गोबिन्द्र राज तिमिल्सेना,कार्तिक २९,बाजुराः राजनितिक गर्ने कतिपय राजनितिज्ञहरु प्रायःजसो आफ्नो स्वार्थबाद,ब्यक्तिबाद गर्ने लगायतका कुराहरुमा जोडिएका हुन्छन् । राजनितिमा लागीरहँदा छोटो समयमै आफु कसरी माथिल्लो स्थान सम्म पुग्ने,कसरी आफु सु-सम्पन्न हुने कुराहरुमा राजनितिज्ञहरु बढी लागेको पाइन्छ । चुनाव जित्नु अगाडी जताको माझ चिल्ला भाषणहरु बोलेर बिकाशका बाजा बजाउने नेताहरु चुनाव जिते पछी कुन दुलोमा लुकेर बसेका हुन्छन् थाहै हुदैन् । जनताको माझ राखेका बाचा प्रतिबद्धता पुरा गर्नुको साटो उल्टै आफ्नै दुँनियामा रमाएर बसेको पाइन्छ । तर कतिपय राजनितिज्ञ यस्ता पनि हुन्छन् जसले जनताको माझ आफ्नो लोकप्रियता कमाएका हुन्छन् । चुनावको बेला गरेका बाचा प्रतिबद्धता पुरा गरेर सबै जनतालाई एउटै आँखामुनी राखेर अगाडी बढ्ने गरेका हुन्छन् । जसको एक असल उदाहरणको रुपमा लिन सकिन्छ बाजुराको बडीमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायलाई।
जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्याय भन्ने बितिक्कै कतिपय जनताले गरिब दुखीहरुको भगवान भनेर चिन्ने गरेका छन् । बडीमालिका नगरपालिकाका नगरप्रबक्ता समेत रहेका पाध्याय दुई कार्यकाल बडीमालिका ७ को वडाअध्यक्षको रुपमा निर्वाचित भएका छन् । जनताको माझ निकै लोकप्रियता कमाएका पाध्याय बडीमालिका ७ बाट दुई-दुई पटक चुनाव जितेर अध्यक्ष बन्न सफल भएका हुन् । २०७४ सालको पहिलो स्थानीय चुनावमा ४ भोटले बिजयी भएका पाध्याय जनताको सेवकको रुपमा रहँदै आएका छन्। २०७४ मा उनले सहोदर भिनाजु बिजयराज पण्डितलाई ४ मतले पराजित गरी पहिलो ५ बर्षे कार्यकाल सफलता पुर्बक बिताएका थिए भने पुनः २०७९ सालको चुनावमा पनि पाध्याय अध्यक्ष पदमा निर्वाचित बनेका थिए । पहिलो पाँच बर्षे कार्यकालमा जनताको सेवा तत्पर रहेका पाध्यायले २०७९ सालको चुनावमा दोस्रो पटक पनि विजयी हासिल गरेका थिए । २०७९ मा उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका धनलाल पाध्यायलाई ८१ मतले पराजित गर्दै वडा अध्यक्षमा पाध्याय विजयी भएका थिए । पाध्यायले ६ सय १० र उनका निकटतम प्रतिद्वन्दी धनलाल पाध्यायले ५ सय २९ मत पाएका थिए ।
जनताको सामु उदाहरणिय बनेका अध्यक्ष पाध्याय आफ्नो वडाअध्यक्षको पहिलो कार्यकालबाटै वडालाई नगरकै नमुना वडा बनाउन लागी परेका थिए । ५ बर्षे अध्यक्षको पहिलो कार्यकालमा जनताको सामु राम्रो कार्य गरेका पाध्यायले दोस्रो कार्यकालमा पनि त्यतिकै कार्य सञ्चालन गर्दै गईरहेका छन् ।पत्रकारिता क्षेत्रबाट नेकपा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका पाध्याय पछिल्लो समय राजनितिक क्षेत्रमा निकै सक्रिय रहेका छन् । वडा अध्यक्ष पाध्यायले वडा र समग्र नगरपालिकालाई समृद्ध बनाउन महत्त्वपूर्ण भुमिका खेलिरहेका छन् ।उनले आफ्नो वडालाई नगरकै नमुना बनाउन दिनरात नभनि खटेर लागीरहेका थिए भने अन्य वडाको भन्दा नमुना बनाएर पनि देखाएका छन् । वडामा बिभिन्न बिकाश निमार्णका कामसंगै अन्य सामाजिक,सांस्कृतिक कार्यहरुमा पनि पाध्यायले ठुलो भुमिका खेलेका छन् । छोटो समयमै जनताको माझ उदाहरणिय कार्य गरेका पाध्यायले वडाको विकाशको लागी सधैभर लागी रहने पनि बताएका छन् । बडीमालिका ७ मा मात्रै नभई हरेक गाउँठाउँमा जनताको माझ उदाहरणिय बन्न पुगेका एमाले नेता तथा वडाअध्यक्ष पाध्याय,बडीमालिका नगरपालिका ७ नम्बर वडाको विकाशको लागी दिनरात नभनी खटिएर लाग्ने एक कुसल,कर्मठ अध्यक्ष हुन् । उनको राजनितिक यात्रा अनौठो तरीकाको रहेको छ । सबै वडाबासीहरुको मन जित्न सफल बनेका अध्यक्ष पाध्याय स-साना बालबालीका देखि बुढापाखाहरुको रोजाईमा पर्ने नेता तथा वडाअध्यक्ष मध्ये एक हुन्।
बडीमालिका नगरपालिका वडा नम्बर ७ लाई नगरकै नमुना वडा बनाउनको लागी पहिलो कार्यकाल बाटै लागी परेका अध्यक्ष पाध्याय अहिलेसम्म पनि वडालाई समृद्ध बनाउको लागी अगाडी बढिरहेका छन् । वडामा हुने विकाश निमार्ण लगायतका कार्यहरुमा पनि अध्यक्ष पाध्याय पहिलो कार्यकालबाटै सक्रिय रुपमा लागी रहेका छन् । अध्यक्ष पाध्यायले वडाको बिकासका लागि संघ तथा प्रदेशमा समन्वय गरेर अन्य वडाको भन्दा बढी बजेट बिनियोजन गर्नुका साथै गाउँमा आफुले दिएको कामको अनुगमनका साथै योजनाका काममा सक्रिय रुपमा लागी पर्दै आएका छन् । वडाअध्यक्ष पाध्यायले वडाको विकाशको लागी स्वयम् आफै काममा खटिएर भएपनि सधै जनताको सेवामा तत्पर रहेका छन् । कतिपय अध्यक्षहरुले वडाको विकाशमा चासो नदिए पनि अध्यक्ष पाध्याय भने त्यस्तो नरहेको उनको कामबाटै देख्न सकिन्छ । वडामा हुने बिभिन्न सामाजिक,सांस्कृतिक तथा पुर्वाधारका कार्यहरुमा आफु नै खटिएर लाग्ने गरेका छन् । त्यति मात्रै नभई वडामा रहेका दिन दुखियाहरुको भगवानको रुपमा उनलाई चिन्न सकिन्छ । गाउँमा बजेट कार्यन्वयनको अबस्थाका बिषयमा अनुगमनमा जादा उनले बिकास निर्माणका कार्यमा ढुंगा बोक्ने, बालुवा गिट्टी बोक्ने लागयतका काम पनि गर्ने गरेका छन् । वडाको विकाशको लागी कहिल्यै पनि पछि नहट्ने अध्यक्ष पाध्याय जनताको नजरमा राम्रो तरीकाले देखिएका हुन्छन भने जनताले पनि उनको कामको खुब प्रशंशा गर्ने गर्छन् ।
जनताको सामु लोकप्रिय,जनप्रिय तथा जनताको सेवकको रुपमा परिचित अध्यक्ष पाध्याय जसले वडामा मात्रै नभई जिल्लामा हुने हरेक सवाल तथा विकाशमा लागीरहने अध्यक्षको रुपमा चिन्न सकिन्छ । प्राय बाजुराका वडा अध्यक्ष तथा नेताहरु यस्तो ब्यबहारको रहेको पाइदैन् तर उहाँ भने सधै जनताको सेवको रुपमा लागी रहनुभएको छ । उनले आफ्नो वडामा भईरहेका गतिबिधिहरुको बारेमा हरेक समयमा जानकारी लिने गर्नुहुन्छ कतिपय अध्यक्षहरुले आफ्नो गाउँठाउँमा कस्ता कार्यहरु सञ्चालन भईरहेको छ भन्ने बारेमा जानकारी कमै लिन्छन् तर बडिमालिका नगरपालिका वडा न ७ का वडा अधयक्ष भने गाउँमा हुने हरेक कार्य तथा योजना स्थलमा पुगेर अनुगमन समेत गर्ने गरेका छन् । गाउँको विकासको लागि आफै काममा सहभागि भएर विकाश निमार्णमा लाग्ने अध्यक्षको रुपमा उहाँ हुनुहुन्छ । उनको कार्यको वडाबासी सबैले प्रशंशा गर्ने गरेका छन् । गाउँमा वडाअध्यक्ष प्रति कुनै बिरोधावस स्थानीय कसैमा पनि रहेको पाइदैन् किनभने अध्यक्ष पाध्याय सबैलाई समेटेर एकसाथ रुपमा अगाडी बढ्छन । अध्यक्ष पाध्याय हरेक समयमा आफ्ना वडाबासी नागरिकलाई सचेतना दिनको लागी घरघरमै पुग्ने गरेका छन् । आफ्ना नागरिकको आय स्तरको पहिचान गरी विपन्न तथा दुखियाहरुलाई सहयोग गर्नको निमित्त कहिल्यै पछि हट्दैनन् ।
बिशेषत अध्यक्ष पाध्याय जनताको सेवकको रुपमा बढी परिचित हुनुहुन्छ । वडामा रहेका आफ्ना वडाबासीहरुलाई सजिलो तरीकाले सेवा दिनको लागी उनी लागी परेका हुन्छन् भने वडाका कसैले दुः ख पाएको सुन्नासाथ अध्यक्ष आफै त्यहाँ पुरेर जानकारी लिने र समस्यालाई समाधान गर्नको लागी सहयोग समेत गर्ने गर्छन् । अध्यक्ष पाध्याय आफुले पाएको पारिश्रमिक तथा तलब भत्ताबाट वडामा रहेका दुखि पिडितहरुलाई दिने गरेका छन् । आफ्नो तलबै कटाएर भएपनि जनताको सेवाको लागी उनी कहिल्यै पछी हट्दैनन्। कहिले दिन दुखीको लागी सहयोग,कहिले शिक्षा,स्वास्थ्य,खानेपानी लगायतका हरेक क्षेत्रमा उनले आफ्नै पारिश्रमिक दिने गरेका छन् । विगत देखि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका वडा अध्यक्ष दिन दुखीहरुको लागी भगवानको रुपमा परिचित हुहुहुन्छ । खानामा समस्या भएका परिवारलाई राहत,बिपन्न श्रमीक र साहाराहरुलाई वडाअध्यक्ष आफै साहारा बन्ने गरेका छन् । आफ्नो पहिलो पाँच बर्षे कार्यकाल र यो दुई बर्षे कार्यकालमा आफुले सामाजिक सेवामा ठुलो सहयोग गरेको समेत अध्यक्ष पाध्यायले बताए । पहिलो कार्यकाल देखिनै जनताको सेवामा समर्पित रहेका अध्यक्ष पाध्याय अहिलेसम्म् उही ब्यबहार र उहि उदाहरणिय अध्यक्षको रुपमा हुनुहुन्छ ।दश बर्षमा आफुले सकेजती काम गरेर वडाको मुहार फेर्ने गरि लागीरहेको उहाँ बताउनुहुन्छ । बाजुराका ६९ वडा मध्यकै नमुना उत्कृष्ठ वडा अध्यक्षका रुपमा पाध्यायलाई चिन्न सकिन्छ ।
जिल्ला बाजुराका ९ वटै स्थानीय तहका ६९ वडाकै उत्कृट वडाअध्यक्षको रुपमा परिचित पाध्याय पत्रकारीता क्षेत्रबाट राजनितिमा प्रवेश गरेका हुन् । पत्रकारीताबाट राम्रो छवी बनाएका पाध्यायले अहिले राजनितिमा पनि राम्रो छवी बनाउँदै गएका छन् ।अध्यक्ष पाध्यायले नै गर्दा वडीमालिका ७ नम्बर वडा अन्य वडाको तुलनमा धेरै आगाडी रहेको । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत, लगायतका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर पाध्यायले काम गर्दै आईरहेका छन् भने पूरा हुन बाँकी रहेका कामहरु बाँकी दुई बर्षे कार्यकालसम्म पुरा गर्ने समेत उहाँ बताउनुहुन्छ । जनताको जनअपेक्षा अनुसार नै उहाँले काम गरिरहेको देख्न सकिन्छ । वडाको विकासका लागि वडाको श्रोत साधनले नभ्याएका योजनाहरुमा नगर, प्रदेश र संघ सरकार संग पनि आवस्यक पहल वडाको विकाशको लागी अध्यक्ष पाध्याय दिनरात लागीरहनुभएको छ । वडा अध्यक्ष पाध्यायकै पहलमा ठाउँठाउँमा सिचाई नहर,खानेपानी,बिद्युत,यातायात लगायतका सुबिधाहरु पुगेका छन् । वडामा बिभिन्न समसामयिक क्रियाकलापहरु,वडामा रहेको पर्यटकिय स्थल कालाजग्राको पर्यटन पर्बद्धन,१० शैयाको अस्पताल निमार्ण,बिद्यालयका भौतिक संरचना,पुल पुलेसा बाटाहरु,युवाहरुलाई रोजगार बनाउन ब्यबसायिक कृषि खेतीमा आर्कषित कार्यक्रम,कृषकहरुलाई बिभिन्न समयमा बिउ बिजन तथा बोटहरु बितरण लगायतका महत्वपुर्ण कार्य गर्दै आउनु भएको छ । वडाबासीहरुको अपेक्षा अनुसार राम्रो कार्य गरेर पहिलो कार्यकाल बिताएका पाध्यायले दोस्रो कार्यकाल पनि उपलब्धिमुलक बनाएर जाने बताउने गरेका छन् ।
आम वडाबासीहरुको रोजाईमा परेका अध्यक्ष पाध्यायले जनताको जनभावना बिपरित गएर हालसम्म कुनै काम नगरेको उल्लेख गरेका छन्। आफ्नो उदाहरणिय कार्यकै कारण वडा वासिले आफुलाई दोश्रो पटक पनि चुनेको बताउँदै वडाबासीहरुको यस्तो साथ सहयोग कहिल्यै नभुल्ने र वडाबासीहरुलाई कुनैपनि समस्या पर्न नदिने पाध्यायको भनाई छ । वडामा सबैभन्दा खस्किदो शैक्षिक गुणस्तर रहेकोले त्यसलाई पनि सुधारको बाटोमा लैजाने प्रयास गरिरहेको देख्न सकिन्छ । साथै दुई कार्यकाल भैसक्दा पनि वडाको भवन बनाउन नसकेको देखिए पनि त्यो कार्य आफ्नो कार्यकालमै गरेर निस्किने समेत उनको भनाई रहेको छ । अप्ठ्यारा कामहरुलाई पनि सजिलो तरीकाबाटै सुसम्पन्न गर्न वडामा पाध्यायले ठुलो भुमिका खेलेका छन् । वडाबासीहरुलाई हरेक आधारभुत आबश्यकताको परिपुर्ति गर्न अध्यक्ष पाध्याय लागी परेका हुन्छन भने कोही कसै खान लाउन बाट बञ्चित भएको सुन्न वा देख्न परेमा आफ्नै खत्तीबाट सहयोग गर्न समेत तयार हुन्छन् । नेपालीहरुका महान चाड दशै तिहार जस्ता पर्वहरुमा त झन पाध्यायले ठुलो मात्रामा दुखी गरिवहरुलाई आफ्नै तलबभत्ताबाट सहयोग गर्ने गरेका छन् । वडामा रहेका सबै वडाबासीहरुले राम्रोसंग दशैतिहार मनाउन र कसैलाई चाडवाडमा समस्या नहोस् भन्ने उदेश्यले अध्यक्षले आफ्नै तलबबाट राहत दिने गरेका हुन्छन् । सबैसंग मनकारी भावना भएका पाध्यायलाई तुलना गर्ने हो भने यस्तो मान्छे पाउन नसकिने कतिपयले बताउने गरेका छन् । कतिपय वडाअध्यक्ष भएर पनि अध्यक्षको जस्तो ब्यबहार नदेखाउने विकाशको नाममा फुट्टी काम नगर्ने खाली आफ्नो खुट्टामा मात्रै हेरेर अगाडी बढ्ने हुन्छन् तर पाध्याय भने त्यस्तो स्वभावको नभएको पाउन सकिन्छ ।
वडाअध्यक्ष पाध्याय बडीमालिका नगरपालिका ७ को अध्यक्ष मात्रै नभई सिंगो बडीमालिका नगरपालिकाको प्रबक्ता समेत हुनुहुन्छ । आफ्नो वडाको गतिबिधिको बारेमा त उनले रेखदेख गरेकै हुन्छन् भने सिंगो पालिकाको समस्या समाधानको लागी पनि उनी अगाडी बढिरहेका हुन्छन् । पाध्यायले वडीमालिका ७ मात्रै नभई सिंगा पालिका नै नमुना बनाउन काम गरिरहेको देख्न सकिन्छ । एक जनप्रतिनिधिका नाताले उहाँले आफ्नो सबै कर्तब्य निभाएको प्रस्ट देख्न सकिन्छ ।सिंगो बडीमालिकाको समृद्धिको लागी पाध्याय अगाडी बढिरहनु भएको छ । जनताको सेवामा सर्मपित भएर लागेका अध्यक्ष पाध्याय भन्नुहुन्छ,“ आफ्नो वडाको मात्रै नभई सिंगो पालिकाकै शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत, लगायतका विकाशलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको छु” चुनावको बेला जनताको माझ राखेका बोलेका बाचा प्रतिबद्धताहरुलाई प्रायः पुरा गरिसकेको र केही बाँकी रहेका कार्यहरुलाई निरन्तरता दिने उनको भनाई छ । आफ्नो वडा अन्य वडाको भन्दा नमुना रहेको बताउँदै सिंगो पालिकालाई नै नमुना बनाउने गरी लागीरहेको उनको भनाई छ । जनताको सेवकको रुपमा रहँदै काम गर्दै आएका पाध्याय दिन दुखीको लागी घाउमा मलम सरह बन्ने गरेका छन् । आफ्नो पारिश्रमिकबाटै दिन दुखीहरुलाई सहयोग गरेकै प्रति उहाँ सबै जनताको माझ लोकप्रिय र मनकारी भावनाको ब्यक्ति भएको रुपमा चिनिन्छन् । साथै जनताको सेवक र गाउँठाउँको विकाशको लागी आफै खटिएर काम गर्ने हुँदा उहाँ जिल्लाकै उत्कृष्ट वडाअध्यक्षको रुपमा स्थापित हुनु भएको छ ।
यि हुन् तिनै लोकप्रिय मनकारी वडाअध्यक्ष…
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर