गोबिन्द राज तिमिल्सेना/बाजुरा: सदुरपश्चिम प्रदेशका ९ वटा जिल्ला मध्ये सबैभन्दा दुर्गम पिछडिएको तथा भोकमरिको जिल्ला बाजुराको मुटु जुन समुन्द्र सतह देखि करिब १५८० मिटरको उचाईमा अबस्थित विश्व मान चित्रमा २९ डिग्री १९,००″ उतर देखि २९ डिग्री ५७,००″ उत्तरि अक्षांश सम्म र देशान्तर ८१ डिग्री ०९,००″ पुर्ब देखि ८१ डिग्री ४९,००″ पुर्बी देशान्तरमा अबस्थित जिल्लाको मुटु सदरमुकाम मार्तडी बजार सुन्दरताको भरिपुर्ण जिल्ला सदरमुकाम हो ।
यस बाजुरा जिल्लाको गहनाको रुपमा चिनिने सदरमुकाम मार्तडी बजार बिबिधतामा एकता भएको सदरमुकाम समेत हो । यहाँ विभिन्न प्रकारका जातजातिर भाषा र भाषि तथा फरक खाले रितिरिवाज भएका मानिसहरु बसोबास गर्ने गर्दछन् यहाँ हिन्दु,बौद्द,लगायत अन्य धर्मका मानिसहरुको पनि बाहुल्यता रहेको छ । यहाँ ब्रामण,क्षेत्रि,गुरुङ,शेर्पा, दलित, समुदायका मानिसहरुको बसोबास रहेको छ । यि फरक जातजातिमा फरक किसिमको चालचलन,बेषभुषा,रितिरिवाज पनि फरक खाले रहेको पाईन्छ ।यो सदरमुकाम उचाइमा पनि रहेकाले यहाँको हावापानिमा समेत बिबिधता पाईनन्छ, सदरमुकामको आसपासमा फरक किसिमको हावापानि पनि पाईने गरिन्छ कतै तातो,कतै चिसो,कहि ठण्डा लगायतको हावापानि समेत पाईने गरिन्छ ।सदरमुकाम मार्तडी लगायत जिल्लाभरि प्रायस् शितोष्ण हावापानी पाईन्छ ।
सदरमुकाम १५८० मिटरको उचाइमा रहेकाले प्रायः हावापानि ठण्डा किसिमको मात्रामा बढि पाईन्छ,सदरमुकाममा बाक्लो हिमपात पनि हुने गर्दछ । सदरमुकामको नजिक बुढिगङ्गा नदि रहेको छ । जुन नदि आफ्नै गतिमा सुसेलि हाल्दै बगिरहेको देख्न सकिन्छ । मार्तडी बजारको नामाकरण सम्बन्धमा त्यहाँका बुढापाखाहरुलाई सोध्दा धेरै बर्ष पहिले एउटा ठुलो खेतमा दिनभर एउटि बुढि आमाले रोपाई गरिरहिन् र साझ पर्न लाग्दा खेत पनि सिद्धियो र त्यस खेतको कुनामा ती आमा पनि मरिन् । यसरी असारको महिना खेतमा मान्छे मर्नु अशुभ मानेर अरु मानिसहरुले ती बुढि आमालाई त्यहि गाडेर काम गर्न थाले र त्यस ठाउँलाई मा९ आमा० तोडि मातोडि भनिन् थाल्यो र त्यहि शब्दबाट पछि बिस्तारै मार्तडी भनिदै जादा मार्तडी नाम रहेको बुढापाखाहरु बताउदछन् ।
पहिला भन्दा अहिलेको सदरमुकाममा आकास पातलको फरक रहेको छ । पहिले सदरमुकाममा त्यति बिकाश नभएको भए पनि अहिलेको समयमा सदरमुकाम मार्तडी बजार बिकाशको गतिमा अगाडि बढिसकेको छ ।सदरमुकाम मार्तडीमा बडिमालिका नगरपालिकाको कार्यालय रहेको छ । जुन पहिले समयमा थिएन्। पहिले मार्तडी बजार गाविस थियो । गाविसमा ९ वटा वडाहरु थिए । मार्तडी बजार क्षेत्र गाविसको वडा। नम्बर ४,५,८ र ९ मा बिस्तार भएको थियो । वडा नम्बर ४ का प्रमुख बस्तिहरुस् रतुडा,बाउलि टोल,गडखेत,रावलवाडा,बजार रहेका थिय भने ८ मा माझ गाउँ,गैरि बजार,झराउले,रतुडा,रहेका थिय भने ९ मा तल्लावाडा,सनाईवाडा,बडुवाल बाडा,सेलाघाट रहेका थिय ।तर अहिले यो अबस्था परिवर्तन भएर सिङ्गो गाविसबाट पालिकामा परिवर्तन भएको छ ।
पालिका भरि ९ वटा वडा रहेका छन् ।जसमा बडिमालिका १ पिनालेख,बडिमालिका २ जुगाडार भौनेरा,बडिमालिका ३ रजालि,बडिमालिका ४ रिला,बडिमालिका ५ मना,बडिमालिका ६ कोर्ध,बडिमालिका ७ चुथि, बडिमालिका ८-९ मार्तडी बजार क्षेत्रमा पर्ने गर्छन्।सदरमुकाम मार्तडि बजार क्षेत्रमा सघन तथा बाक्लो रुपमा बस्तिहरुको बिकाश भएको छ । विभिन्न सुबिधाहरुको बिकाश,यातायात,बिद्धुत,सञ्चार,उद्योग कलकारखानाहरुको पनि उत्तिकै बिकाश भएको छ । जनसंख्या को हिसाबले पनि बजार क्षेत्रमा घुईचो अत्याधिक हुने गरेको पाईन्छ,२०६८ को तुलनामा अहिले जनसंख्या पनि दुई चौथाईले बृद्धि भएको छ । सदरमुकाममा पुरुषहरुको अनुपातमा महिलाहरु बढि रहेको पाईन्छ,तर महिलाहरु भन्दा पुरुष बढि शिक्षित रहेका छन् ।
जिल्ला सदरमुकाम मार्तडी सुदुरपश्चिमका अन्य आठ सदरमुकाम मध्ये दुर्गम तथा पिछडिएको सदरमुकाममा पर्ने गर्छ ।अन्य सदरमुकामको जस्तो धेरै सुबिधा सम्पन्न नभएता पनि बाजुराबासिहरुलाई चाहिने सामान्य चिजहरुको लागि भने प्रयाप्त रहेको छ ।सदरमुकाम मार्तडी हिमालि जिल्लाको सदरमुकाम भएर पनि भनेर चिनिन्छ । हिमालको काखमा हिउँदे समयमा हिउँको तन्ना भित्र लुकेर बस्ने एक अर्को नयाँ संसार हो सदरमुकाम मार्तडी बजार। स्वच्छ हावापानि पाईने यस सदरमुकामममा घुम्न आउने पर्यटकको पनि उत्तिकै घुईचो लाग्ने गर्छ । पहाड भित्र लुकेको नयाँ पहाड,सुन्दरताको भरिपूर्ण,बिबिधतामा एकता भएको यस सदरमुकाममा जिल्लाभरिकै मानिसहरुको बाहुल्यता पाईन्छ ।जिल्लाका अन्य टाढाटाढा बाट पनि मान्छेहरु आएर यहाँ होटल ब्यबसाय गरेर बसिरहेका छन् ।
जिल्लाका ९ वटै स्थानिय तहहरुका मानिसहरुको यहाँ बसोबास रहेको छ । अन्य स्थानिय तहहरुको तुलनामा जिल्लाको गौमुल गाउपालिकाका मानिसहरु सदरमुकाममा बढिजसो व्यापार ब्यबसाय गरेर बसिरहेका पाईन्छन,सदरमुकाम मार्तडी बजार आफैमा रमणिय रहेको हुँदा पनि अन्य ब्यक्तिहरुको बसोबास बढि रहेको पाईन्छ। सदरमुकामको आसपासमा विभिन्न रमणिय स्थलले पनि मानिसहरुको ध्यान बजारतिर तान्ने गर्दछ ।भौतिक पुर्बाधारहरु को कुरा गर्ने हो भने जिल्ला सदरमुकाम मार्तडीमा ठुलाठुला भौतिक संरचनाको बिकास भएको छ । सदरमुकाममा ठुलाठला भवनहरु निर्माण भएका छन् । पहिलोको तुलनामा अहिले भवनहरुको बाहुल्यता बढि मात्रामा पाईन्छ, पहिले सबै ढुङ्गा तथा खरले छाएका छानाहरु देखिन्थे तर आजभोलि पुरै बजारभरि भुकम्प प्रतिरोधात्मक भवनहरुको बिकास भईसकेको छ ।
सदरमुकाम उच्च पहाडि क्षेत्रमा भएकोले यहाँ उच्च डाडा,भिर,पाखा,बनजङ्गल,खोला तथा केही भागमा कृषियोग्य जमिन रहेको छ । बजार क्षेत्र सानो उपत्यकाको रुपमा देख्न सकिन्छ बजारको उतर क्षेत्रमा बाक्लो जङ्गल रहेको छ भने अन्य भाग तर्फ बस्ति एबम् कृषि भुमि रहेको छ ।बजार क्षेत्रको भित्र पनि उचाइमा समानता देखिदैन,कहि होचो,कहि अग्लो भुमि रहेको छ । सदरमुकामको गैरि बजार गहिरो स्थानमा छ भने माथिल्लो बजार अलि उचाइमा रहेको छ । त्यस्तै सदरमुकामको बाजुरा क्याम्पस,थापाथलि ब्यारेक बढि उचाइमा अबस्थित रहेका छन । सदरमुकाम भित्र अबस्थित भवनहरु पनि एकनासका देखिदैनन्,कोहि समथल ठाउँमा त कोहि भिरालो ठाउँमा अबस्थित रहेका छन्।
जिल्लामा साना ठुला गरि ३० भन्दा बढि सरकारि कार्यालय सञ्चालनमा रहेका छन् जसमा बडिमालिका नगरपालिकाको कार्यालय, जिल्ला प्रसासन कार्यलय,जिल्ला प्रहरी कार्यालय, नेपाल बिद्युत प्राधिकरण, टेलिकम,नेपाली सेनाको कार्यालय, नेपाल खाद्य संस्थान, शसस्त्र प्रहरीको कार्यालय,जिल्ला अदालत,सरकारि वकिल कार्यालय, भेटेरिनरि तथा पशु सेवा कार्यालय, खानेपानि,जलश्रोत, जिल्ला समन्वय समिति,राष्ट्रिय भुमि आयोग,हुलाक कार्यालय ,जिल्ला स्वास्थ कार्यालय,मालपोत,नापि,डिभिजन वन,निर्बाचन,तथ्यांक,कारागार,कोलेनिका, विभिन्न बैंक तथा बितिय कार्यालयहरु,सदरमुकाममा सञ्चालित ठुला कार्यालयहरु हुन् ।मार्तडी बजारमा कहि कच्चि तथा कहि सडक पिच भईसकेको मोटरबाटोको सुबिधा समेत रहेको छ । सदरमुकामका सबै आसपासमा कच्चि मोटर बाटोको भने सुबिधा भईसकेको छ । सबै ब्यक्तिहरु मोटर गाडिमा चढेर सजिलोसँग जिल्ला सदरमुकाम मार्तडी सम्म पुग्ने गर्छन् ।जिल्ला सदरमुकाम मार्तडी सम्म पुग्नको लागि धनगढि बजारबाट बसको यात्रा तय गर्नु पर्छ । धनगढिदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म सडक कालोपत्रे भईसकेको छ ,सजिलै बसयात्रा गरि सदरमुकाममा पुग्न सकिन्छ ।
सदरमुकामको नजिक क्षेत्र तिपाडासम्म बर्खे समयमा गाडिहरु आउछन् भने त्यहाँ भन्दा माथि सदरमुकाम सम्म गाडिहरु पुग्न सक्दैनन् किनभने सदरमुकामको रोड बर्खे समयमा पुरै भत्कने गर्छ । तिपाडा देखि मार्तडी बजारसम्म रोड कालोपत्रे भएको भएता पनि बर्खे समयमा भने गाडिहरु चल्न सक्दैनन् बुढिगङ्गगा तथा बल्दे पहिरोले गाडिहरु त्यहि रोकिदिन्छ । बर्खे समयमा लामो पैदल यात्रा गरि सदरमुकाम पुग्नु पर्ने हुन्छ । अछामको साफेबगरदेखि जिल्ला सदरमुकाम मार्तडी सम्मको सडकको लम्बाई करिब ५० किलोमिटर रहेको छ । बर्खे समयमा उक्त सडकमा गाडिहरु धेरै चल्न सक्दैनन्। बिचबिचमा रोडहरु भत्किने,भासिने गर्दा सदरमुकाम सम्म पुग्न कठिन यात्रा गर्नु पर्दछ। यस्ता समस्याहरुलाई झेल्दै पनि सदरमुकाममा घुम्न आउने पर्यटकको निकै घुईचो लाग्ने गर्छ ।
सदरमुकाम मार्तडी बजार जिल्लाकै प्रमुख ब्यापारिक नाका पनि हो,यहाँ विभिन्न ठाउबाट विभिन्न प्रकारका सरसामानहरुको आयात हुने गर्छ यहि ठाउँबाट जिल्लाका अन्य ठाउमा ब्यापारको लागि सामानहरु पठाईने गरिन्छ ।मार्तडी बजार दुर्गम तथा भोक र गरिबिले पिल्सिएको सुदुरको एक बिकट सदरमुकाम हो । सदरमुकाम स्थापना हुनु भन्दा पहिले एक अतिरिक्त हुलाक मात्रै थियो । जब सदरमुकाम यता सरेपछि बजारमा बिस्तारै सरकारि कार्यालय तथा अन्य कार्यालयहरुको स्थापना हुदै गयो । सदरमुकाम नहुनु भन्दा पहिले मार्तडी बजार सानो गाउँमै मात्र सिमित थियो । धेरै पशलहरु पनि थियनन्,मानिसहरु किनमेलको लागि भारतको टनकपुर,बर्दियाको राजापुर,धनगढि,बैतडि,तथा भारतको झुलाघाटसम्म जाने गर्थे । जब सदरमुकामको बिस्तार भयो अनि नयाँ नयाँ प्रबिधी तथा सेवाहरुको बिस्तार हुदै गयो । पहिलेको समयभन्दा अहिले बजार थप ब्यबस्थित हुदै गएको छ ।
बजारको सबै कुनामा मोटरहरु सजिलै कुद्न सक्छन्,कहि कतै मात्रै गोरेटो बाटो भएपनि बढिजसो ठाउमा सडकको बिस्तार भईसकेको छ ।सदरमुकामबाट सजिलै कोल्टि सम्म र कोल्टिबाट अन्य ठाउँसम्म पुग्न सकिने सडकको बिस्तार पनि भएको छ । सदरमुकाममा ब्यबस्थित ढल निकासको सुबिधा पनि भएको छ कहि कतै बर्खे याममा हिलो देखिए तापनि अन्य सबै ठाउमा उचित ढल निकासको सुबिधा भएको पाईन्छ । सदरमुकामको बिद्दुत सेवाको कुरा गर्न हो भने जिल्ला सदरमुकाममा राष्ट्रिय प्रसारण लाईनको पनि बिस्तार भईसकेको छ । पहिलाको त्रिबेणि साना जल बिदुत आयोजना ९२०० कि। वा। रहेको उक्त बिद्युत सेवा बिचमा केही कारण रोकिए तापनि पुनस् सञ्चालनमा आएको छ । राष्ट्रिय लाईन गएको बेला यताको बिद्युतले पनि सदरमुकाम आसपास उज्यालो गरिरहने गर्दछ ।
सदरमुकाममा पहिलाको जस्तो लोडसेडिङको अबस्था अहिले रहेको पाईदैन्।सदरमुकाममा खानेपानिको कुरा गर्ने हो भने त्यति आपूर्ति भएको भने पाईदैन,सदरमुकाममा जनसंख्या धेरै भएकाले उचित खानेपानिको भने ब्यबस्था गर्न सकिएको छैन,हल्का तरिकाले सेवा सबैमा बिस्तार भएपनि खासै पुग्ने गरि भने अझै सुबिधा दिन सकिएको देखिदैन् । सदरमुकामको खानेपानिको प्रमुख श्रोत भनेको पाईपधारा,ईनार,रहेका छन् आजभोलिको समयमा भने ईनारको पानी खासै प्रयोगमा आएको पाईदैन्,सदरमुकाममा करिब ९० प्रतिशत मानिसहरुले पाईपको पानी पिउने गरेका छन् भने १० प्रतिशत मानिसले कुवा तथा खोलाको पानी सेवन गरिरहेका पाईन्छन्। बृहत् मार्तडी खानेपानि आयोजना यहाँको प्रमुख आयोजना हो,यसबाटै झाले खोलाको पानी संकलन गरि बजारबासिलाई बितरण गरिएको छ ।
खानेपानिका पाईपहरु चुहिने हुदा बजारबासिहरुलाई खासै पानिको सुबिधा दिन सकिएको छैन्। साझ र बिहान मात्रै दुई घण्टा सम्म पानी आउने गर्छ ।सदरमुकाममको संञ्चार सुबिधाको भने राम्रो तथा गुणस्तरीय रहेको छ । जिल्ला सदरमुकाममा दुईवटा रेडियोहरु पनि संञ्चालनमा रहेका छन्, रेडियो बाजुरा १०४ mhZ र रेडियो पौरखि ९०.४ mhz त्यस्तै सदरमुकाममा विभिन्न अनलाइन तथा मिडियाहरु पनि संञ्चालनमा रहेका छन ।हुलाक सेवाको लागि जिल्ला सदरमुकाममा जिल्ला हुलाक कार्यालय समेत संञ्चालनमा रहेको छ । सिचाइको सुबिधामा सदरमुकाममा विभिन्न ठाउँमा नहरहरु निर्माण भएका छन्,प्रायः छुट्टै नहरहरु निर्माण नगरिएको भएतापनि त्रिबेणि साना जलविद्युत को नहर प्रयोग गरि सिचाइ गर्ने गरिन्छ। बाउलि खोलामा बढि मात्रामा बालुवा बग्ने हुँदा सिचाइमा अलि समस्या हुने गरेको स्थानियहरु बताउछन्। सदरमुकाम खेलकुदमा लागि जिल्ला खेलकुद कार्यालय अगाडि खेलकुद कभर्डहलको निर्माण गरिएको छ ।
सदरमुकाम उचित बसपार्क को भने निर्माण हुन सकिरहेको छैन्।खुलामञ्चमा सार्बजनिक शौचालयको समेत बिकाश गरिएको छ । सदरमुकाममा निजि तथा सरकारि स्तरबाट संञ्चालित करिब ९ वटा बिद्यालयहरु संञ्चालनमा रहेका छन् ।जसमा मालिका मा.वि +२ सम्म र ईन्जिनियरिङ पढाई हुन्छ भने बाजुरा क्याम्पसमा डिग्री सम्म पढाइ हुन्छ अन्य बिद्यालयमा कक्षा दस,आठ, पाँच सम्म पढाइ हुने गरेका छन्। यहाँका बिद्यालयमा जिल्लाका सबै स्थानिय तह तथा बाहिर जिल्लाका बिद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन् । शिक्षाको हिसाबले सदरमुकाममा ठुलो फड्को मारेको छ ।सदरमुकामको स्वास्थ सेवाको बारेमा कुरा गर्दा सदरमुकाममा जिल्लाबासिहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि नेपाल सरकारबाट जिल्ला अस्पताल स्थापना भई संञ्चालनमा रहेको छ ।
१५ शैयाको अस्पताललाई बढाएर अहिले थप ५० शैयाको भवन निर्माण गरि विभिन्न किसिमका रोगहरु समेत उपचार गर्न सकिने बनाईएको छ । अस्पतालबाट दक्ष चिकित्सक द्वारा सेवाहरु दिईने गरिएको छ ।सदरमुकाममा निजि मेडिकल राखेर पनि बिरामिहरुको उपचार भईरहेको छ , जसमा च्ऋ मेडिकल हल र रोहित क्लिनिक सदरमुकामका प्रमुख मेडिकलहरु हुन्। सदरमुकामको शाान्ति सुरक्षा मजबुत गर्न नेपाली सेना,नेपाल प्रहरी तथा शसस्त्रहरु परिचालन रहेका छन । सदरमुकामको मठ मन्दिरको बारेमा कुरा गर्दा जिल्लाकै पर्यटकिय स्थल बडिमालिका मन्दिर तथा रतुडा कैलास मन्दिर रहेका छन्। सदरमुकाममा दशै,तिहार,स्थानिय भुवा पर्ब, अनन्तेमेला,गौरा,बडिमालिका जात्रा पर्व मनाईने गरिन्छ ।
बजारको मुख्य भागमा जनघनत्व बढि देखिन्छ जहाँ घना आवादि रहेको छ भने बजार भन्दा माथि डाडातिर छरिएर रहेका घरहरु रहेका छन् । बजारमा अहिले समयमा बढिजसो जस्तापाता र ढलान गरिएका घरहरु रहेका छन् भने कहि कतै पथ्थरी घरहरु समेत रहेका छन् ।सदरमुकाममा बढिजसो पेशाहरुमा कृषि,पशुपालन,व्यापार,ब्यबसाय,मजदुरि,दाउरा काटेर बेच्ने पेशाहरु रहेका छन् । बजारमा बढिजसो मानिसहरु कृषि पेशामा आबद्ध रहेका छन्। सदरमुकामको प्रमुख खाद्यान्न बालिहरुमास्धान, मकै,गहुँ ,कोदो,जौ,फापर यहाँका बालिहरु रहेका छन्। भने आलु,काउलि,बन्दा,रायो,मुला,चमसुर,पालुङ्गो,गाजर,फर्सी,जस्ता तरकारि बालिहरु लगाउने गरिन्छ।अमिलो जातका फलफूलहरु पनि यहाँ लगाउने गरिन्छ । यहाँको मुख्य पेशा कृषि भए पनि कृषिमा विभिन्न खाले समस्या तथा चुनौतिहरु रहेका छन्। सदरमुकाम हिमालि धरातल भएकोले कृषियोग्य जमिन कम मात्रामा रहेको छ ।
सिचाइ क्षेत्र न्यून रहेको छ,कृषिमा आधुनिक प्रबिधि अबलम्बन गर्न सकिएको छैन्,कृषि निर्बाहमुखी प्रकृतिको रहेको छ,उन्नत जातका पशुपालन रको सुरुवात हुन नसक्दा कृषि पेशा खासै फस्टाउन सकेको छैन्। सदरमुकाममा कतिपयले गाई,भैंसी पालन,तथा कतिपयले माछा पालन समेत गरेका छन्।बजार क्षेत्रमा विभिन्न किसिमका व्यापार ब्यबसाय संञ्चालनमा रहेका छन् । ब्यापारमा बिशिष्टिकरण भने हुन सकेको छैन्,पर्यटन प्रबर्द्धन को लागि यहि ठाउँ भएर बडिमालिका,नाटेश्वरि,कालाजग्रा,रारा,खप्तड,पोरखे,बुढिनन्दा लगायतका ठाउमा यहि सदरमुकाम भएर जाने गरिन्छ ।जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्र जिल्लाको प्रसासनिक केन्द्र,ब्यापारिक केन्द्र, तथा सेवा केन्द्र भएकोले यहाँ आधारभुत सेवा सुबिधाको उपलब्धता भईसकेको छ । सदरमुकाम अहिले जिल्लाको आकर्षक केन्द्रको रुपमा बिकाश भएको छ ।
शहरिकरणको गतिमा समेत अगाडि बढिरहेको सदरमुकाम मार्तडी बजारमा अलि वातावरणीय फोहरले गर्दा खासै वरपरको वातावरण त्यति सुन्दरता देखिदैन्,यता बडिमालिका नगरपालिकाको टिप्परले फोहर संकलन गरेर लगेको भएतापनि टिप्परले फोहर सडकको छेउमै बिसर्जन गर्ने हुँदा सडक छेउछाउको वातावरण अलि बिग्रदै गएको पाईन्छ,सडकको चारैतिर खाल्डाखुल्डी परेको हुँदा पनि सडकको अबस्था अलि त्यति राम्रो देखिएको पाईदैन्,बजार क्षेत्रमा अहिले फोहर संकलनको लागि आबश्यक स्थानमा फोहर संकलन बाकस राख्नुपर्ने पनि देखिन्छ,उचित डम्पिङ साईडको ब्यबस्था नहुदा फोहर बिसर्जनमा समस्या रहेको पाईन्छ । बजार क्षेत्रमा केही ठाउँहरु पहिरोको जोखिममा रहेका छन् ।जिल्ला प्रहरी कार्यालयको तल्लो क्षेत्र ,अस्पताल देखि मालिका मन्दिर सम्मको क्षेत्र ९ बजारको उतर पुर्बी भाग, बजारको पश्चिमी क्षेत्र पहिरोको जोखिम क्षेत्रका रुपमा रहेका छन्। यी क्षेत्रहरु नै यहाँका वातावरणीय हिसाबले सम्बेदनशिल क्षेत्रहरु हुन्। सदरमुकाममा आवादि घना भएकोले आगलागिको जोखिम समेत रहेको छ ।सदरमुकाम नजिक भएर बुढिगङ्गा नदि बग्ने गर्छ । जसले यहाँका खेतहरुलाई सिचाई सेवा उपलब्ध गराएको छ । बिद्धुत उत्पादनमा पनि सहयोग गरेको छ ।
सदरमुकाम मार्तडी आसपास विभिन्न निजि तथा सामुदायिक वनहरु ,रहेका छन्,जसमा थापाथलि सामुदायिक वन बडिमालिका ८ ,कैलासपुर सामुदायिक वन,बडिमालिका ८ र ९ भुजुन्तोला खिरिडा सामुदायिक वन,बडिमालिका ७। कोस्याडो सामुदायिक वन,बडिमालिका ७ र, काठो सामुदायिक वन,जन्नौरि सामुदायिक वन,कालाजग्रा सामुदायिक वन,बुर्दालो दल्लेडि सामुदायिक वन,लगायतका वन क्षेत्रहरु रहेका छन्। उक्त वनबाट सदरमुकाम लगायत अन्य आसपासका मानिसहरुले सेवा लिने गरेका छन् । सदरमुकामममा अन्य क्षेत्रमा भन्दा बिबिध खालका सेवा सुबिधाहरु बिस्तार गरिएको छ । जसले गर्दा यस ग्रामीण क्षेत्रको लागि आकर्षकको केन्द्र बनेको छ ।
यहाँ अन्य ठाउँबाट बसाइँसराइ गरि आउनेको सख्या पनि बढि रहेको पाईन्छ ,सदरमुकाम मार्तडीमा व्यापार ब्यबसाय सञ्चालन गरि कमाएको पैशाले तराईका सुबिधा सम्पन्न ठाउमा घरजग्गा किन्नेको पनि घुईचो रहेको छ ।सदरमुकामको पुर्बमा वाई, साप्पाटा, कोल्टि ,कोटिला ,पाण्डुसैन ,जगनाथा,रुगिन,रजातोलि,बिच्छ्या,बादु लगायतका ठाउबस्तिहरु रहेका छन्,त्यस्तै पश्चिममा आटिचौर, डोगडि, जयबागेश्वरि, काडा, गुदुखाति, ब्रमतोला,बारबिस लगायत ठाउहरु पर्छन ।त्यस्तै उतरमा जुगाडा,दहकोट,मानाकोट,घट्मुना लगायतका ठाउँ रहेका छन भने दक्षिणमा बुढिगङ्गा ,कैलासमाण्डु ,तोलि,छतारा लगायका ठाउहरु रहेका छन्।
सदरमुकाम मार्तडी बजारबाट तरकारि,माछा,खसी,रागा,दुग्ध जन्य सामाग्री ,हस्तकलाका सामान,पशुजन्य उत्पादन,कृषिजन्य सामाग्री, फलफूल ,उद्योग धन्दाको लागि कच्चा पदार्थ, जडिबुटी ,श्रम,पुजि,रमिट्यान्स,जस्ता सामाग्रीहरु तथा सेवा निर्यात हुने गर्छन् । सदरमुकाममा करिब ६२।६५ प्रतिशत भु९ भाग कृषि क्षेत्रको रुपमा रहेको छ । उत्पादनमा बिषेषगरि भान,गहुँ जस्ता अन्नवालिहरु उत्पादन हुन्छ भने विभिन्न मौषम अनुसार तरकारि खेति पनि यहाँ हुने गर्छ।सदरमुकाम मार्तडी बजार आसपास मनमोहक ठाउहरु रहेका छन्। सदरमुकामबाट नजिकै रहेको बिरेखोला झरनाले सदरमुकामको थप सुन्दरता बढाएको छ । सदरमुकाम आउने जतिपनि मानिसहरुलाई बिरेखोला झरनाले स्वागत गर्ने गर्छ ।
सदरमुकाम मार्तडी बजारलाई जिल्लाभरिका मानिसहरुको आगमन हुने ठाउँको रुपमा पनि लिन सकिन्छ यहाँ विभिन्न ठाउँबाट मानिसहरुको आगमन हुने गर्दछ । आकारले उपत्यका जस्तो भएपनि बजारमा आफैमा मनमोहक देखिन्छ सान्त वातावरण,स्वच्छ हावापानि,सिरसिरे बतासले सदरमुकामको वातावरणीय क्षेत्र पनि रमाइलो गरिदिएको पाईन्छ । बाह्य जिल्लाका मानिसहरूलाई बाजुरा भन्ने बितिक्कै रमाइलोको अनुभूति हुने गर्छ । कतिपय यहाँ घुम्न आउने पर्यटकले सदरमुकाम ” पहाड भित्र लुकेको अर्को पहाड” भनेर पनि भन्ने गरेका छन्,कतिपयले यहाँको हावापानि ” साईबेरिया स्थित तालको हावापानि रहेको बताउने गरेका छन्।
सदरमुकाम हिमालि जिल्लामा परेका कारण मङ्सिर,पुस,र माघको महिनामा हिउँको घुम्टोमा सजिने गरेको छ । सेताम्य हिमालहरुले सदरमुकामलाई थप हेर्न लायक बनाउने गरेका छन्।बर्खे याममा सदरमुकामको वातावरण थप हेर्न लायक रहन्छ,चारैतिर हरियालि,डम्म कुहिरो लागेर कुहिरोको दुनियामा लुकेर रमाउने ती नङ्गा,डाडापाखा,त्यसैमा सिमसिम पानिमा भिजेर खेल्ने त्यहाँमा मनमोहक दृश्य,चिरबिर ,चिरबिर चरिको आवाजले मानिसको मन पनि प्रकृति तिर तानिने,पानिमा भिज्दै काम गर्दै गरेका त्यहाँका मानिसहरुले थप सदरमुकामको अबस्थाको रङ फेरिने गर्छ ।
सबै कुराबाट उतिनै भरिपुर्ण जिल्ला सदरमुकाम मार्तडि बजारमा मानिसहरुको भिड,यातायातका साधन,उद्योग कलकारखाना,होटल ब्यबसायले थप मनोरञ्जन दिएको हुन्छ,त्यहाँका मानिसहरु एक आपसमा मिलेर बस्ने,भाईचार,बिश्वबन्धुत्वको भावना कायम गर्ने,हुदा पनि बजारको अबस्था निकै राम्रो देख्न सकिन्छ । ” बाजुरा सदरमुकाम मार्तडी जाऔ, मन खुलेर रमाऔ,त्यहाँ घुम्न जाने पर्यटकले बताउने गरेका छन्।
लेखक: गोविन्द्र राज तिमिल्सेना- उहाँ विगत ३ बर्ष देखी पत्रकारिता क्षेत्रमा कलम चलाउदै आउँनु भएको छ ।।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर