धनगढीः बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ जालीबगरमा सुक्खा पहिरो खसेर अवरुद्ध जयपृथ्वी राजमार्ग २ दिनपछि सूचारु भएको छ।
अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाटै पहिरो पन्छाउन सुरु गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी युवराज भण्डारीलले पहिरो ठूलो भएकाले राजमार्ग खुलाउन समय लागेको बताए। ‘हिजो निरन्तर ढुंगामुढा झरिरहेकाले पहिरो पन्छाउन सकिएन, आज बिहानैबाट डोजरको सहायताले पहिरो पन्छाए यातायातका साधन चल्न सुरु भइसकेको छ,’ डिएसपी भण्डारीले भने, ‘ठूलै पहिरो भएकाले बाटो खुल्न समय लागेको थियो।’
पहिरो झर्न नरोकिएपछि स्थानीय प्रशासनले सो क्षेत्र नजिक जान रोक लगाएको थियो। अहिले पूर्णरुपमा राजमार्ग सूचारु भइसकेको उनले बताए। पहिरो खसेका कारण बिहीबार बिहान सात बजेदेखि बन्द भएको जयपृथ्वी राजमार्ग आज दिउँसोबाट खुलेको हो। दुईवटा मेसिन लगाएर पहिरो हटाउने काम भएको थियो।
बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक दैनिक जसो अवरुद्ध हुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ। जिल्ला बाहिर लैजानुपर्ने बिरामी, बालबालिका, अशक्त, बालबालिका र वृद्धवृद्धाको यात्रा कष्टकर हुने गरेको छ। साउन महिना यता मात्रै जयपृथ्वी राजमार्ग ४० पटक अवरुद्ध भइसकेको छ। जयपृथ्वी राजमार्ग दिनहुँजसो अवरुद्ध हुन थालेको छ।
पहिरोले राजमार्ग छेउ गाडिएका विद्युत प्रशारण लाइनमा क्षति हुँदा विद्युतसेवा समेत अवरुद्ध हुने गरेको छ। साउनयता मात्रै जयपृथ्वी राजमार्ग ४० पटक अवरुद्ध भइसकेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बताएका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर