा सञ्चालनकाे लागी अनुमती दिएकाे थियाे तर बस भने चल्ने सुरसार भएन्। कर्णाली करिडोरको बाटो भएर पीलुचौर, धुलाचौरसम्म बस सञ्चालन भइरहेकाे भए पनि मार्तडी कोल्टी सडकमा अझै सेवा सञ्चालन आउँन सकेकाे छैन् जसले गर्दा कुण्डा बासिहरुले समस्या भाेग्दै आईरहेका छन् ।
पटक- पटक कुण्डाबासिहरुले मार्तडी- काेल्टि सम्म बस सेवा सञ्चालनकाे लागी माग गरे पनि उनिहरुकाे माग पूरा भएको छैन्। नागरिकता,पासपोर्ट लगायतका बिभिन्न कामहरु गर्नकाे लागी पनि सदरमुकाम धाउनु पर्ने हुँदा यहाँका स्थानियले महङ्गाे भाडा तिरेर जानू पर्ने अबस्था रहेकाे छ । बस सेवा सञ्चालन भए थाेरै भए पनि ठुलाे राहतकाे अनुभूति हुने यहाँका स्थानीयकाे भनाइ छ ।
ईलाका प्रशासनकाे प्रखाईमा कुण्डाबासि
जिल्लाकाे पुर्वि उत्तरि क्षेत्रका चारवटै पालिकाका नागरिक लामाे समयदेखि ईलाका प्रशासनकाे प्रखाईमा रहेका छन्।यहाँका हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा लगायतका पालिकाका नागरिक यतिबेला ईलाका प्रशासन कार्यलयकाे प्रखाईमा रहेका छन् । लामाे समय देखि ईलाका प्रशासनकाे प्रखाईमा बसेका कुण्डाबासिहरु ईलाका प्रशानकाे प्रखाईमै रहेका छन्।
माथिल्लो क्षेत्रकाे लागी बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुँदा निकै सहज हुने देखिन्छ ।तर ईलाका प्रशासन स्थापनाकाे कुनै शुरसार देखिदैन्। कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि यहाँका स्थानीयले पटक पटक जिल्ला प्रशासन कार्यालय बाजुरामा माग गर्दै आएका छन् तर माग अझै पूरा भएको छैन । यहाँका स्थानीयलाई नागरिकता, पासपोर्ट, राहदानीलगायतका विभिन्न सरकारी कामकाजका लागि महङ्गाे भाडा तिरेर सदरमुकाम मार्तडी आउँनु पर्ने बाध्यता छ ।
मार्तडीमा बसेर काम पुरा गरि घर सम्म पुग्न साेचेभन्दा भन्दा खर्च हुने भएकोले यहाँका नागरिकले काेल्टिमै ईलाका प्रशासनकाे माग गर्दै आएका छन्। कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि यहाँका स्थानीयलाई नागरिकता बनाउनसमेत सहज हुने बुढनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहराले बताएका छन्।काेल्टिमा ईलाका प्रशासनकाे लागी आफुले पनि पटक- पटक प्रशासन हुँदै मन्त्रालय सम्म धाउँदा पनि माग पूरा नभएको बताएका छन्।आफ्नो पालिकामा नागरिक लगायत अन्य तीन वटा पालिकाका नागरिकलाई सेवा सहज बनाउन ईलाका प्रशासन कार्यालय स्थापनाकाे लागी आफू लागिरहेकाे नगर प्रमुख बाेहराले बताएका छन्।
कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएको भएकाे खण्डमा यहाँका स्थानीयलाई बिहान घरदेखि मार्तडी र बेलुकी मार्तडीदेखि घरमा पुग्नु पर्ने समस्या टर्ने थियाे नगर प्रमुख बाेहराले बताए । ईलाका प्रशासन काेल्टिमा स्थापना भएको खण्डमा यहाँका स्थानीयको आर्थिक भार पनि कम हुन्थ्यो नगर प्रमुख बाेहराले बताए । काेल्टिमा ईलाका प्रशासन कार्यालय स्थापना नहुदा अहिले कुण्डाबासिलाई नयाँ नागरिकता तथा प्रतिलिपि निकाल्नु परेकाे खण्डमा पनी सदरमुकाम मार्तडीमा नै जानू पर्ने बाध्यता रहेकाे छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर