गोबिन्द्र राज तिमिल्सेना/बाजुराः बाजुराको मुटु जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका जो २०७४ सालको पहिलो चुनावमा काँग्रेसको किल्लाको रुपमा चिनिन्थ्यो । २०७९ सालको स्थानीय चुनावमा काँग्रेसको किल्लाको रुपमा रहेको बडीमालिकालाई एमालेको किल्ला बनाउन सफल भए पत्रकारीता क्षेत्रबाटै राजनितिमा आएका बडीमालिकाका नगर प्रमुख उपप्रमुख द्धय अमर बहादुर खड्का र नन्दा कुमारी थापा जो अहिले बडीमालिकाको विकास समृद्धिमा कटिबद्ध रुपमा लागी रहेका छन् । पत्रकारीता क्षेत्रबाटै उदाएका नगर प्रमुख र उपप्रमुखले अहिले सिंगो पालिका हाकिरहेका छन् ।
अहिले सिंगो बडीमालिका नगरपालिका पुर्व पत्रकारहरुको हातमा छ भन्दा पनि फरक पर्दैन् । पत्रकारीताबाट आफ्नो नाम कमाएका नगर प्रमुख र उपप्रमुलले अहिले बडीमालिकाको समसामयिक परिवेश नियाल्दै यहाँको सामाजिक,आर्थिक,भौगोलिक तथा पर्यावरणिय क्षेत्रको विकास समृद्धिमा द्धय पुर्व पत्रकार तथा हालका राजनितिज्ञ नगर प्रमुख र उपप्रमुख लागी परेका छन् । बडीमालिकालाई नमुना नगरपालिकाको रुपमा परिचित गर्नको लागी अहिलेको नगर सरकार पनि तम्तयार तरीकाले लागी परेको छ । पत्रकारीताबाटै उदयमान् भएका नगर प्रमुख उपप्रमुखबाट नागरीकले ठुलो आशा अपेक्षा राखेका छन् । जनताको जनअपेक्षा अनुसार नै काम कर्तब्य पुरा गरिरहेको बिश्वास नगर प्रमुख उपप्रमुख द्धय खड्का र थापामा रहेको छ ।
२०७४ मा काँग्रेसको किल्ला रहेको बडीमालिकालाई २०७९ मा हालका बडीमालिकाका नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा कुमारी थापाले उल्टाएका थिए ।बडीमालिका अहिले सिंगो एमालेले हाँकिरहेकोमा कुनै दुई मत छैन् । पालिकामा ९ वटा वडा रहेका छन् । जसमा ७ वटा वडामा सिंगो एमालेको बिजयी छ भने काँग्रेसले दुई वडामा चित्त बुझाउनु परेको छ । पत्रकारीता क्षेत्रबाटै राजनितिमा उदाएका बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले २०७९ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवारमा उनका निकटतम् प्रतिद्धन्द्धि नेपाली काँग्रेसका धनराज पण्डितलाई पराजित गरेका थिए । मेयर खड्काले ४ हजार ९ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्धन्द्धि नेपाली काँग्रेसका धनराज पण्डितले ३ हजार ५ सय ५२ मत ल्याएका थिए । त्यस्तै पत्रकारीता बाटै राजनितिमा आएकी बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसकी राधिकाकुमारी शाही (सिंह) लाई पराजित गरेकी थिईन् ।
थापाले ४,२३३ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राधिकाकुमारी शाही (सिंह) ले ३,३५१ मत ल्याएकी थिइन् ।राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारीता क्षेत्र जो राज्य सञ्चालनको निम्ती अपरिहार्य छ । बडीमालिका नगरपालिका अहिले पुर्व पत्रकारको हातमा छ ।पत्रकारीता बाट राम्रो श्रेय सिकेको नगर प्रमुख उपप्रमुखले बडीमालिकाको समग्र विकास समृद्धिमा अहम भुमिका निर्वाह गरिरहेका छन् । पहिलो नगर सरकारले अपुरा राखेका काम कर्तब्यहरु अहिलेको नगर सरकारले क्रमिक रुपमा पुरा गर्दै गईरहेको छ । पहिलो नगर सरकारको जस्तो उल्लेख्य परिणाम देखाउन नसकेको भए पनि समग्र बडीमालिकाको विकास समृद्धिमा सिंगो पालिका लागी परेको बडीमालिकाका नगर प्रमुख उपप्रमुखको भनाई छ ।
हालका नगर प्रमुख अमर बहादुर खड्का बिभिन्न संघ संस्था तथा पत्रकारीता क्षेत्रबाटै राजनितिमा आएका हुन् । बाजुराको बडिमालिका नगरपालिका–३ रजाली जसलाई तरकारी उत्पादन को पकेट क्षेत्रको रुपमा चिनिन्छ । उक्त वडामा तरकारी खेती तथा सहकारी अभियानका अभियन्तामध्ये एक युवा अमर खड्का जो यतिबेला नगर परिवर्तनको सपनासहित नगर प्रमुखको नेतृत्व गरिरेका छन् । सुरुवाती योजनामै संलग्न खड्का उच्च शिक्षा अध्यनको लागी काठमाडौं गए । सहकारीको बिषयमा थप कुराकानी सुन्दै बटुल्दै गाउँ फर्किएर गाउँघरमा सुनाए । आत्मनिर्भर बन्नको लागी कृषि नै मुख्य स्रोत ठानेर खड्काले सहकारी सञ्चालनको ब्यबस्था गरी बचत गर्ने बानीको विकास गर्नुपर्छ भन्दै सहकारीको अध्यक्षको रुपमा रहेर लामो समयसम्म काम गरे ।सहकारीले उत्पादनमा ध्यान दियो । कृषिलाई बजारसम्म जोड्न सहयोग पुग्यो । गाउँमै सहकारी सञ्चालन गरी कृषि क्षेत्रमा ठुलो योगदान दिएका खड्का राष्ट्रिय सहकारी बोर्डकै सदस्यसम्म भए।
गाउँलाई बुझेका र लामो समय काठमाडौ लगायतका ठाउँमा बसेर पत्रकारीता संगै सामाजिक रूपान्तरण लागी परेका खड्का अहिले बडीमालिकाको नगर प्रमुखको नेतृत्व गरिरहेका छन् । काठमाडौमा दृष्टि साप्ताहिक पत्रिकाको बजार व्यवस्थापकका रूपमा काम गरेर पत्रकारीता क्षेत्रबाट ठुलो अनुभव बटुलेका खड्का अहिले राजनितिमा आएर नगर प्रमुखको हिसावले बडीमालिकाको विकास समृद्धिमा लागी परेका छन् । बडीमालिकालाई नमुना पालिका बनाउन पत्रकारीता क्षेत्र त्यागेर राजनितिमा आएका मेयर खड्का जसरी पनि बडीमालिकालाई नमुना बनाउन लागी रहेका छन् । पुर्व योजना अनुसार नै नगर प्रमुखको उम्मेदवार बनेका खड्काका निति नियम योजनाहरु धेरै छन् । निर्वाचन अगाडी नै ठुलो परिर्वतनको दौरानमा रहेका खड्का बिभिन्न अभियानलाई एकसाथ गर्दै अगाडी बढीरहेका छन् ।
त्यस्तै हालकी नगर उपप्रमुख नन्दा कुमारी थापा जो बिगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा आबद्ध भएर राजनितिमा आएकी हुन् । उनले पत्रकारीता क्षेत्रबाट समाज परिर्वतनको लागी अहम भुमिका निर्वाह गरेकी थिइन् । थापाले लामो समयसम्म बाजुरामा सञ्चालित रेडियो बाजुरा १०४ मेगाहर्जमा समाचार प्रमुखको रुपमा रहेर काम गरेकी हुन् । रेडियोकर्मी भएर गाउँ ठाउँ दुरदराजका पिडाहरुलाई रेडियो मार्फत आवाज बुलन्द गर्दै आउनु भएकी थापा राजनितिमा आएर समाज परिर्वतनकै दौरानमा लाग्नु भएको छ । रेडियोबाट महत्वपुर्ण पाठ सिकेकी थापाले राजनितिज्ञ भएर पनि सबैको जनअपेक्षा अनुसार काम गर्न सफल भईराखेकी छन् । पत्रकारीता त्यागेर राजनितिमा होमिएकी नगर उपप्रमुख थापा उपमेयरको उम्मेदवार हुनु अघिसम्म पनि सक्रिय पत्रकारितामा तल्लिन थिइन ।पत्रकारीताबाटै समाज परिर्वतन गर्छु भन्ने मनसायले बडीमालिकाको उपप्रमुखमा उम्मेदवार बनेर सजिलै जित हासिल गर्न सफल भएकी हुन् ।रेडियोबाटै जिल्लामा ब्याप्त रहेको बालविवाह, छाउपडी, महिला हिंसा जस्ता गलत परम्परागत अभ्यासहरू हटाउनको लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएकी थापाले पछी नगरपालिकाको उपमेयर हुँदा पनि राजनितिज्ञका हिसाबले समाजमा ब्याप्त रहेको कुरिती कु संस्कारको अन्त्यको लागी बिभिन्न समयमा जनचेतनामुलक कार्यक्रमहरु संञ्चालन गर्दै आउनु भएको छ ।
एक कुसल सञ्चारकर्मीको परिचय पाएकी थापाले राजनितिमा आएर चुनाव अगाडी गरेका बाचा प्रतिबद्धता अनुसार नै काम गरेको देख्न सकिन्छ । पालिकाभित्रको सेवासुविधा थप चुस्त बनाउनको बजेटमा नै व्यवस्था गरेर अगाडि बढ्ने, .‘मुख्यगरी बालविवाह, छाउपडी महिला हिंसा जस्ता विद्यमान समस्या हटाउनको लागि प्रतिबद्ध भएर लाग्ने, लगायतका कार्यहरु गर्दै आएकी छन् । लामो समयको पत्रकारिताको अनुभवलाई पनि थापाले राजनितिज्ञका हिसाबले उपयोग गर्दै अगाडि बढीरहनुभएको छ । वर्षौैँसम्म बाजुराको गरिबी, अशिक्षा र महिला हिंसाको बारेमा रिर्पोटिङ गरेकी थापाले राजनितिज्ञ भएर पनि त्यो समस्या नबुझ्लान् भनेर भन्न सकिन्न। किनकी उनले पत्रकारीताबाटै बाजुराको दुःख पिडा,बाजुरेली जनताको समस्याको पहिचान गरिसकेकी थिईन् । कैयौं पटक बाजुराको बडिमालिका नगरपालिकाको विकास, समृद्धि र नागरिकको जनजीविकाका सवालमा प्रश्न उठाउँदै आएकी थापा अहिले नगरपालिकाको उपप्रमुखको नेतृत्व समालीरहेकी छन् । पहिलेकी पालिकाका जनप्रतिनिधिहरुलाई प्रश्न गर्ने नन्दा अहिले आफै जनप्रतिनिधि भएर नागरीकले सोधेका प्रश्नको उतर दिने ठाउँमा पुग्नुभएको छ ।
यता गैर एमालेको पनि साथ पाएका नगर प्रमुख खड्का आफ्नो पालिकाको विकासको निमित्त लागी परेका छन् । बडीमालिकालाई जिल्लाका अन्य ८ वटै पालिकाको भन्दा फरक तरीकाको पालिका बनाउँन तथा पालिकाका जनताको जनअपेक्षा अनुसार चाहेका कार्यहरु पुरा गर्न मेयर खड्का कटिबद्ध छन् । पालिकाको शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार,बिद्युत,खानेपानी,सडक लगायत अन्य पुर्वाधार विकासका कार्यहरुमा पनि मेयर खड्काले नियमन ढंगले सञ्चालित गरी नगरबासीहरुको माझ सेवा सुबिधा पुर्याउन लागी नै रहेका छन् ।उनले नगरबासीलाई पर्दा दिनरात नभनी सेवा गर्नुका साथै आफूले नेतृत्व गरेका सामुदायिक संस्थाहरूलाई सफल बनाएका छन् । त्यसैले उनलाई एमाले मात्रै होइन, गैरएमालेहरूले पनि उनलाई सघाइरहेका छन् ।स्थानीय तहको निर्वाचन २०७९ मा पनि मेयर खड्कालाई गैर एमालेहरुले पनि ठुलो साथ सहयोग गरेका थिए । निर्वाचन अगाडी नै कृषिमा विशेष जोड दिदै आएका खड्काले नगर प्रमुख भईसके पछाडी पनि पालिकाका प्रत्येक वडामा कृषि खेती गरिरहेका कृषकहरुको खेतबारीमै गएर थप सुझाव लिने दिने गर्ने गरेका छन् । ‘उत्पादन गरौं राम्रो, बेच्ने जिम्मा हाम्रो’ जस्ता नारामा कृषि अभियानलाई सार्थकता बनाउँदै अगाडी बढाएका छन् । पिालिकाका ९ वटै वडामा पकेट क्षेत्रका रूपमा सम्भाव्यता अध्ययन गरी विकास गर्न पालिकाद्धारा कामहरु थालनी गरेका छन् । माछापालन, वाख्रापालन, भैंसीपालन लगायतको सम्भाव्यता रहेका ठाउँमा त्यसलाई जोड दिएका छन् ।
व्यावसायिक कृषिमा जोड दिँदै नगरलाई कृषि खेतीमा समृद्ध बनाउन बिभिन्न समयमा कृषि सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु संञ्चालन गर्दै गईरहेका छन् ।नगर उपप्रमुख थापाले बिशेष गरी नागरीक अगुवाहरुबाटै सुझाव संकलन गरेर पालिकामा ब्याप्त रहेको बिकृति बिसंगतीको अन्त्यको लागी कदम चलाई रहनुभएको छ । सिंगो बडीमालिकालाई हरेक क्षेत्रबाट समृद्ध र भेदभाव रहित बनाउनको लागी थापा लाग्नुभएको छ । शैक्षिक बेरोजगारीको समस्या समाधान गर्न,छाउपडी,छुवाछुत,लगायतका प्रथाको अन्त्य गर्नको लागी टोल टोलमा पुगेर जनचेतनामुलक कार्यक्रमहरु थापाले गर्दै आउनु भएको छ । पालिकाका ९ वटै वडामा आधारभुत आवश्यकता परिपुर्तिको लागी पालिकाबाट हुने सम्पुर्ण सहयोग नगर प्रमुख उपप्रमुखले गरिरहनु भएको छ । पत्रकारीताबाट राजनितिमा आएका दुबै जना अहिले बडीमालिका नगरपालिकाको नेतृत्वकर्ता भएर जनताको जनअपेक्षा अनुसार काम गरिरहेका छन् । त्यो बेला बहुदलको पक्षमा नाराहरू लागेको देख्दा सुन्दा,तथा पत्रकारीताका क्षेत्रबाट राजनिति बुझेर राजनीतिमा लाग्न प्रेरित भएका खड्का र पत्रकार महासंघ बाजुरा शाखाको सचिव र प्रेस चौतारी जिल्ला शाखा अध्यक्षबाट राजीनामा दिएर राजनीतिमा छिरेर जनप्रतिनिधि बनेकी थापा अहिले दुबै जना सिंगो बडीमालिका नगरपालिकाको जिम्मेवारी हातमा थमाएर नगरबासीहरुको हक हितकै निमित्त लागी परेका छन् ।
बिभिन्न सहकारी संघ संस्था तथा पत्रिकाको बजार ब्यबस्थापक सम्मको काम गरेर राजनितिमा आएका मेयर खड्का त्यस्तै रेडियो बाजुराबाट पत्रकारिता सुरु गरेकी राजधानी दैनिक, दृष्टि अनलाइन, लगायतका सञ्चार माध्यममा काम गरेकी थापा दुबै जना पुर्व पत्रकारहरु अहिले जनप्रतिनिधि भएर जनताको सेवकको रुपमा लागी रहेका छन् ।पत्रकारीता क्षेत्रबाट राजनितिमा आएका नगर प्रमुख र उपप्रमुख अहिले बडीमालिकालाई “समृद्ध नगर सुखी नगरबासी ”नगरको नारा जस्तै पालिकालाई पनि समृद्ध बनाउनको निम्ती लागीरहेका छन् । नगरपालिका भित्रका नगरवासिका समस्याहरुलाई ध्यानमा राखेर, नगरवासिको जिवनस्तरलाई माथि उकास्नका लागी शिक्षा स्वास्थ्य, खानेपानि, सञ्चार, बिद्युत, यातायात,सिचार्ई लगायतका आधारभुत आवश्यकताको पहुँचमा नगरवासिलाई पुर्याईरहेका छन् । त्यस्तै उत्पादनमा जोड, कृर्षिमा आत्मनिर्भरता, रोजगारीका अवसर सिर्जमा, पर्यटन पर्वद्धन, प्रबिधिमैत्रि बडिमालिका,खेल क्षेत्रको बिकास,सामाजिक कुरिती कु संस्कारको अन्त्य गर्न अगाडी बढिरहेका छन् ।जनताका प्रमुख आवश्यकतालाई प्रमुख आवश्यकतामा राखेर नगर प्रमुख उपप्रमुख अगाडी बढीरहेका छन् ।नागरिकको जीवनस्तरसंग जोडिएका र उत्पादनमुखी कृषि खेतीलाई प्राथमिकतामा राखेर पालिकालाई “क्लिन बडीमालिका,ग्रिन बडीमालिका ” बनाउने उदेश्यका साथ निती तथा कार्यक्रम ल्याएर उनीहरु अगाडी बढेका छन् ।
“क्लिन बडीमालिका,ग्रिन बडीमालिका ” अभियान सञ्चालन गरी वातावरणीय परीक्षण,जलवायु उत्थानशिलता,दिगो विकाशको स्थानीयकरण र विपद ब्यबस्थापन गर्नको लागी यस्तो निति उनीहरुले अबलम्बन गरेका छन् । बडीमालिकालाई जसरी पनि अन्य पालिकाको भन्दा फरक ढंगले अगाडी बढाउने उनीहरुको धेय रहेको छ । बडीमालिकालाई नमुना पालिकाको रुपमा चिनाउनु नै नगर प्रमुख र उपप्रमुखको दैनिकी छ । पालिकालाई उत्पादनमुखी र आत्मनिर्भर बनाउनको लागी उनीहरु सबै टोलटोल तथा वडाहरुमा पुगेर कृषि खेतीका बिषयमा समसामयिक छलफल,स्थानीय संग कृषि ब्यबसाय सम्बन्धी परामर्श,गरिरहेका हुन्छन् । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार, बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार”लाई प्राथामिकतामा राखेर उनीहरुले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।वातावरण संरक्षणको लागी हरीयाली प्रबद्र्धन तथा उत्पादनमा प्रोत्साहन दिनका लागी एक बिद्यालय दश फलफुलका बिरुवा,एक वडा एक बगैचा कार्यक्रम सञ्चालन,पालिकाको सडकको छेउछाउको हरीयाली प्रबद्र्धन गर्नको लागी पालिकाले “क्लिन बडीमालिका,ग्रिन बडीमालिका”अभियान सञ्चालन गर्ने,“आर्थिक समृद्धिको पहिलो आधार कृषि”, “एक गाउँ एक नमुना कृषि उत्पादन”,“फलफुल रोपौ,कृषक पेन्सन कार्यक्रममा सहभागी बनौ ”,स्वरोजगार युवाको सम्मान,नगरवासीको पहिचान, नवप्रबद्धन कार्यक्रम,झिलिमिली मार्तडी,पालिका भित्रका सबै ९ वटै वडाका सडकहरुको छेउछाउको हरीयाली प्रर्बद्धनको लागी बिभिन्न खाले नितिहरु अपनाएर अगाडी बढेका छन् ।
९ वटै वडामा रहेका बिद्यालयमा एक बिद्यालयले दश फलफुलका बिरुवा,एक वडामा एक बगैचा कार्यक्रम समेत सञ्चालन गरी थप पालिकाको वातावरणिय क्षेत्रलाई सुन्दरता बनाउनको लागी पालिकाले निति तथा कार्यक्रम लागु गर्ने गरी योजना बनाइएको नगर प्रमुख उप-प्रमुखको भनाई छ ।बडिमालिकालाई सधै स्वच्छ,सान्त तथा हरीयाली वातावरणमा सिर्जित गर्नको लागी “क्लिन बडीमालिका,ग्रिन बडीमालिका ”निति लगिएको जसले गर्दा थप पालिकाको सौन्दर्यता संगै पर्यावरणिय सन्तुलनमा बढवा दिने नगर प्रमुख अमर बहादुर खड्काको भनाई छ ।जैविक बिबिधताको संरक्षण र वातवरणिय सन्तुलन कायम राख्न संगै जलवायु परिर्वतनको असर त्यसको न्युनिकरण,गर्न कार्बन उत्सर्जन घटाउनको लागी बृक्षरोपण अभियान समेत सञ्चालन गरी आगलागी नियन्त्रण गर्न समुदायसंग साझेदारी अभियान समेत संचालन, पछिल्लो समय बिश्वको तापमान बृद्धि हुुदै माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा खतरनाक प्रभाव पर्ने सम्भावना बढेको अबस्थामा पालिकाको “क्लिन बडीमालिका,ग्रिन बडीमालिका” नितिले ठुलो राहत मिल्ने बिश्वासका साथ यसलाई निति तथा कार्यक्रममा समावेश गरि अगाडी बढिएको नगर उपप्रमुख नन्दा कुमारी थापाको भनाई छ ।
पछिल्ला वर्षका तथ्यांकहरु हेर्दा पृथ्वीको तापमान अत्याधिक बृद्धि हुदै गइरहेको र त्यसको प्रत्यक्ष प्रभाव मानिसहरुमा परीरहेको हुँदा कार्बन उत्सर्नन घटाउन र वातावरणलाई हरीयाली बनाउनको लागी पालिकाले “ क्लिन बडीमालिका,ग्रिन बडीमालिका” निति अबलम्बन गरेको उनको भनाई छ ।बडीमालिकालाई समृद्ध बनाउको लागी हरेक तह र तप्काबाट आफुहरु लागी परेको नगर प्रमुख उपप्रमुखको भनाई रहेको छ । बडीमालिकाका ९ वटै वडामा आधारभुत आबश्यकता पुरिपुर्ति गरिएको, नवप्रबद्धन साझेदारी कार्यक्रमले नगरपालिका र वडा कार्यालयबाट हुने सबै कामहरुलाई अनलाइन र डिजिटल बिधीबाट सञ्चालन गरिएको,सबै वडा कार्यालयमा बिद्युत नभएको बेला पनि सेवा प्रवाह गर्न सकिने ब्यबस्था, नगरपालिकाले दर्ता चलानी, सिफारीस, सुचीदर्ता, योजना, राजस्व, ब्यबासय दर्ता लगायतका कार्यहरु अनलाईन प्रबिधीबाट गरिरहेको,बिभिन्न वडाहरुमा शिक्षा,स्वास्थ्य,खानेपानी,यातायात लगायत अन्य पुर्वाधार विकासका कार्यहरु भएको,सबै कृषकहरुलाई कृषि खेतीमा आर्कषित गर्न कृषि कार्यक्रमहरु संञ्चालन गरिएको, संस्कृती तथा पर्यटनमा पर्यटकको नियमितता गराउन बडिमालिका तिर्थयात्रा कार्यक्रमलाई निरन्तरता दिनुका साथै नगर क्षेत्रमा रहेका स्थानिय पर्यटन प्रबद्धनका कार्यक्रमहरु संचालन गरिएको नगर प्रमुख उपप्रमुखको भनाई छ ।
त्यस्तै पर्यटकिय गन्तब्य पहिचान गरिनुका साथै आबस्यक पुर्वाधारमा जोड दिइएको, राष्ट्रिय औधोगिक नितीलाई अबलम्बन गर्दै बिभिन्न कार्यक्रमहरु संचालन गरि स्थानिय कच्चा पर्दाधमा आधारीत साना तथा घरेलु उध्योग संचालन तथा बिस्तारमा जोड दिइएको, पुर्बाधारका क्षेत्रमा बडिमालिका चक्रपथ, बडिमालिका आवस कार्यक्रम कामदारको ज्याला दर रेट लागु गरि बिभिन्न कार्यक्रमहरु संचालन गरिएको उनीहरुको भनाई छ ।सुचना तथा संचारमा प्रबिधीमैत्री प्रशासन, बिकास समृद्धि र सुशासन नारालाई साकार पार्न बिभिन्न कार्यक्रमहरु संचालन गरिएको, पत्रकारको क्षेमता बिकास, लोक कल्याणकारी बिज्ञापन नितीलाई कार्यन्वयन, बडिमालिका पत्रकारीता पुरस्कार लगायतका कार्यक्रम संचालनमा ल्याउने कार्य जारी रहेको उनीहरुको भनाई रहेको छ पूर्वाधार विकास, पर्यटन, कृषि र शिक्षा पहिलो प्राथमिकतामा राखेर काम सञ्चालन भईरहेको,कृषि तर्फ पनि रैथानी बाली र कोदो बालीको प्रर्वद्धनलाई बिशेष खालले संवोधन गरिएको जसमा कोदो बालीको थप पर्वद्धन गर्ने उदेश्यका साथ हरेक बर्ष मंसिर १ गते कोदो दिवस मनाउने निति लगिएको र यस बर्षको मंसिरबाटै कोदो दिवस भब्यताका साथ सञ्चालन गरि कार्यान्वयनमा ल्याइएको नगर प्रमुख अमर खड्काको भनाई रहेको छ ।
जनताको जनअपेक्षा अनुसार नै आफुहरुले काम गरिरहेको खड्काको भनाई छ । बडीमालिकाको विकास समृद्धिमा निर्वाचन अगाडी नै योजना बनाएको आफुले अहिले निर्वाचन अगाडी गरेका योजना पुरा गर्नको लागी कदम कदममा अगाडी बढेको उनको भनाई छ । बडीमालिकाको विकास समृद्धिको लागी आफु नगर प्रमुखको पदमा रहँदासम्म कुनै गलत कार्य नगरी जनताको जनअपेक्षा अनुसार नै काम गरिरहेको र गरिनै रहने उनले बताए । त्यस्तै उपप्रमुख नन्दा कुमारी थापाले आफु पत्रकारीता बाटै राजनितिमा आएको हुनाले आफुले पत्रकारीताबाट राजनितिको बिषयमा ठुलो अनुभव बटुलिसकेको र जनताको जनअपेक्षा अनुसार नै काम गरिरहेको र सधैभर गरिनै रहने बताएकी छन् । सिंगो बडीमालिको विकास समृद्धि र नगरवासीहरको हक हितको लागी नगर प्रमुख संगै आफु पनि निरन्तर लागी रहेको थापाको भनाई छ ।
पालिकाका ९ वटै वडामा सरल खाले आधारभुत आबश्यकताको परिपुर्ति गरिएको,शिक्षा क्षेत्रलाई बलियो बनाउन कतिपय बिद्यालयमा प्रबिधिमैत्री शिक्षा सञ्चालन गरिएको,खानेपानीको अभाव भएका ठाउँहरमा खानेपानीको ब्यबस्था,सिचाईको सुबिधा अपुग भएका ठाउँमा सिचाईको सुबिधा,सडक सञ्चालन नभएका ठाउँमा सडकको निमार्ण कार्य,लगायतका कार्यहरु सञ्चालन,पशुपालन,तरकारी तथा फलफुल खेतीको लागी माटो परिक्षण, ढम्कनेमा आलुको उत्पादनमा बृद्धि गर्न तथा स्थानीयलाई आलु खेतीमा आर्कषित गर्न बिभिन्न समयमा कार्यक्रमहरु सञ्चालन,आलु पाठशालाको स्थापना लगायतका कार्यहरु सञ्चालन गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाको भनाई छ ।सिचाइ क्षेत्र न्यून रहेको ठाउँमा सिचाईको सुबिधा,कृषिमा आधुनिक प्रबिधि अबलम्बन,निर्बाहमुखी प्रकृतिको कृषिलाई बढवा, उन्नत जातका पशुपालनको सुरुवात,गाई,भैंसी पालन,तथा माछा पालन ब्यबसाय, पर्यटन प्रबर्द्धन को लागि बडिमालिका,कालाजग्रा,पोरखे,बुढिनन्दा,बिरेखोला लगायतका ठाउँलाई उच्च प्रथामिकतामा राखेर पर्यटन पर्बद्धन गरिएको छ ।
बडीमालिकाको आसपास विभिन्न निजि तथा सामुदायिक क्षेत्रहरुलाई ब्यबस्थित तरीकाले कतिपय ठाउँमा थुनेर जंगलमा हुने चोरी सिकारीको बन्देज, पालिकामा बिबिध खालका सेवा सुबिधाहरु बिस्तार, सदरमुकाम मार्तडी बजारबाट तरकारि,माछा,खसी,रागा,दुग्ध जन्य सामाग्री ,हस्तकलाका सामान,पशुजन्य उत्पादन,कृषिजन्य सामाग्री, फलफूल ,उद्योग धन्दाको लागि कच्चा पदार्थ, जडिबुटी ,श्रम,पुजि सामाग्रीहरुको मर्यादित तरीकाले निर्यात,पालिका भित्र उत्पादन हुने खाद्यान्न बालीमा जोड,पालिकामा रहेका मनमोहक ठाउहरुको ब्यबस्थापन गरिएको छ । पत्रकारीता क्षेत्रबाटै आएर नगर प्रमुख र उपप्रमुखको पदमा निर्वाचित भएका खड्का र थापा बडीमालिकालाई समृद्ध बनाउनको लागी हरेक क्षेत्रबाट अगाडी बढीरहेका छन् । पालिकामा जनताले चाहेको जन अपेक्षा अनुसार नै उनीहरुले काम गरिरहेको कतिपयले बताउने गरेका छन् । बेलाबेला बिरोधमै उत्रिने गरेको बडीमालिका केही समयदेखि भने सुसासनको लयमा फर्किएको देख्न सकिन्छ । समय समयमा कर्मचारी बिचको बिबाद,प्रशासनिक रणनिति लगायतका बिषयमा बिरोधमा चुलिने गरेको बडीमालिका केहि समय देखि भने राम्रो संकेत लिएर अगाडी बढेको देख्न सकिन्छ । पालिकालाई परिर्वतन गर्ने ठुलो चासो बोकेर राजनितिमा आएका नगर प्रमुख र उपप्रमुख नमुना पालिकाकै दौरानमा छन् । जिल्लाका अन्य पालिकाको तुलनामा बडीमालिका विकास भएको पालिकाकै रुपमा परिचित छ ।
पहिलेको नगर सरकारले गरेका अधुरा तथा अपुरा कार्य तथा केही उदाहरणिय नँया कार्यहरुको थालनी अहिलेको नगर सरकारले गरेको छ । पालिकामा अन्य आधारभुत आबश्यकताको भने खासै कमी देखिएको छैन् । सबै वडामा विकासका गतिबिधहरु पनि सञ्चालन भईरहेका छन् भने जनताले वडामै आधारभुत तरीकाको सहजै सुबिधाहरु पनि पाएका छन् ।कृषि पेशालाई ब्यबसायिक मर्यादित र आधुनिक बनाउनका लागी एक हजार साठ्ठी जना कृषकहरुलाई बिभिन्न कृषि सम्बन्धि तालिम,७४ हेक्टर जमिनमा हिउँदे तथा बर्खे फलफुल बिरुवा बृक्षरोपण,२० हेक्टर जमिनमा थप सिचाईको सुबिधा,२५ वटा सामुदायिक बिद्यालयहरुमा स्थानीय उत्पादनलाई पर्बद्धन गरी दिवा खाजा कार्यक्रम लागु,एक सय हेक्टर जमिनमा रैथाने बालीहरुको विस्तार,नगरपालिकाको कृषि एम्बुलेन्सद्धारा १५० टन भन्दा बढी कृषि उत्पादनको ढुवानी तथा बजारीकरण,आर्थिक रुपमा सवपन्न कृषकहरुको लागी मौषमी तथा बेमौयामी तरकारीको बिउ निः शुल्क बितरण,कृषिलाई ब्यबासाियक बनाउन पालिकामै कृषि बजारको सञ्चालन,बडीमालिका क्षेत्रको पर्यटन पर्बद्धनको लागी नगर सरकारको समन्वयम संघ तथा प्रदेशका सरकारी कार्यालय,स्थानीय तह,नेपाल पर्यटन बोर्ड,र गैर सरकारी संस्थाका प्रमुखहरुको आगमन संगै आन्तरिक तथा बाह्य पर्यटकहरुको ३० प्रतिशतले बृद्धि हुनुका साथै डिजिटल प्रबिधिबाट बडीमालिका नगरपालिकाको प्रचार प्रशारको लागी भिडियो डकुमेन्टी लगायतका थुप्रै कार्यहरु भएको नगर प्रमुख खड्काले बताएका छन् ।
शिक्षकहरुको तालिम नियमित प्रधानाध्यापकको बैठक,दरबन्दी न्युन रहेका बिद्यालयमा नगरबाट एकमुष्ट अनुदानको ब्यबस्था गरी शिक्षकको अभावलाई पुर्ति गरिएको,केही बिद्यालयहरुमा सानातिना पुर्वाधार निमार्ण,अन्य २१ वटा बिद्यालयका भौतिक संरचनाको मर्मत सुधार,उच्च् तथा प्राबिधिक शिक्षा अध्ययन गर्ने बिपन्न परिवारका बिद्यार्थीहरुलाई छात्रबृतिको ब्यबस्था समेत गरिएको खड्काले बताए ।नेपाल सरकारको पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनको लागी नगर सरकारको पहलमा यस अभियानलाई चोयाकोट मावि बाट सुरुवात गरिएको,अधुरा शहरी स्वास्थ्य केन्द्रका भवन निमार्ण सम्पन्न,एक स्वास्थ्य संस्था एक ल्यापटब कार्यक्रम सञ्चालन,मार्तडी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ को सुरुवात,१० सैया अस्पतालको निमार्ण कार्य तिब्र,विपन्न नागरिकको लागी उपचार सहायता को लागी निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिदै आएको,सामाजिक कुःप्रथा अन्त्य गर्न सचेतिकरण अभियानलाई पालिका स्तरमा छाउगोठ मुक्त घोषणा गर्ने अभियान अन्तर्गत २ नम्बर वडालाई छाउगोठ मुक्त वडा घोषणाका साथै लैगिक हिंसामा परेका महिलाहरुलाई संरक्षण तथा क्षमता विकासको लागी प्रयोग गर्ने गरी बडीमालिका नगरपालिकाको समन्वयमा सुरक्षित आवास गृह निमार्ण (सेफ हाउस) निमार्ण गरिएको खड्काले बताए ।
त्यस्तै मार्तडी बडीमालिका धार्मिक एवम् मनोरञ्जनात्मक पर्यटकिय सडक निमार्ण कार्य भईरहेको एवम् उक्त सडकको स्तरोन्नतीको काम समेत सञ्चालन गरिएको,मार्तडी बुढाकोर्ध सडक निमार्ण कार्य,चुथी गोपुसेरा,खिरिडा सडक र ढम्कने खिरिडा सडकको निमार्ण गरिएको,विपद ब्यबस्थापनको कार्यक्रम अन्तर्गत बिभिन्न प्रकोपबाट पिडित नगरबासीहरुलाई राहत उपलब्ध गराइएको,भु-संरक्षण्को लागी हरेक ठाउँमा तटबन्धनको कार्य सञ्चालन गरिएको,संस्थागत विकास एवम् सेवा प्रवाहलाई प्रबिधिमैत्री बनाउदै प्रबिधिमैत्री प्रशाशन,विकास,समृद्धि र सुशासन नारालाई सफल पार्न पेपरलेस बडीमालिका सरकारको अवधारणा अनुरुप डिजिटल बडीमालिकाको रुपमा दर्ता,चलानी,सिफारिस,पत्राचार,योजना,लेखाङ्कन,प्रतिवेदन र राजस्व संकलन एकिकृत सूचना ब्यबस्थापन प्रणालीलाई ब्यबस्थित बनाउँदै लगिएको जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास गर्ने कार्य सम्पन्न,दिगो गुणस्तरीय तथा सुबिधायुक्त भौतिक पुर्वाधारको विकास,शैक्षिक गुणस्तरमा थप सुधार,आधारभुत स्वास्थ्य सेवामा नगरबासीहरुको पहुँचमा बृद्धि लगायतका कार्यहरु सञ्चालन गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।
आफु पत्रकारीता क्षेत्रबाट राजनितिमा आएर बडीमालिकाको नगर प्रमुख उपप्रमुखमा निर्वाचित भए पश्चात पालिकाको विकासको लागी उल्लेखनिय रुपमा प्रभावकारी ढंगले काम गरिरहेको नगर प्रमुख र उपप्रमुखको भनाई छ । समग्र रुपमा पालिकाको विकासको लागी आफु तम्तयार तरिकाले कसैको आग्रह पुर्वाग्रह नराखी काम गरिरहेको उनीहरुको भनाई छ ।सिंगो बडीमालिकाको नेतृत्व समालेको करिब साढे दुई बर्षमा जनताको जनअपेक्षा अनुसार नै काम गरिरहेको र आफुले गरेका कार्यहरुबाट नगरबासी सुन्तृष्ट नै छ भन्ने आशा आफुहरुले लगेको उनीहरुको भनाई रहेको छ । समृद्ध नगरलाई सुखी नगरमा बदल्नको लागी हरेक क्षेत्रहरुबाट आफुहरुले महत्वपुर्ण भुमिका खेलिरहेको नगर प्रमुख र उपप्रमुखको भनाई छ । पालिकाको आर्थिक,सामाजिक,पुर्वाधार,वातावरण तथा विपद ब्यबस्थापन,संस्थागत विकास तथा सुशासन,बिद्यायन समिति,न्यायीक समिति,धार्मिक तथा ऐतिहासिक लगायतका क्षेत्रहरुमा महत्वपुर्ण भुमिका निर्वाह गरिदै आएको र आगामी दिनहरुमा पनि त्यतिकै भुमिका निर्वाह गरिदै जाने उनीहरुको भनाई छ । पालिकाको कृषि,उद्योग,पर्यटन,पशुपंक्षी,शिक्षा,स्वास्थ्य,यातायात,खानेपानी,सञ्चार,भाषा कला,खेलकुद लगायतका क्षेत्रहरुलाई पनि बलियो तरीकाले अगाडी बढाउँदै लगिएको प्रमुख उपप्रमुखको भनाई छ । समग्रमा बडीमालिका नगरपालिकाको विकासको लागी आफुहरु कहिल्यै पछाडी नहट्ने नगर प्रमुख र उपप्रमुखले जिकिर गरेका छन् ।
आफुहरु निर्वाचन अगाडी नै नगर परिर्वतनको सोच बोकेर आएको हुँदा नगरलाई सुशासनको लयमा फर्काउने र जिल्लाका अन्य पालिकाको भन्दा फरक ढंगले बडीमालिकालाई अगाडी बढाउने आफुहरुको धेय रहेको उनीहरुको भनाई रहेको छ । निर्वाचन अगाडी गरेका बाचा बद्धताहरुलाई क्रमिक रुपमा पुरा गरिदै आएको र बाँकी रहेको बाचा प्रतिबद्धताहरुलाई बाँकी रहेको कार्यकालमा पुरा गरेर जनताको जनअपेक्षा अनुसार नै कार्य गरेर निस्किने नगर प्रमुख र उपप्रमुखले अठोट गरेका छन् ।बडीमालिकाको विकास समृद्धिको निमित्त आफुहरु पदमा रहे पनि नरहे पनि निरन्तर रुपमा लागीरहने उनीहरुको भनाई छ ।भन्ने र सोच्नेहररुले गलत बुझेको भए पनि आफुहरु सिंगो बडीमालिकाको विकासको निमित्त ऐक्यबद्धताका साथ लागी नै रहेको उनीहरुले बताएका छन् ।
बडीमालिकाको समग्र विकासमा आफ्नो पाँच बर्षे कार्यकालमा नगरबासीहरुको अपेक्षा अनुसार नै काम गरिने र नगर सरकारबाट बाहिरिए पनि बडीमालिकाको विकास र समृद्धिमा आफु जुन ठाउँमा रहे पनि पहल समन्वय सहकार्य गरिनै रहने उनीहरुको भनाई छ । आफुहरु निर्वाचित भएर आएर साढे दुई बर्षको अवधिमा बडीमालिकालाई समृद्ध बनाउन महत्वपुर्ण कार्य गरिएको र बाँकी दिनहरमा पनि बडीमालिकालाई समृद्ध बनाउन रातदिन नभनी लागी नै रहने नगर प्रमुख र उपप्रमुखले बताएका छन् । सिंगो बडीमालिका हाम्रो बडीमालिका लाई अन्य पालिकाको भन्दा हरेक क्षेत्रहरुबाट समृद्ध बनाउको निमित्त आफुहरु सधै लागीरहने उनीहरुले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर