गोबिन्द्र राज तिमिल्सेना,मङ्सिर २४, बाजुरा– मौसममा बदली आए संगै बाजुराका उच्च हिमाली तथा लेकाली भुभागमा भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेग लगायत बडिमालिका,गौमुल लगायत पालिकाका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो ।
पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दा, गौमुल लगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ ।आइतबार रातिदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बनेको छ । हिमपात संगैको बर्षाले जिल्लामा अत्याधिक चिसो बढेको छ । बर्षा संगै हिमपात हुदा बाजुराका कृषक खुशी भएका छन् ।
जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिका यताको बडिमालिका,गौमुलका उच्च भागमा हिमपात भएको छ ।त्यस्तै तल्लो क्षेत्रका प्राय सबै पालिकाको उच्च हिमाली भेगमा बिहानैदेखि वर्षा र मध्यम हिमपात भईरहेको छ ।बर्षा संगै हिमपात हुदा यातायातका साधनहरु पनि अबरुद्ध भएका छन्। जिल्लाको पोरखेगढिमा भारि हिमपात हुदा यातायातका साधन बन्द भएका छन्।
उच्च हिमाली तथा लेकाली भु- भागमा बर्षा संगै हिमपात हुदा बन्यजन्तुको चोरी सिकारी हुने सम्भावना बढेको छ। बाक्लो हिमपातले गर्दा जिल्लाको जनजिवन निकै प्रभावित बन्नुका साथै अत्याधिक जाडो महसुस भएको छ । जिल्लाको सदरमुकाम मार्तडी आसपासमा वर्षा संगै हिमपात हुदा बजारमा चहलपहल घटेको छ । यहाँका स्थानीय ब्यापारी लगायत अन्य स्थानीयले यतिबेला घरभित्रै आगो तापेर बस्नुपर्ने बाध्यताको सिर्जना भएको छ । पुर्वि उत्तरी भेग संगै यताको बडिमालिका र गौमुल हिमपात बाट बढि प्रभावित बनेका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर