धनगढीः सुदूरपश्चिममा दुधको उत्पादन बढेको छ। आर्थिक वर्ष २०८०र८१ मा दुधको उत्पादनमा ८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ।अघिल्लो आर्थिक वर्ष २०७९र८० मा ५ दशमलव २३ प्रतिशतले उत्पादनमा वृद्धि भएको थियो। आर्थिक वर्ष २०८०र८१ मा भने ८ दशमलव ५२ प्रतिशतले वृद्धि भएर एक लाख ६८ हजार ९४१ लिटर दुध उत्पादन भएको छ। दुध उत्पादनमा कैलाली जिल्ला अग्रस्थानमा देखिएको छ।
कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ५७ दशमलव ७३ र बझाङ जिल्लाको सबैभन्दा कम १ दशमलव ४७ प्रतिशत रहेको जिल्लास्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र एवं पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांक छ। दार्चुलामा ८ हजार ७ सय ६, बैतडीमा ८ हजार ८ सय ५, डडेल्धुरामा ४ हजार २ सय ३२ र कञ्चनपुरमा ११ हजार ९८९ लिटर दुध उत्पादन भएको छ।
त्यस्तै बझाङमा २ हजार ४८५, बाजुरामा १० हजार ७७५, डोटीमा १२ हजार ९९४, अछाममा ११ हजार ४२३ र कैलालीमा ९७ हजार ५३२ लिटर दुध उत्पादन भएको छ। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको प्रतिव्यक्ति प्रतिवर्ष आवश्यक दूध सुदूरपश्चिममा अपुग छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर