• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अबरुद्ध रहेको रेडियो पौरखीको प्रशारण सेवा सुचारु

खप्तड मालिका न्युज December 16, 2024 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

खप्तड मालिका न्युज,बाजुराः  जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ८ मा रहेको सामुदायिक रेडियो पौरखीको प्रशारण सेवा १ महिना पछाडी सुचारु भएको छ । स्टुडियो स्थानान्तरण संगै करिब १ महिनासम्म अबरुद्ध रहेको रेडियो पौरखी ९०.४ मेगाहर्ज आइतबार बाट सुचारु भएको रेडियो पौरखीका प्राबिधिक प्रमुख गोबिन्द्र राज तिमिल्सेनाले खप्तड मालिका न्युजलाई बताएका छन् ।

उनका अनुसार बडीमालिका नगरपालिका वडा नम्बर ८ थापाथली ब्यारेक नजिकै रहेको रेडियो पौरखीको स्टुडीयो स्थानान्तरण गदै यता बडीमालिका नगरपालिका ८ थापाबाडा नजिकै स्थानान्तरण गर्ने क्रममा १ महिनासम्म अबरुद्ध बनेको रेडियोको प्रशारण सेवा आइतबारबाट सुचारु भएर परिक्षणमा रहेको तिमिल्सेनाले बताएका छन् । पुरानो स्टुडियोलाई परिर्वतन गर्ने क्रममा अबरुद्ध बनेको रेडियो पौरखीको प्रशारण सेवा मंसिर ३० अर्थात आइतबारबाट सुचारु भएर केही दिनको लागी परिक्षणमा रहको र लगत्तै रेडियोले आफ्नो नियमित सेवा श्रोताको माझ प्रशारण गर्ने रेडियो सञ्चालक समितिका अध्यक्ष रामचन्द्र यादवले बताएका छन् ।

“गाउँ बस्तीको आवाज,सूचना र अभिव्यक्तीको संवाहक”भन्ने मुल नारा सहित प्रशारण भईरहेको रेडियो पौरखीको स्टुडियो स्थानान्तरण गर्ने क्रममा सेवा अबरुद्ध भई श्रोता सामु पर्न गएको असुबिधा प्रति सञ्चालन समिति अध्यक्ष यादव सहित रेडियो कर्मचारीहरुले क्षमा मागेका छन् । बाजुरामा लोकप्रिय सञ्चार माध्यमको रुपमा आफ्नो पहिचान बनाउन सफल र जिल्लाका बिभिन्न सामाजिक ब्यक्तीत्वहरुको साथ र सहयोगमा पौरखी विकास सञ्चार सहकारी संस्था लिमिटेड द्धारा संञ्चालित यस रेडियोले समग्र बाजुरा जिल्लाको विकाशको लागी सञ्चार माध्यमका रुपमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ । जिल्लामा भईरहेका गतिबिधिहरुको बारेमा खुल्ला रुपमा रेडियोले बिभिन्न सामाग्रीहरु समय समयमा प्रशारण गर्दै आईरहेको छ ।१ महिना सम्म रेडियो स्थानान्तरणको क्रममा विभिन्न क्षेत्र जस्तैः ( आर्थिक, सामाजिक,भौतिक तथा प्राबिधिक) लगायत विभिन्न क्षेत्रबाट रेडियो स्थानान्तरणको लागि सहयोग गर्ने प्रति सञ्चालक समिति लगायत रेडियो कर्मचारीहरुले कृतज्ञता ब्यक्त गरेका छन् । बिभिन्न उताब चढाव बाबजुतका साथ १ महिना पछाडी रेडियो प्रशारण आउँदा रेडियो सञ्चालक समिति,लगायत कर्मचारीले विभिन्न ठाउँबाट सक्दो सहयोग गर्ने प्रति धन्यबाद दिएका छन् । उही आवाज, उहीँ सन्देश,उहीँ परिवेश,मात्र गन्तव्य ( स्थान ) परिवर्तन गरि तपाईं श्रोताहरुको माझ आइतबारबाट रेडियोले प्रशारण सेवा सुचारु गरेको हो । गाउँ ठाउँको रेडियो समुदायको सारथी “गाउँ बस्तिको आवाज,सूचना र अभिब्यक्तिको सम्बाहक“ रेडियो पौरखी ९०.४ मेगाहर्ज आइतबारबाट सञ्चालनमा आएर परिक्षणमा रहेको छ ।

विभिन्न समस्याका बाबजुत समुदायको सारथी बनेको गाउँ घरको रेडियो पौरखी हिजोबाट फरक ढङ्गले नयाँ स्टुडियोबाट प्रसारणमा आएको रेडियोले जनाएको छ रेडियो सञ्चालनमा आए पनि अहिले परिक्षणमै रहेको र केही दिनमै रेडियोले आफ्नो नियमित सेवा सूचारु गर्ने बताइएको छ । बिभिन्न बाधा अड्चनहरुलाई झेल्दै रेडियो प्रसारणमा आउँदा आफु निकै खसी भएको रेडियो सञ्चालक समिति अध्यक्ष रामचन्द्र यादवले बताएका छन् । रेडियोलाई बिभिन्न् ठाउँबाट सक्दो साथ सहयोग गर्ने प्रति आफु निकै आभारी रहेको समेत उनले बताएका छन् । सबैको साथ सहयोगले रेडियो स्थानान्तरणको कार्य पूरा भएर हामी परिक्षणमा रहेको बताउँदै यादवले आगामी दिनहरुमा पनि रेडियोले बाजुराको विकासमा अहम भुमिका खेल्दै जाने बताएका हुन् । समाजको यथार्थ समस्या,समग्र बाजुराको विकासमा सञ्चार माध्यमको रुपमा उदाहरणीय कार्य गर्दै आएको रेडियोले आगामी दिनहरुमा पनि थप बलियोका साथ बाजुराको विकासमा ठुलो भुमिका खेल्ने बिश्वास आफुले लिएको बताए । बिशेषत रेडियो स्टुडियो स्थानान्तरणमा सहयोग गर्ने प्रति हार्दिक नमनका साथ कृतज्ञता ब्यक्त गर्दै फेरि पनि सबैकोे साथ सहयोगको अपेक्षा राखेको यादवको भनाई थियो ।सामुदायिक रेडियो पौरखीले समुदाय स्तरका,सम्पुर्ण ९ वटै स्थानीय स्तरका,बिभिन्न गतिबिधिका समाचार,संगै खोजमुलक,अनुसन्धात्मक,र मनोरञ्जनात्मक लगायतका कार्यक्रमहरुलाई उच्च प्राथामिकतामा राखेर सेवा प्रशारण गदै आईरहको छ । रेडियोले बिभिन्न समयमा हुने प्राकृतिक विपद्,बाढी,पहिरो,भुकम्प, बिभिन्न संक्रमण लगायतका समयमा महत्वपुर्ण सुचनाहरु प्रवाह गर्दै सचेतनामुलक कार्यक्रम प्रशारण गर्नुका साथै बाजुराको विकासमा एक लोकप्रिय सञ्चार माध्यममको रुपमा अहम भुमिका निर्वाह गर्दै आईरहेको छ । २०६९ साल असोज १३ गतेबाट प्रशारण सुरु गरेको यस रेडियो १३ बर्ष सम्म आईपुग्दा श्रोताहरुको माझ लोकप्रिय सञ्चार माध्यम बनेको छ । बाजुराको दुर दराका आवाज,बाजुराको भोकमरी,अशिक्षा,बिद्युत यातायात,सञ्चार,खानेपानी,सडक लगायत बिभिन्न समस्याहरुको बारेमा रेडियोले पटक –पटक समाचार,सुचना प्रवाह गरी महत्वपुर्ण काम गर्दै आएको छ ।रेडियोको प्रभावले रेडियोको यस गौरवमय यात्रामा आजसम्म साथ सहयोग गर्ने सम्पुर्ण,बिज्ञापन दाता,श्रोतावर्ग,शुभेच्छुक लगायत सम्पुर्णमा रेडियाृ परिवारले आभार व्यक्त गरेको छ । रेडियोको स्थापना कालदेखि हालसम्म रेडियोमा कार्यरत वर्तमान तथा पुर्व रेडियोकर्मी तथा रेडियो स्थानान्तरणको क्रममा सहयोग गर्ने सहयोगीदाता,प्राबिधिक सबैलाई रेडियो परिवारले धभन्यबाद दिएको छ ।

पछाडी परेका समुदायको समस्यालाई मुख्य प्रथामिकतामा राखेर तिनिहरुका आवाज उठान गर्ने,समाजमा चल्दै आएको बिद्यमान कुरीति,कुसंस्कार,बालबिवाह,बहुविबाह लगायतका कुप्रथा बिरुद्ध बाजुराका नागरीकमा जागरुकता पैदा गर्ने खालका बिषयबस्तुलाई समाचार र कार्यक्रमलाई रेडियोले प्रथामिता आएको छ । रेडियोले बिभिन्न समयमा स्थानीय समाचार,राष्ट्रिय समाचार,बाजुराको कला संस्कृति जर्गेना गर्ने कार्यक्रम,समसामयिक बहस,लगायतका बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु र समाचार सम्प्रेषण गर्दै आईरहेको छ । रेडियोले बाजुराका जनताको माझ निरन्तर बिहान ५ बजेदेखि राति १० बजे सम्म १८ घण्टा सेवा प्रशारण गर्दै आईरहेको रेडियो १ महिनाको अन्तराल पछी पुनः सञ्चालनमा आएको छ । रेडियोको स्टुडियो स्थानान्तरण कार्य पुरा भए लगत्तै रेडियो प्रशारणमा आएर परिक्षमा रहेको छ । समुदायको सारथी रेडियो पौरखी ९०.४ मेगाहर्ज आइतबारबाट करिब १ महिनाको अन्तराल पछाडि प्रसारणमा आएर परिक्षणमा रहेको रेडियो पौरखी परिवारले खप्तड मालिका न्युजलाई जनाएको छ । केही दिनमै परिक्षण सकेर पहिलेको जस्तैः नियमित प्रसारण सेवा प्रसारित हुने बताइएको छ ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑