• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 16, Dec, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन

खप्तड मालिका न्युज November 14, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,कार्तिक २९,बाजुराः बाजुरामा यस बर्ष १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यस आर्थिक बर्ष २०८१ /०८२ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । गत बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा बृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख भुमिराज उपाध्यायले बताएका छन् ।

निमित्त कार्यालय प्रमुख उपाध्यायका अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएकोमा यस आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षको भन्दा बढी अर्थात १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको बताए । अघिल्लो आर्थिक बर्ष भन्दा यो आर्थिक बर्षमा ९ सय ३५ मेट्रिक टन धान बढी उत्पादन भएको हो । यो आर्थिक बर्षमा धान उपज २.४० रहेको छ भने अघिल्लो आर्थिक बर्षमा २.२७ रहेको ज्ञान केन्द्र बाजुराको तथ्यांकमा रहेको छ ।

जिल्लामा अघिल्लो वर्ष ७ हजार ३ सय ३ हेक्टरमा र यस बर्ष पनि ७ हजार ३ सय ३ हेक्टरमा धानखेती गरिएको बताइएको छ । बाजुरामा पछिल्लो समय अघिल्लो बर्षको तुलनामा पछिल्ला बर्षहरुमा केही मात्रामा धान उत्पादनमा बृद्धि हुदै गईरहेको कृषि ज्ञान केन्द्र बाजुराको भनाई रहेको छ । पछिल्लो समय बाजुरामा पनि उन्नत जातका धान लगाउने प्रचलन बढेको छ । विशेषगरी रामधान,जुम्ली, सावित्री, हिमाली धान,खुमल जस्ता उन्नत धान लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । पछिल्लो समय किशानहरुले उन्नत जातका धानखेती गर्ने गरेको हुँदा ज्ञान केन्द्रले पनि कतिपय उन्नत खाले धानको बिउ बितरण गर्ने गरेको छ ।

जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकं रहेको छ । त्यस्तै कुल खेति गरिएको जमिन २६१६ हेक्टर छ । कुल खेती गरिएको क्षेत्रफलको २७.३५ मा धान खेती गर्ने गरिन्छ ।बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख भुमिराज उपाध्यायले उहाँले भन्नुभयो, “बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन छ । यो मध्ये २८ हजार १३५ हेक्टर मात्र खेतीयोग्य जमिन छ ।” बाजुरामा २७ हजार १६० हेक्टर जमिन छ । यसमध्ये बाजुरामा ७ हजार ३०३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेको प्रमुख उपाध्यायले बताउनुभयो ।बाजुरामा प्रयाप्त मात्रामा सिचाईको सुबिधा नुहुनु,आकाशे पानी भरमा बढीजसो धान खेती गर्नुपर्ने हुँदा समयमै रोपाई नभएर सधैजसो धान उत्पादनमा गिरावट आउने गरेको छ ।

दुई आर्थिक बर्षको धान उत्पादनको तथ्याकं

सम्बन्धित पोस्ट
  • बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने
  • पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक
  • काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल
  • नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    समाचार

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित

    नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभाः पार्टी प्रवेशको लहर,एमाले काङ्ग्रेसमा पहिरो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑