
गोबिन्द्र राज तिमिल्सेना,भदौ १७,बाजुराः मार्तडी-कोल्टी सडकखण्ड अन्तर्गत जिल्लाको बडिमालिका नगरपालिका वडा. नम्बर. ७ जिल्ली (दानचौर) मा रहेको लक्ष्मी माध्यामिक बिद्यालय पहिरोको उच्च जोखिममा परेको छ । बिद्यालयको तलतिरबाट निरन्तर पहिरो बग्न थालेपछि बिद्यालय पहिरोको उच्च जोखिममा परेको हो । बिद्यालय नजिकै सडक माथिबाट ठुलो पहिरो लागेको छ ,उक्त पहिरोले गर्दा जमिन भाँसिदै गएकोले बिद्यालय जोखिममा परेको हो । सडक माथिबाट पहिरो बग्न सुरु भएको दुई तिन बर्ष बितिसक्दा पनि यसको रोकथाम तथा अन्य बिकल्पको बारेमा कुनै पनि सरोकारवाला निकायले चासो देखाएको पाईदैन् । पहिराले दैनिक जमिन कटान गर्दे गएकोले उक्त बिद्यालय पहिरोको उच्च जोखिममा रहेको छ ।
हरेक बर्षातको समयमा पहिरा निरन्तर बग्ने क्रम जारी रहने भएकोले बिद्यालयले अहिलेसम्म जोखिम मोलेर पढाई सञ्चालन गर्दै आईरहेको छ । बिद्यालयको गेट नजिकै ठुलो पहिरो गएको छ ,बिद्यालय भित्र जानको लागी बनाइएको बाटो समेत पहिराले बगायो,अहिले बिद्यालयमा पढाई गर्न जानको लागी पनि निकै समस्या हुने गरेको बिद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र गणेश वि.क ले बताएका छन् । उनले भने “बिद्यालयको नजिकै ठुलो पहिरो गएकोले अहिले बिद्यालयमा पढ्नको लागी जोखिम मोलेर जानुपर्छ”उनले बताए । अन्य ठाउँका बिद्यालयमा पढाई निरन्तर चलिरहेको छ,यहाँ पहिरोले गर्दा पढाई निकै प्रभावित बनेको बिद्यार्थी वि.क ले बताएका छन् । हिउँदको महिना राम्रोसँग पढाई सञ्चालन हुँदै आएको भएपनि बर्षातको समयमा हरेक बर्ष बिद्यालयको पढाई प्रभावित बन्दै आएको कक्षा १० मै अध्ययनरत छात्रा सर्मिला वि.क ले बताएकी छन् । बिद्यालयमा अहिले डरैडरका साथ अध्ययन गर्नुपर्ने बाध्यता रहेको उनले बताईन् ।
पहिरोले गर्दा बिद्यालय जोखिममा रहेकोले अन्य कुनै सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अबस्था रहेको भएपनि कसैले पनि चासो नदेखाएको बिद्यालयका प्रधानाध्यापक लालचन्द्र जैशिले बताएका छन् । उहाँले भन्नुभयो, “ बिद्यालयमा अहिले जोखिम मोलेर अध्ययन अध्यापन गराउँनु पर्ने बाध्यता छ,पहिराले बिद्यालय उच्च जोखिममा छ,तर पनि सरोकारवाला निकाय कसैले पनि खासै चासो दिएको पाईदैन्”उनले भने । पहिराले गर्दा बिद्यालय अहिले जोखिम मोलेर सञ्चालन भईरहेको भएपनि कुनदिन ठुलो क्षती हुने हो भन्ने डरैडरले बिद्यालयमा अध्यापन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक जैशिले बताएका छन् । बिद्यालयको नजिकै अहिले ठुलो पहिरो बगेको छ,पहिराले बिद्यालय त जोखिमै छ,यातायातका साधनहरु पनि ठप्प छन्,यता जिल्लीबाट अध्ययन गर्न जाने बिद्यार्थीहरुको लागी बढीभन्दा बढी समस्या हुने गरेको बिद्यालयका शिक्षक प्रेमलाल पाध्यायले बताएका छन् । पहिरोको डरले बिद्यार्थीहरु पनि बिद्यालय आउँदैनन् जसले गर्दा बिद्यालयको पढाई प्रभावित बन्दै गईरहेको शिक्षक पाध्यायले बताए । बिद्यालयको तलतिरबाट धमाधम पहिरो बग्न थालेको छ ,माथितरि स्कुल छ,तलबाट पहिरो बग्दा बिद्यालय उच्च जोखिममा रहेको उनले बताएका छन् ।
मार्तडी कोल्टी सडकखण्डको छेउमै रहेको बिद्यालयको अहिले चारै तिरबाट पहिरो बग्न थालेपछि बिद्यालय उच्च जोखिममा रहेको छ। विद्यालय सञ्चालन गर्न समेत निकै समस्या छ, हन्य ठाउँका बिद्यालयहरुमा सजिलो वातावरणमा पढाई सञ्चालन हुने गरेको भएपनि लक्ष्मी माविमा भने डरैडरका साथ पढाई सञ्चालन गर्नुपर्ने बाध्यता छ । बिद्यालय बन्द गरे बालबालिकाहरूको पढाइ प्रभावित बन्ने,सञ्चालन गरेको खण्डमा पनकै जोखिम मोलेर सञ्चालन गर्नुपर्ने अबस्था बिद्यालयलाई रहेको छ । विद्यालय पहिरोको उच्च जोखिममा रहेको कुरा स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग राख्दै आएको भएपनि अहिलेसम्म कतैबाट पहल हुन नसक्दा बिद्यालय अन्य सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नसकिएको बिद्यालयले जनाएको छ । बिद्यालय पहिरोको जोखिममा रहेको भएपनि कतैबाट अहिलेसम्म सुनुवाई हुन नसकिएको देखिएको छ । २०७७ सालदेखि यो विद्यालयको वरिपरि चारै तिरबाट सडकका कारण पहिरो जान सुरु भएपछि विद्यालयलाई थप ठुलो समस्या पर्दे गएको छ । परिो नजादाँ सम्म बिद्यालय त्यति जोखिम अबस्थामा थिएन् जब पहिरो बग्न सुरु भए पश्चात बिद्यालय पनि दिनप्रति दिन पहिरोको जोखिममा पर्दै गएको हो । बिद्यालयको आर्थिक अबस्था एकदमै कमजोर भएको जोखिममा रहेको बिद्यालय अन्य ठाउँमा सार्न नसकिएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष हिरेन्द्र वि.क ले बताएका छन् । बिद्यालयको अवस्था एकदमै कमजोर । त्यो त्यहाँदेखि अन्य सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अबस्था छ ,तर पनि बिद्यालयले केहि गर्न नसक्ने र अन्य कुनै ठाउँबाट पहल नहुँदा बिद्यालयमा जोखिम मोलेर अध्ययन अध्यापन गराउँनु पर्ने बाध्यता रहेको वि.क ले बताएका छन् ।
बिद्यालयको तलतिरबाट पहिरो झनझन बग्न थालेकोले बिद्यालय थप जोखिममा पर्दै गएको छ । रातभर लगातार बर्षा भएको खण्डमा झन पहिरो गई बिद्यालय झन जोखिममा पर्न सक्ने अबस्था छ । लामोसमय देखि बिद्यालय जोखिम मोलेर सञ्चालन हुँदै आईरहेको छ । मार्तडी कोल्टी सडकखण्ड लामोसमयसम्म कालोपत्रे तथा मर्मत नहुँदा यो समस्या सिर्जना भएको हो । अबरुद्ध भएको सडक सञ्चालन संगै सडक कालोपत्रे हुन नसक्दा मार्तडी कोल्टी सडकखण्डमा बर्षेनी ठुलो समस्या हुँदै आएको छ । मार्तडी कोल्टी सडक ३ बर्ष भित्र कालोपत्रे गरिसक्ने योजना सहित सम्झौता भएको ५ बर्ष पुरा भइसक्दा पनि सडक निर्माण हुन सकेको छैन । मार्तडी–कोल्टी सडक निर्माणका लागि २०७८ असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले सडक निर्माण कार्यको जिम्मा लिएका थियो । सडक निर्माणको जिम्मा लिए पनि अहिलेसम्म सडक निमार्ण भने पुरा हुन सकेको छैन् । लामो समयसम्म पनि सडक कालोपत्रे नहुँदा माथिल्लो चारवटै पालिकाका नागरीक लगायत छिमेकी जिल्ला हुम्ला,मुगु,जुम्ला लगायत ठाउँका नागरीकहरुलाई पनि समस्या हुँदै आएको छ । वर्खाको बेला लगातार पानी पर्न थालेपछि सडक अबरुद्ध हुँदा मार्तडी कोल्टी सडकखण्ड सञ्चालन गर्न हम्मेहम्मे परेको छ । सडकको ठाउँठाउँमा पहिरो जाने क्रमले समस्या हुँदै आईरहेको छ । कहिँ बिद्यालय जोखिममा छन् भने कहिँ सिंगो बस्ती नै पहिरोको जोखिममा छन् ।
जिल्ली पहिरोले गर्दा लक्ष्मी मावि जोखिममा रहनुका साथै बर्षेनी मार्तडी कोल्टी सडकखण्ड अबरुद्ध हुँदै आएको छ । पहिरो गई सडक अबरुद्ध हुँदा बडिमालिका नगरपालिकाको ७ वडा हुँदै माथिल्लो क्षेत्रका चारवटै पालिकाको लागी अहिले दैनिक उपभोग्य सामाग्री ढुवानी गर्नका लागि समस्या हुने गरेको छ ”यती बेला सडक पनि अबरुद्ध छ,बिद्यालय पनि जोखिममा छ तरपनि कसैले चाँसो देखाएको भने पाईदैन् । जिल्ली पहिराले गर्दा जिल्ला सदरमुकाम मार्तडी पुग्न नागरिकलाई सकस हुने गरेको छ । मार्तडी देखि कोल्टी सम्मको सडक जम्मा ४२ किलोमिटर रहेको छ जसमध्ये आधि भागमा हिडेर जानुपर्छ भने कहिँ आधिँ ठाउँबाट महंगो भाडा तिरेर जिपमा जानुपर्ने अबस्था रहेको छ । जिल्ली पहिरोले झन समस्या माथि समस्या थपिदिएको छ । पहिरोले गर्दा यातायातका साधनहरु पनि ठप्प बनेका छन् । समयमै मार्तडी कोल्टी सडकखण्ड कालोपत्रे नहुँदा हरेक बर्षातको समयमा स्थानिय लगायत यातायातका साधनहरुले सास्ती ब्यहोर्दै आएका छन् । पहिरो बग्न सुरु भएको करिब दुई तिन बर्ष बित्यो, पहिरोको दृश्य हेर्न सबै नेता कार्यकर्ताहरु लगायत बाजुराबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि पहिरोको अवलोकन गरे तर पनि पहिरोको रोकथामको लागी कुनै पनि पहल नगर्दा सधै समस्या हुँदै आईरहेको छ । पहिरोले सडकखण्ड अबरुद्ध हुनुका साथै मानिसहरुको आवतजावत पनि कष्ठकर बनेको छ।पहिरोको उच्च जोखिममा रहेको बिद्यालय अन्य सुरक्षित ठाउँमा स्थानान्तरणको लागी कहिँ कतैबाट पहल हुन नसकेको स्थानियहरुले बताएका छन् ।पहिरो लगातार बग्न थालेपछि बिद्यालय उच्च जोखिममा परेको छ अब बिद्यालयलार्य अन्य ठाउँमा सार्नु बाहेक अन्य बिकल्प देखिदैन् ।बिद्यालयलाई अन्यन्त्र ठाउँमा स्थतानान्तरण गरेको खण्डमा मात्रै सुरक्षित हुने स्थानियहरुले बताएका छन् । बिद्यालय पहिरोको जोखिममा छ,अन्य ठाउँमा स्थानान्तरण गर्नु बाहेक अन्य उपाय छैन्, स्थानियहरुले पनि बिद्यालय स्थानान्तरणको लागी माग गर्दै आएका छन् तर पनि कहिँ कतै बाट पहल हुन सकेको छैन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर