गोबिन्द्र राज तिमिल्सेना,भाद्र १८,बाजुराः लामो समयसम्म मार्तडी कोल्टी सडकखण्ड सञ्चालनमा नआए पछि कर्णाली करिडोर हुँदै बाजुराको स्याउ देशका ठुला शहर सुर्खेत,धनगढी,नेपालगञ्ज हुँदै काठमाडौसम्म बिक्रिको लागी बजारिकरण गरिएको छ। असारको दोस्रो हप्तादेखि अबरुद्ध भएको मार्तडी कोल्टी सडकखण्ड दुई महिना बिकतिसक्दा पनि सञ्चालनमा नआउँदा बाजुराका किशानहरुले उत्पादन गरेको स्याउ कर्णाली करिडोर हुँदै बिक्रिको लागी बजारिकरण गरीएको हो । जिल्लाको स्वामिकार्तिक,बुढीनन्दा,हिमाली,जगनाथ गाउँपालिकाका बिभिन्न ठाउँमा उत्पादन गरीएको अर्गानिक स्याउ यती बेला बिक्रीका लागि बजारमा लगिएको हो । चारवटै पालिकाका विभिन्न ठाउँमा उत्पादन गरिएको स्याउ ठेकेदारले बारीमै पुगेर बिक्रिको लागी खरिद गरेर बजारिकरण गरीएको हो ।
कोल्टी मार्त डीसडकखण्ड अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी लगिएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । कोल्टी–मार्तडी सडकखण्ड सुचारुको पखाईमा बसेका स्याउ कृषकहरु लामो समयसम्म सडक खुल्न नसक्दा कृषकले बारीमा उत्पादन गरेको अर्गानिक स्याउ कर्णाली केरिडोरको बाटो हुँदै जिल्लाभन्दा बाहिरका विभिन्न बजारमा लिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।बाजुरामा उत्पादन भएका स्याउ बजारिकरण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भने अनुसार जिल्लाको बुढीनन्दा, स्वामिकार्तिक, हिमाली , जगन्नाथ गाउँपालिका,लगायतका विभिन्न स्थानमा पर्याप्त मात्रामा उत्पादन भएको स्याउ ज्ञान केन्द्रको समन्वयमा कर्णाली करिडोर हुँदै बजारिकरण गरिएको हो । बाजुरामा कृषि उपजहरु पर्याप्त मात्रामा उत्पादन हुने संम्भावना भएपनि कृषकले विभिन्न समस्याका कारण चाहेजस्तो उत्पादन गर्न नसकेको र गरेपनि बजारिकरण तथा व्यवस्थापनमा समस्या भएको गुनासोपछि यो बर्ष कृषि ज्ञान केन्द्र बाजुराको कृषि प्रविधिकको टोली कृषकका बारीमा पुगेको थियो । मार्तडी कोल्टी सडकखण्ड सञ्चालन हुन नसके पनि कर्णाली करिडोर हुँदै कृषकहरुले उत्पादन गरेको स्याउ देशका ठुला शहरहरुमा बजारिकरण गरिएको ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा कुनैपनी मिसावट नगरी उत्पादन गरिएको अर्गानिक स्याउ यतिबेला देशका ठुला शहरहरुमा पुगेको छ । पछिल्लो समय गाउँपालिकाको पहलमा उत्पादन गरेको स्याउँले बजार पाउँन थालेको छ ।गाउँमा उत्पादन गरेको स्याउले समयमै बजार पाउँन थालेपछि अहिले स्याउ बिक्री गरेर कृषकहरुलाई घरखर्च चलाउन सहज भएको देखिन्छ ।मार्तडी कोल्टी सडक अबरुद्ध भएपनि गाउँपालिकाको पहलमा कर्णाली करिडोर हुँदै स्याउ बजारिकरण गरिए पश्चात अहिले त्यहाँका स्याउ कृषकहरु खुसी भएका छन् । पहिलो बर्ष मार्तडी कोल्टी सडकखण्ड हुँदैबाजुराको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली,काठमाडौँ सम्म बिक्रीका लागि लगिएको थियो । यो वर्ष मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध भएकोले कर्णाली करिडोर हुँदै जिल्लामा उत्पादन भएको अर्गानिक स्याउ बिक्रिको लागी सुर्खेत,धनगढी,नेपालगञ्ज हुँदै काठमाडौ लगिएको छ ।स्वामिकार्तिक गाउँपालिकामा यो बर्ष एक करोडभन्दा बढिको स्याउ उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिका कृषि शाखा प्रमुख बिनोद शाहीले बताएका छन् । गाउँपालिकामा स्थानीय, डेलिसिएस, रोयल, रेडडेलिसियस, गोल्डेन, गाला, फुजी लगायतको स्याउ उत्पादन हुने गरेको उनले बताए ।
त्यस्तै अन्य पालिकाका बिभिन्न ठाउँमा उत्पादन गरिएको अर्गानिक स्याउ बजारिकरणको तयारीमा रहेको छ । समयमै बजार नपाउँदा जिल्लामा उत्पादन गरिएको अर्गानिक स्याउ खेर जाने अबस्था रहने गरेको छ । पूर्वी उत्त्री क्षेत्रका चारवटै पालिका हिमाली, स्वामिकार्तिक, जगनाथ र बुढीनन्दाका स्याउ किसानहरु यतिबेला स्याउको बजारीकरणमा लागेका छन् । साउन महिनाको अन्तिमदेखि भदौमा जिल्ला सदरमुकाम लगायत देशका ठुला सहर धनगढी, काठमाण्डौँ,नेपालगञ्ज लगायतका ठाउँहरुमा यहाँका स्याउ कृषकहरु स्याउ बिक्रीका लागि बजारीकण गर्ने गर्दछन् । स्याउ कृषकहरुको बारीमा लटरम्म स्याउ फलेको छ । लटरम्म राताम्मे भएको स्याउ बजारिकण गर्न कर्णाली करिडोर हुँदै लगिएको छ । यता अबरुद्ध मार्तडी– कोल्टी सडकखण्ड सञ्चालनमा आउँन नसक्दा यताबाट स्याउ बजारीकरण गर्न समस्या भएको हो । दुर्य महिनासम्म अबरुद्ध सडक सञ्चालनमा नआउँदा उत्पादन गरिएको स्याउ बारिमै कुहिने डरले कर्णाली करिडोर हुदै स्या बिक्रि गरेर बजारिकरण गरिएको हो ।
जिल्लाको माथिल्लो चारवटै पालिकामा स्याउ उत्पादन हुने गरेको छ । बढीजसो स्वामिकार्तिक गाउँपालिकामा स्याउ उत्पादन हुन्छ भने हिमाली,बुढीनन्दा,र जगनाथमा पनि स्याउ राम्रो उत्पादन हुने गरेको छ ।जिल्लाको ५ स्थानीय तहमा स्याउ खेतीको लागि उपयुक्त हावापानी रहेको छ। जिल्लाको बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका स्याउ खेतीका लागि उपयुक्त ठाउँ हुन्। बाजुरामा स्याउ खेतीका लागि २५ सय हेक्टर क्षेत्रफल उपयुक्त छ। तर, अहिलेसम्म करिब पाँच छ सय हेक्टर क्षेत्रमा मात्रै स्याउ खेती गर्न सकिएको सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । जिल्लामा रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड डेलिसियस, फुजी र गाला प्रजातिको स्याउ खेती गर्ने गरीएको छ।जिल्लामा उत्पादित स्याउलाई ढुवानीको गरेर अन्य बाहिर जिल्ला पठाईने कार्य चलिरहेकोे कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।बिगत समयदेखि कृषि ज्ञान केन्द्रले कृषकहरुले उत्पादन गरेका स्याउ बजारिकरण गर्दे आईरहेको छ यतिबेला मार्तडी कोल्टी सडकखण्डले समस्या गरेपनि कर्णाली करिडोर हुँदै स्याउ बजारिकरण गरिएको हो ।
कृषि ज्ञान केन्द्रले स्याउ अनुदानमा ढुवानी गँदै आएको भएपनि अहिले सडकखण्ड अबरुद्ध हुँदा कोल्टी मार्तडी हुँदै स्याउ ढुवानी गर्न समस्या भएको जनाएको छ । मार्तडी कोल्टी सडक सञ्चालन आउँन नसके पनि कर्णाली करिडोर हुँदै कृषकहरुको स्याउ ढुवानी गरिने ज्ञान केन्द्र बाजुराले जनाएको छ । स्याउ ढुवानीको लागि ज्ञान केन्द्र लागिपरेको र कृषकलाई नआत्तिन पनि ज्ञान केन्द्रले आग्रह गरेको छ । मार्तडी– कोल्टी सडकखण्ड बर्षेनी अबरुद्ध हुँदा स्याउ कृषकहरुलाई समयमै स्याउ ढुवानीमा समस्या हुँदै आएको छ । किसानहरुले बारीमा उत्पादन गरेको स्याउले समयमै बजार नपाउँदा कतिपय स्याउ कृषकहरुले स्याउहरु काटेर गाईबस्तुहरलाई समेत खुवाउने समेत गरेका छन् । सडक सञ्चालन नहुँदा ढुवानीमा समस्या भई उनीहरुले बाध्य भएर स्याउहरु खेर फाल्नुपर्ने अबस्था पनि रहेको छ । बर्षेनी बाजुराका कृषकहरुले राम्रो स्याउ उत्पादन गरे पनि समयमै बजार नपाउँदा सास्ती खेप्दै आईरहेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर