मंसिर १७,बाजुराःजिल्लाको स्वार्मिकार्तिक गाउँपालिकामा उपाअध्यक्ष पदको लागी भएको उप निर्वाचनमा एमालेकी सुलोचना भण्डारी बुढा निर्वाचित भएकी छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा १७३ मतले पराजित भएकी एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढाले उप-निर्वाचनमा बढी मत पाउँदै उपाअध्यक्षमा निर्वाचित भएकी छन। २०७९ को निर्वाचनमा एमाले काँग्रेसकै प्रतिस्पर्धामा काँग्रेस उम्मेदवार मैनादेवी जोशी विजयी भएकी थिइन् ।
जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा बुढाले एक हजार ६३७ पाएकी थिइन् । जोशीको निधन भएपछि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पुल्तीसरा शाहीलाई २६६ मतले पछि पार्दै सुलोचना निर्वाचित भएकी हुन् ।
सुलोचना १ हजार ७४० मत सहित विजयी हुँदा काँग्रेस उम्मेदवार पुल्तीसराले १ हजार ४७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ पाएकी छन् । ७ हजार ४६० मध्ये ३ हजार ९०३ जनाले मतदान गरेका थिए ।जम्मा खसेको मत मध्ये ३ हजार ७ सय ६७ मत सदर भएका थिए भने १ सय ३६ मत बदर भएका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर