काठमाडौंः गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डेंगीको उपचारका क्रममा बुधबार राति ६३ वर्षको उमेरमा उनको निधन भएको हो ।
नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाका अनुसार उनी अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्याइएको थियो। डेंगी संक्रमित उनलाई राति हृदयघात भएको बताइएको छ। गौचनको शव अस्पतालमै राखिएको उनले बताए ।
उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गौचन नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिए। यस अगाडि दामोदर कुण्ड गाउँपालिकाको दामोदर कुण्डको अवलोकनका लागि गएको समयमा पनि उनी बिरामी परेपछि नेपाली सेनाले उद्धार गरेको थियो।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर