• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अहिलेसम्म नदिमै थन्कियो बेलिब्रिज,कतै फालाफाल,कतै बेहाल

खप्तड मालिका न्युज September 3, 2024 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,भाद्र १८,बाजुराः साफे-मार्तडी सडकखण्ड अन्तर्गत जिल्लाको बडिमालिका नगरपालिका जडाङ्गमा रहेको बुढीगंगा नदिमाथि अहिले करोडौँको बेलिब्रिज प्रयोगबिहिन अबस्थामा रहेको छ । करोडौको बेलिब्रिज प्रयोगबिहिन भएको तिन बर्ष बितिसक्दा पनि उक्त बेलिब्रिज जिल्लाको अन्य ठुला नदिहरुमा स्थानान्तरण गर्न सकिएको छैन् । एउटै नदीमा दुई वटा पुल रहेका छन् भने जिल्लाको अन्य ठाउँका नदिहरुमा पानीको बहाफले यातायातका साधनहरु ठप्प छन् तर पनि यो बेलिब्रिजलाई अन्य नदिमा सार्न सकिएको छैन् । जसले गर्दा बाजुराको बिकाश कुन गतिले अगाडी बढिरहेको छ भन्ने कुरालाई प्रस्ट्याएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने निर्वाचित संघिय र प्रदेश सांसदहरुले पुल सार्ने प्रयासमा कुनै चाँसो नदेखाउँदा यो पुल अलपत्र परेको हो । चुनावको बेला खोक्रा भाषण गरेर जनताको आँखामा छारो हाल्ने हाम्रा नेताहरुले पुलको यस्तो दुर्दशा भईरहँदा पनि अन्य ठाउँमा सार्ने कुनै प्रयास गरेको पाईदैन् ।

“बेलिब्रिज अहिले प्रयोग बिहिन अबस्थामा छ,एउटै ठाँमा दुईवटा पुल छन्,अन्य ठाउँका नदिहरुमा यातायात ठप्प छ, तर पनि यो बेलिब्रिज अहिले सम्म सार्न सकिएको छैन्”स्थानियहरुले बताएका छन् । पक्की पुल निमार्ण भएको तिन बर्ष बितिसक्दा पनि उक्त बेलिब्रिज अन्य ठाउँ सार्ने प्रयास हुन सकेन्। अन्य ठाउँमा उक्त बेलिब्रिज सार्ने पहल नहुँदा नदीमै पुल थन्किएको छ । बाजुराबाट प्रतिनिधित्व गर्ने संघिय र प्रदेश सांसदहरुले तिन बर्ष सम्म पनि कुनै पहल नगर्दा उक्त बेलिब्रिज अहिले प्रयोगबिहिन बनेको स्थानियहरुले बताएका छन् ।जिल्लाका अन्य सडकखण्डका नदिहरुमा पुलहरु बन्न सकेका छैनन् तर बुढीगंगा नदिमा भने दुई वटा पुल रहेको भए तापनि अन्यन्त्र सार्ने प्रयास भएको छैन् । जिल्लाको मार्तडी कोल्टि सडक खण्डका तिन ठुला नदि र काँडा आटिचौर मार्तडी जोड्ने सडक खण्डको भौनेरा नदिमा पुल निर्माण नहुदा अहिले बर्षातमा यातायात पुर्ण रुपमा ठप्प हुने गरेको छ ।निमार्णाधिन पुलहरु पनि अहिले अलपत्र अबस्थामा छन् ।

कतै फालाफाल ,कतै बेहाल भनेजस्तै उक्त ठाउँमा पक्कि पुल हुँदा हुँदै पनि बेलिब्रिजलाई अन्त सार्न सकिएको छैन् । बर्षात अगाडी नै उक्त पुल कतै अन्त स्थानान्तरण गरेको खण्डमा त्यस ठाउँमा सहजता मिल्थ्यो तर अब बर्षातको समय सुरु भयो कहि स्थानान्तरण गर्न सकिएको छैन् । त्यहाँ दुई दुई पुल छन् तर अन्य ठाउँमा भने केहि छैन् समस्या हुने स्थानियले दुखेसो पोखेका छन् ।उक्त पुल अन्त कतै सार्नको लागी निर्वाचित संघिय र प्रदेश सांसद तथा स्थानिय सरकारले बिशेष ध्यान दिएर पहल गर्नुपर्ने स्थानियको भनाई छ । अन्य ठाउँमा पुल नहुँदा स्थानियहरुले बर्षातको समयमा निकै दुःख कष्ट भोग्नुपर्ने बाध्यता छ । तर यता बुढीगंगा नदिमा भने एउटा पक्की पुल एउटा बेलिब्रिज छन् जुन अहिले पक्की पुल संञ्चालनमा छ भने बेलिब्रिज तिन बर्ष देखि प्रयोगबिहिन बनेको छ अन्य ठाउँमा सार्न सकिएको छैन् ।लामो समयसम्म उक्त बेलिबिज्र सार्नको बजेट ब्यबस्थापन हुन नसक्दा बेलिब्रिज अलपत्र अबस्थामा रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका अन्य सडकको बिभिन्न ठाउँका खोलाहरुमा पुल नहुँदा जोखिमपुर्ण र सास्तीपुर्ण यात्रा गर्नुपर्ने बाध्यता संगै सवारी साधन सञ्चालनमा समस्या भईरहेको छ । बुढीगंगा नदिमा स्थायि पक्कि पुल बनिसक्दा पनि अस्थायी रुपमा सवारी साधन आवतजावत गराउन बनाईएको बेलिब्रिज अहिले प्रयोग बिहिन बनेको प्रशाशन बाजुराले जनाएको छ । उक्त बेलिब्रिज जिल्लाको अन्य ठुला नखिहरुमा सार्न कहिँबाट बजेटको क्ब्यबस्थापन हुन नसक्दा नखिमै थन्किएको बताइएको छ ।बजेटको ब्यबस्थापन हुन नसक्नु,र ठोस योजना बन्न नसक्दा बेलिब्रिज नखिमै थन्किएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् । उहाँले भन्नुभयो, “ बेलिब्रिज नदिमै थन्किएको छ,कतैबाट बजेटको ब्यबस्था हुन सकेको छैन्,कहाँ सार्ने भन्ने पनि ठोस निर्णय भएन्”उनले बताए । बेलिब्रिज अन्य ठाउँमा सारेको भए अन्य ठाउँमा यातायात संगै मानिसहरुको आवतजावतमा सजिलो हुने थियो तर अन्य ठाउँमा सार्न सकिएको छैन् । आफ्नो क्षेत्रबाट पहल भइरहेको पौडेलले बताए।बिशेषत यस बिषयमा जिल्लाबाट प्रतिनिधित्व गर्ने माननियहरुले यसबारे चासो दिनुपर्ने हो, त्यो हुन नसकेको उनले बताए। यदि बेलब्रिज अन्त कतै ठाउँमा स्थानान्तरण गरेको खण्डमा राहत मिल्ने थियो अधिकारी पौडेलले बताएका छन् ।

यता स्थानियका अनुसार निर्वाचित संघिय र प्रदेश सांसद त्यस्तै स्थानिय तहहरुका जनप्रतिनिधिको कमजोरीका कारण पुल सर्न नसकेको बताएका छन् । उनिहरुकै पहुँच नपुगेका कारण पुल सार्न नसकिएको स्थानियले आरोप लगाएका छन् ।चुनाव अगाडी चिल्ला भाषण गरेर,बिकाशका नाममा बाजा बजाउँदै जाने नेताहरु अहिले जिल्लाको समसयाको बारेमा बोःल्नुको साटो गुपचुप भएर बस्ने गरेको स्थानियले आरोप लगाएका छन् । जिल्लाका समसयाहरुको बारेमा कुनै पनि उठान नगर्ने,अनि हामीले यस्तो,उस्तो गरकै हौ ,तर भएन भनेर भन्ने अनेक नाटक देखाउने स्थानयिले बताए।लामो समयसम्म उक्त बेलिबिज्र सार्नको लागी प्रदेश र संघ सरकार बाट बजेट ब्यबस्थापन हुन नसक्दा बेलिब्रिज अलपत्र अबस्थामा रहेको छ । बुढिगंगा नदिमा २०७७ साल साउन २५ गते आएको बाढीले बेलिब्रिज बगाएको थियो भने तत्काल सडक बिभागले ठेक्का खोली ५ महिना पछाडी उक्त बगाएको बेलिब्रिज संञ्चालनमा ल्याएको थियो ।एक बर्ष पछाडी उक्त नदीमा पक्की पुल निमार्ण भए पश्चात अहिले उक्त बेलिब्रिज प्रयोग बिहिन बन्न पुगेको छ । अन्य ठाउँमा सारेको खण्डमा प्रयोग आउँथ्यो तर नदिमै थन्किएकोले बेलिब्रिज प्रयोग बिहिन अबस्थामा छ ।

बर्षातको समयमा जिल्लाका अन्य ठुला नदि,बाउली,त्यस्र्तै भौनेरा,दानसाघु लगायतका ठाउँमा सास्ती खेप्दै आउँनु परेको छ । यि मध्ये कुनै एक नदिमा उक्त बेलिब्रिज सार्न सकिएको खण्डमा अलि राहत मिल्ने थियो तर त्यस्तो कुनै अबस्था छैन् तिन बर्ष देखि बुढीगंगा नदिमै बेलिब्रिज थन्किएको छ । बेलिब्रिजलाई अन्य ठाउँमा आर्न नसक्दा अहिले बर्षातको समयमा अन्य नदिहरुमा ठुलो सास्ती खेप्नु परेको छ । तिन तिन बर्ष सम्म पनि पुल सार्न नसक्नु लाजमर्दो कुरा बनेको छ । अहिले सामाजिक सञ्जाल भरी उक्त पुल सार्न नसकिएको भन्दै टिकाटिप्पणी आउँने गरेका छन् । पहुँच भएको ठाउँमा शहरी बिकाश मन्त्रालयले आगामी आर्थिक बर्षको लागी एउटै जिल्लामा अ।बौ बजेट रकम बिनियोजन गरेका छन् भने बाजुरामा कुनै पनि संघिय र प्रदेश सांसदहरुको पहुँच नपुग्दा रकम बिनियोजन हुन सकेन् । जसले गर्दा यहाँको बिकाश पछाडी पर्दे गएको छ । चुनावको बेला भाषण गर्ने नेताहरु सांसद मन्त्रीहरु भएका छन् तर पनि उहाँले केहि गर्न सक्नु भएको छैन् । पहुँच हुने सांसद मन्त्रीहरुले बिभिन्न योजनाहरुमा अरबौ रकम हाल्न सकेका छन् भने यता बाजुराका सांसद मन्त्रीहरु भने गुपचुप अबस्थामा छन् । लामो समयसम्म बेलिब्रिज सार्न नसक्दा अहिले बाजुराका सांसद मन्त्री लगायत स्थानिय तहहरुका जनप्रतिनिधिहरुको खिल्ली उडिरहेको अबस्था छ तर पनि उनीहरुले चाँसो दिएको पाईदैन् । स्थानियहरुले खलपत्र अबस्थामा रहेको बेलिब्रिज स्थानान्तरणको लागी लामोसमयदेखि माग गरेको भएपनि कहिँबाट सुनुवाई हुन् सकेको छैन् । बेलिब्रिज अन्य ठाउँका नदीमा सार्नको लागी उनिहरुले माग गर्दे आईरहेका छन् ।

यता अनाई, बाउली,दानसाँघु र भौनेरा खोलामा पुलहरु निर्माणा गर्न लागिएको भए पनि ति निमार्णधिन पुलहरु पनि कछुवा तालमा अगाडी बढेका छन् ।  ती खोलामा पुल नहुँदा बर्षातको बेला यातायात सेवा अवरुद्ध हुने गरेको छ । बेलिब्रिज निर्माण पछि सडक बाह्रै महिना चल्ने अवस्था .भए पनि निमार्णधिन पुलहरु पनि चाडो गतिमा सञ्चालन हुन सकेको छैनन् । बेलिब्रिज मार्तडी कोल्टी सडक खण्ड अन्तर्गत बाउलीको अनाई खोला, कोल्टीको दानसागु खोला र मार्तडी, आटीचौर थामलेक सडक अन्तर्गत भौनेरा खोलामा बेलिब्रिज पुल निमार्ण कार्य जारी रहेको छ । निमार्णाधिन पुलको काम भने सुस्त गतिमा चलिरहेको छ । बाउली अनाई, दानसाँघुमा बेलिब्रिज निमार्ण गर्ने भने पनि भनाई अनुसारको काम अगाडी बढ्न नसक्दा समसया भईरहेको छ । समयमै भनेअनुसारको काम नहुँदा बाजुराका सडकहरुमा यातायातका साधनहरु सञ्चालन गर्न निकै समस्या भईरहेको छ । पुल नभएका ठाउँमा बर्खा सिजनमा यातायातका साधन अवरुद्ध हुने गरेका छन्। कतिपय ठाउँमा आंशिक रुपमा यातायातका साधन सञ्चालन भएपनि खोलामा पुल नहुँदा बर्षातको बेला यहाँका स्थानीयले पैदल यात्रा गर्दै आईरहेका ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑