• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढिनन्दा ४ घाेडाकाेटका असिना पानीबाट प्रभावित घरपरिवारलाई राहत

खप्तड मालिका न्युज September 26, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

असोज १०,बाजुराः जिल्लाको पुर्वि उत्तरी भेगमा रहेको बुढिनन्दा नगरपालिका वडा. नम्बर. ४ का असिना पानीबाट प्रभावित घरपरिवारलाई राहत बितरण गरिएको छ । २०८१ बैशाख २५ गते आएको अबरिल वर्षा संगैको असिना पानीले स्थानीयको गहुँ,जौ,घर तथा फलफुल बालीमा क्षती गरेको थियो।

पाकेको गहुँ ,जौ,घर तथा फलफूल खेतीमा गत बैशाख २५ गते असिना पानिले असर गरे पछि स्थानीय चिन्तिति बनेका थिए । प्रभावित स्थानीय किसानहरुलाई आज एक औपचारिक कार्यक्रमका बिच राहत बितरण गरिएको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष छक्क मल्लले जानकारी दिनुभएको छ । असिना पानीबाट प्रभावित स्थानीय किसानहरुलाई थोरै भएता पनि राहत मिलोस् भन्ने उदश्येका साथ उक्त राहत बितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए । गएको बैशाख महिनामा परेको बेमौसमी वर्षा संगैको असिना पानीले ढाडाकोटका स्थानीयको बाली नालीमा ठुलो असर पुगेको थियो।

असिना पानीबाट प्रभावित भएका ढाडाकोटका करिब ११९ घरपरिवारलाई आज बिहिबार एक कार्यक्रमका बिच प्रती घर ५० केजीका दरले खाद्यान्न चामल बितरण गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन्। त्यसबेला असिना पानीबाट प्रभावित भएका घरपरिवारलाई थौरै भए पनि राहत मिलोस् भन्ने उदेश्यले राहत बितरण गरिएको नगर प्रमुख बोहराले बताए । त्यस्तै असिना पानीबाट प्रभावित २४ वटा घर बनाउको लागी पचास हजारका दरले रकम दिइएको उनले बताए । पालिका भित्र रहेका सबै बिपद बाट प्रभावित बनेका परिवारलाई सधै पालिकाले सक्दो सहयोग गरिरहेको उनले बताए । बाजुराका स्थानीयको गरि खाने पेशा भनेकै कृषि हो,बाजुराका सबै स्थानीय कृषि पेशामा लागेका छन्,विभिन्न समयमा बिपतले गर्दा स्थानीयको गरिखाने पेशामा समेत असर पुर्याएको हुन्छ,त्यस असरबाट प्रभावित भएका स्थानीय किसानलाई सक्दो सहयोग गर्नु हामी सबैको दायित्व हो,नगर प्रमुख बोहराले बताए ।

असिना पानीबाट प्रभावित भएका स्थानीयले केही समय ढिला भए पनि राहत पाँउदा खुसि भएका छन् । पाकेको गहुँ,जौ तथा अन्य फलफुल खेती र घरमा असिनाले पानीले ठुलो क्षती गरेको थियो । बर्खाभरी मिहिनेत गरेर लगाएको अन्नबाली असिनाले बगाउँदा त्यहाँका स्थानीय चिन्तित थिए भने असिना पानीले बस्ने घरहरुमा समेत क्षती पुर्याउदा प्रभावित घरपरिवार चिन्तित थिए । चिन्नित रहेका स्थानीयहरुले केहि समय ढिला भए पनि थोरै राहत पाउँदा खुसी भएका हुन् । बेमौषमी बर्षा संगैको असिना पानीले बाजुराका बिभिन्न ठाउँमा बर्षेनी ठुलो असर गर्दै आएको छ । कतिपय ठाउँका प्रभावित परिवारहरुले पालिकाको सहयोगबाट राहत पाउँने गरेका छन् भने कतिपय ठाउँका प्रभावित स्थानीयहरु राहतबाट बञ्चित हुने गरेका छन् । बाजुरामा बर्षेनी असिना पानीले गहुँ,जौ,मकै फलफुल लगायतका बालीनालीमा असर पुर्याउदै आएको हुन्छ भने कतिपयका घरहरुमा पनि असिना पानीले असर गर्दै आईरहेको छ । जेठ बैशाखको महिनामा असिना पानी अत्याधिक पर्ने हुँदा बाजुराबासी सधै मारमा परेका हुन्छन् ।

प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहको अध्यक्षतामा सञ्चालन भएको उक्त राहत बितरण कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जनक कुमार बोहरा रहनुभएको थियो। त्यस्तै कार्यक्रममा ,वडा. नम्बर.३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता जंगबिर रोकाया , वडा नं ४ का वडा अध्यक्ष जुल्फे रोकाया , ने.क.पा.एमाले प्रचार बिभाग प्रमुख राजन रोकाया , नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल , नगर प्रमुखको स्वकिय सचिव केशर बोहरा कार्यपालिका सदस्य लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।राहत बितरण कार्यक्रमको संचालन नगरपालिकाका कर्मचारी धर्म पाध्यायले गरेको थिए।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑