
हे बहिनी,आइगयो बिजया दशै,पहेली धानका बाला,भाइटिका तिहार,
नसुक्याई आउँदा साल सम्म हजारी फुलमाला
गोबिन्द्र राज तिमिल्सेना,असोज २०,बाजुराः दशै तिहार सम्बन्धी कतिपय यस्ता गीत हुन्छन् जसलाई नसुनी धेरैलाई चाडपर्व आएको महसुस नै हुँदैन ।दशै तिहारमा जब यस्ता गितहरु गाउँघरमा गुञ्जिन थाल्छन् अनि मात्रै सबैलाई चाडपर्व आएको महसुस हुन्छ।दशै तिहारका गितले ‘फेस्टिभल मुड’ सिर्जना गर्ने ठूलो भूमिका खेलेको हुन्छ । कतिपय कलाकारका यति मिठा गितहरु हुन्छन् जुन गितहरु नसुनी मानिसलाई के दशै के तिहार आएको थाहा हुदैन् ,जब कतिपय यस्ता गितहरु बज्न थाल्छन् अनि मात्रै दशै तिहार आएको अनुभुती उनीहरु गर्ने गर्छन् ।
हरेक वर्ष दशैं आएसँगै गाउँघरमा केही गीत निकै गुञ्जिन थाल्छन् । जस मध्येको सबैले रुचाएको र उक्त गित नसुनी दशै आएको अनुभुती नहुने चर्चित बाजुरेली लोक तथा देउडा गायक प्रकाश थापाको “पहेली धानका बाला” । जब गाउँघरमा यो गित गुञ्जिन थाल्दछ् अनि मात्र सबैलाई आहा,दशै तिहार आयो भनेर अनुभुती गर्न थाल्छन् । गायक थापाको दशै तिहार संग सम्बन्धीत यो गितमा गीतमार्फत गुञ्जिने हाँसो, रोदन र दशै तिहारको भावनाको प्रतिक्रियाले धेरैलाई यी गीत सुन्न मोहित पनि तुल्याउने गरेको छ । जब स्थानीयको कानमा यो गित गुञ्जिन थाल्दछ अनि उनीहरु भन्ने गर्छन्,बल्ल दशै तिहार आयो।
यो गितमा परदेशी मान्छे दशै तिहारमा घर आउन नपाइएको,घरमा दिदी बहिनी,आमाबुबा बाटो कुरेर बसीरहेको लगायत कुराहरुलाई समेटेर दर्साइएको छ । हे बहिनी,आइगयो बिजया दशै,पहेली धानका बाला,भाइटिका तिहार नसुक्याई आउँदा साल सम्म हजारी फुलमाला लगायत कुराहरुलाई समेटी गित तयार गरीएको छ । परदेश गएको परदेशी दाजुले गित मार्फत दशै आइसक्यो,तिहार आइसक्यो धानका बाला झुलेका छन् अहिलेको साल दशै तिहारमा आउन नसके पनि अर्को साल आउछु फुलेका हजारी फुल नसुक्याई भनिएको छ । दशै तिहार लाग्दा यो गित गुञ्जिदा मिठामिठा मार्मिक शब्दले सबैलाई स्तब्ध बनाएको हुन्छ ।
अभागी परदेशी दशै तिहारमा पनि गाउँघर आउन नसक्ने कुराले घरमा दिदीबहिनी,आमाबुबा लगायतलाई दुखित तुल्याईदिएको हुन्छ। निकै नै मिठो शब्दमा कोरीएको यो दशै तिहार सम्बन्धी भावुक गित सुन्दा सबैलाई बल्ल दशै तिहार आएको अनुभुती र मन भारी बनाउने गर्छ । दशै तिहार लाग्नासाथ यो गित प्रायः सबैको मुखमा झुण्डिने गरेको पाइन्छ भने गाउँघर शहर बजारतिर रेडियोबाट पनि निकै गुञ्जिरहेको भेट्टाइन्छ । “पहेली धानका बाला”नामक दशै तिहार गित जब बज्न थाल्दछ अनि सबैले एकसाथ दशै तिहार आएको अनुभुती गर्नुका साथै आहा क्या मिठो गित बज्न थाल्यो बल्ल सुरुवाती भयो दशै तिहार स्थानीयहरु भन्ने गर्छन्,दाजुबहिनीलाई मुख्य रुपमा आधारित गरेर बनाइएको यो दशै तिहार गितले हरेक बर्ष दशै तिहारमा निकै चर्चा पाएको हुन्छ,जताततै यो गित बजेको सुन्न सकिन्छ जसरी तिजको बेला गायिका बिष्णु माझीका गितलाई दर्शक श्र्रोताले पर्खेका हुन्छन् त्यसैगरी दशै तिहारमा गायक थापाको “पहेली धानका बाला”गितलाई सुन्ने र दशै आएको अनुभुती गर्ने रहर दर्शक श्रोताहरुमा रहेको हुन्छ ।
दशै तिहार सम्बन्धी अरु जति गित गुञ्जिए पनि जब गायक थापाको गित गाउँघरमा गुञ्जिन थाल्दछ अनि मात्रै दशै तिहार आएको अनुभुती हुने गरेको बडीमालिका ७ का स्थानीय रामचन्द्र पाध्याय बताउनुहुन्छ। उहाँ उमेरले बुढो भए पनि गित संगीतलाई मन पराउने मध्ये एक हुनुहुन्छ। गाउँघरमा जब थापाको “पहेली धानका बाला” गित बज्छ अनि मात्रै आफुलाई दशै तिहार आएको अनुभुती हुन्छ,पाध्याय बताउनुहुन्छ।गायक थापाको “पहेली धानका बाला”बोलको गित दशै तिहारको लागी मुटु भएको उनले बताए । यो गित नबजे पछि दशै आउनु र नआउनुमा केहि फरक नहुने उनको भनाई रहेको छ । त्यो बेला श्रोताले अत्याधिक रुचाईएको यो गित अहिलेसम्म पनि चर्चामा रहेको छ । दशै तिहार आउने बितिक्कै दिनको दर्जनौ पटक यो गित रेडियोबाट गुञ्जिने गरेको छ ।
गायक थापाको कोकलकण्ठि श्वरमा सजिएको दशै तिहार सम्बन्धी मार्मिक गितले परदेशी दाजुभाहरुको मन भतभती पोल्ने गरेको हुन्छ। परिवार जन संगै बसेर दशै तिहार मनाउने परदेशीको सपना साकार भएको हुदैन् परदेशी परदेशबाट घर आउन पाएको हुदैन्,परदेशमै गाउँघरको यादले उ तड्पिरहेको हुन्छ भने घरपरिवार,साथीभाई, आफन्तजनको मायाबाट उ टाढिएको हुन्छ । दशै तिहारमा दिदीबहिनीको हातको टिका समेत उसले लगाउन पाउँदैन्,मन भारी गरेर परदेशमै उ काम गरिरहेको हुन्छ । यस्तो मर्मस्पर्सी गितले सबैको मन निकै नै मर्माहित गरेको हुन्छ दशै र तिहारमा । लामो समयसम्म सबैबाट टाढिएको मान्छे दशै तिहारमा समेत घर आउन पाएको हुदैन् यावत् कथा बस्तुमा आधारित यो गित गाउँघरमा गुञ्जिन थालेपछि मात्रै दशै तिहार आएको सबैमा अनुभुती हुने हुन्छ। दशै तिहारमा गायक थापाको यो गित सुन्न सबै आतुर भएका हुन्छन् भने नसुन्ने मान्छेहरु पनि बिरलै हुन्छन् ।
जताततै गाउँघरतिर यो गित बजिरहेको सुन्न सकिन्छ । तिजमा बिष्णु माझी दशै तिहारमा गायक थापाको “पहेली धानका बाला”गित नसम्झने र नसुन्ने कमै मात्रामा हुने गरेका छन् । यो गित नसुनी कसैलाई पनि दशै तिहार आएको अनुभुती हुदैन् जब यो गित बज्न थाल्छ अनि सबैलाई अनुभुती हुन्छ कि दशै तिहार बल्ल आयो ।आज भन्दा करिब बाह्र तेह्र बर्ष पहिले सांगितिक बजारमा आएको यो गित गायक थापाले संकलन र श्वर दिएका छन् । गितको देबेन्द्र हुरहुरले छायाकंन गरेका छन् भने यादव भट्टराईले निर्देशन गरेका छन् । सुदीप थापाले सम्पादन गरेका छन् भने सुरेश आर्चाय सम्पादन सहयोगी रहेका छन् । गितको उत्पादक तथा बितरक संगीत सौगात म्युजिक सेन्टर रहेको छ ।
गित यो रहेको छ ….
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर