गोबिन्द्र राज तिमिल्सेना,बाजुराः बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले नगरबासी खेलप्रेमी खेलाडीहरुको लागी खेल क्षेत्रमा लगानी गर्न नगरपालिका कहिल्यै पछी नहट्ने बताएका छन् । बडीमालिका नगरपालिका वडा नम्बर ३ रजालीमा रहेको चोयाकोट माविमा सञ्चालन भएको पाँचौ नगरस्तरिय राष्ट्रपति रनिङ सिल्ड उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नगर भित्रको खेल क्षेत्रको विकासको लागी आफु लगाएत सिंगो पालिका कहिल्यै पछि नहट्ने बताउँदै नगर भित्रको खेल क्षेत्रलाई थप सुदृढ तरिकाले अगाडी बढाउन पालिकाबाट जस्तोसुकै कार्यहरु पनि सञ्चालन गरिने उनले बताएका हुन् । नगरपालिकाले खेल क्षेत्रको विकास गर्न बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कार्यहरु पनि सञ्चालन गरिने बताउँदै पालिका भित्र खेलकुद क्षेत्रमा नँया र प्रतिभावान् खेलाडीहरुको उदय गर्न बिभिन्न समयमा बिभिन्न खेलकुद सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरी प्रतिभावान खेलाडीहरुको पहिचान र हौसला प्रदान गर्न नगरपालिका लागी पर्ने उनले बताए ।
नगर भित्रको खेल क्षेत्रलाई माथी उकास्न बडीमालिका नगरपालिकाले गर्नुपर्ने सम्पुर्ण काम कर्तब्य पुरा गर्ने र आगामी दिनहरुमा थप बलियो र शसक्त तरीकाले नगरपालिका खेल क्षेत्रको विकासमा लागी पर्ने नगर प्रमुख खड्काले बताए । खेल क्षेत्रबाटै ब्यक्तिले आफ्नो पहिचान राष्ट्रिय स्तर हुँदै अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने हुँदा अहिलेको समयमा खेल क्षेत्र निकै नै आबकश्यक रहेको उनले बताए ।खेल क्षेत्र एक महत्वपुर्ण बिषय रहेको बताउँदै नगर प्रमुख खड्काले खेल क्षेत्रबाटै खेलाडीहरुको पहिचान उचाइ सम्म पुग्ने भएका कारण नगरको खेल क्षेत्रको विकासमा नगरपालिका कहिल्यै पछी नहट्ने उनले बताए । नगर भित्र पनि बिभिन्न बिद्याका राम्राराम्रा खेलाडीहरु रहेकोले उनीहरुको क्षमता अभिबृद्धि गर्न खेलकुद सम्बन्धी अतिरिक्त क्रियाकलाप तथा बिभिन्न तालिमहरुबाट सहजीकरण गरिने समेत उनले बताए । खेलकुद स्वास्थ्यका लागी मात्रै नभई ब्यक्तिको पहिचान,राष्ट्रको इज्जत र आर्थिक समृद्धिको महत्वपुर्ण पाटो रहेकोले यस क्षेत्रलाई बलियो तरिकाले अगाडी बढाउन सबैले एकजुट भएर लाग्नु पर्ने उनले बताए ।
खेलको माध्यमबाट युवा युवतीहरुलाई अनुशासित तथा स्वस्थ्य बनाउने उदेश्यका साथ पालिकाले खेल क्षेत्रको विकासको लागी बजेट नै बिनियोजन गरेको जसबाट नगर भित्र रहेका प्रतिभावान् खेलाडीहरुलाई सहजता मिल्ने र नँया खेलाडीहरुको उदय गराउन सहज हुने उनले बताए । नगरपालिका भित्र रहेका ९ वटै वडाका खेलाडीहरुको खेल प्रतिको चासो तथा ब्यक्तित्व विकास गर्न नगरपालिकाले बिभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने लगायतका रणनितिहरु बनाएको उनको भनाई थियो । खेल क्षेत्रको विकासको लागी नगरपालिकाले खेलकुद सम्बन्धी बिभिन्न कार्यक्रम,खेल क्षेत्रको विकास गर्न आगामी दिनमा चालिएका कदम पनि सकारात्मक रहेको बताएका हुन् । खेल क्षेत्रको विकासमा आगामी दिनहरुमा पनि बडीमालिका सधै लागी पर्ने उनले बताए । कार्यक्रममा बोल्दै खड्काले खेलमा सबैभन्दा महत्वपुर्ण कुरा अनुशासन हुनुपर्ने कुरामा जोड दिएका थिए । खेलाडीहरुले खेलमा अनुशासन हुनुपर्ने बताउँदै अनुशासित खेलाडी बन्न नसकेको खण्डमा उसले कहिँ कतै पनि प्रगती गर्न नसक्ने बताएका हुन् । खेल क्षेत्रमा खेलाडीहरुको गहना भनैकै अनुशासन भएकाले खेलाडी सर्वप्रथम अनुशासित बन्नुपर्ने कुरामा नगर प्रमुख खड्काले जोड दिएका थिए ।
बडीमालिकालाई खेल क्षेत्रमा समृद्ध बनाउन पालिका दिनरात नभनी लागी पर्ने बताउँदै नगरभित्र उचित किसिमको खेल मैदानको लागी पहल भईरहेको समेत उनले बताए । नगरभित्र उत्कृष्ट खेलाडीहरु भए पनि उचित किसिमको खेलमैदान नहुँदा समस्या भईरहेको बताउँदै त्यसको समाधानको लागी पनि नगरपालिका लागी रहेको उनले बताए । नगरभित्रको खेल क्षेत्रको विकासको लागी आफु लगायत सिंगो बडीमालिका कहिल्यै पछी नहट्ने र खेलकुदबाटै नगरपालिकालाई चिनाउन खेलाडी,अभिभावक लगायतले लाग्नुपर्ने उनले बताएका थिए । ब्यक्तिले शारिरीक तन्दुरुस्त हुनको लागी खेल क्षेत्रमा लाग्नुपर्ने कुरामा समेत उहाँले जोड दिएका थिए ।बडीमालिकामा मात्रै नभई जिल्लामा राम्रा राम्रा खेलाडीहरु छन्,ति खेलाडीहरुको हामीले पहिचान गर्न समेत सकेका छैनौ, जिल्लामा खेल क्षेत्रमा रुचि राख्ने धेरै युवाहरुको जमात भएको भएतापनि जिल्लामा उचित गुणस्तीय खेल मैदानको ब्बबस्था नहुँदा खेलाडी प्रतिभाहरु पनि लुक्दै गएको उनले बताए । जिल्लामा स्रोत साधको अभावले पनि जिल्लाको खेल क्षेत्रले सोचेजस्तो विकासमा फड्को मार्न नसकेकोे बताउँदै यसबारे सबैले सोच्नुपर्ने उनले बताएका थिए ।
खेल क्षेत्र एउटा यस्तो क्षेत्र हो,जसले मानिसले क्षणमै नसोचेको इज्जत कमाउन सक्ने बताउदै सिंगो जिल्लाकै खेल क्षेत्रको बिकाशको लागी सबै तहका निकायहरुले उचित ध्यानमा राखेर अगाडी बढ्नु पर्ने खड्काले बताए । जिल्लाको खेल क्षेत्रले हाम्रो शिर उचाईमा राख्न सहयोग गरेको बताउदै सबै स्थानीय तहका जिम्वेबार ब्यक्तिहरुले आफ्नो पालिकाको खेल क्षेत्रको विकासको लागी सोच्नुपर्ने उनले बताए। खेल क्षेत्रकै विकासमा बडीमालिका सधैभर लागीरहेको र नगरभित्रका खेलाडीहरुको हक हितको लागी पालिका कहिल्यै पछी नहट्ने उनले बताए । खेलकुद क्षेत्रले दिने आत्मबिश्वास तथा आत्मबलले मानिसलाई हरेक क्षेत्रमा सफल बनाउने हुँदा नगरभित्रको खेल क्षेत्रको विकासमा कहिल्यै पछी नहट्ने नगर प्रमुख खड्काले प्रस्ट पारे ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर