खप्तड मालिका न्युज,भाद्र १६,बाजुराः नेकपा एमाले बाजुराको पार्टीको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु आइतबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । एमाले बाजुराका प्रचार विभाग प्रमुख राजन रोकायाले पार्टीको दोस्रो बैठकले गरेका निर्णयहरु प्रस्तुत गरेका थिए। पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष लालबहादुर ओली, सचिव काँशी विक ,जिल्ला कमिटी सदस्य हिरा रोकाया, राजिव रोकाया, दिलबहादुर थापा भोटे लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
जिल्ला कमिटीको दास्रो पुर्ण बैठकले पार्टी केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन ९ र १० बैठकमा प्रस्तुत गरेर कार्यान्वयन गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै पार्टीले पार्टी किेन्द्रय सदस्य लाल बहादुर थापाले जिल्ला ईन्चार्ज, सहदेव बोगटीले प्रतिनिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी ईन्चार्ज र प्रकाश बहादुर थापा र दयाल बहादुर शाहीले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी ईन्चार्जको जिम्मेवारी प्राप्त गरेकाले उनीहरुलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना प्रस्ताव पारित गरेको छ । बैठकले आगामी मंसिर भित्र सबै पालिका, वडा तथा जनसंगठनका अधिवेशन सम्पन्न गर्ने, असोज १२ देखि १४ गतेसम्म जिल्ला कमिटी सदस्यहरुका लागि मार्तडीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, जिल्लाबाट रोजगारी तथा अध्ययनका लागि तेस्रो मुलुकमा गएका पार्टीका सुभेच्छुकहरुको लगत संकलन र पार्टीका पुराना नेताहरुको लगत संकलन गर्ने निणर्य गरेको छ ।
त्यसैगरी बैठकले ६ वटा विभाग गठन र ७ जनालाई विभिन्न विभाग प्रमुखको जिम्मेवारी तोकेको छ । जसमा कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुखमा सचिव काँशी बहादुर विक, संगठन विभाग प्रमुखमा अमर बहादुर खड्का, स्कुल विभाग प्रमुखमा जनककुमार बोहरा, प्रचार विभाग राजनकुमार रोकाया, स्थानीय विभागमा रामबहादुर बानिया, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा मनदेवि ओली र जनसंगठन समन्वय संयन्त्र प्रमुखमा हरिबहादुर रोकायालाई तोकेको छ ।त्यस्तै बैठकले पार्टीका जिल्ला, पालिका, वडा, टोल कमिटीका नेता कार्यकर्ताहरुका लागि आचारसंहिता २०८१ पारित, जिल्लाको समग्र विकासका लागि राजनीतिक सद्धाव कायम गर्ने र विकासमा सुशासन अभियान सुरु गर्ने निणर्य गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पार्टी जिल्ला, पालिका तथा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुले कुनै पनि योजनाको उपभोक्ता समितिमा बस्न नपाइने,
जिल्लाको समग्र बिकाशको लागी राजनितिक सद्धभाव कायम गर्ने,र विकाशमा सुशासन अभियान संञ्चालन गर्ने,समाजमा बिद्यमान सामाजिक बिभेदका रुपमा रहेको छुवाछुत,लैगिंक बिभेद,छाउपडी प्रथा,बालबिबाह,बहुबिबाह जस्ता कुरिति कुसंस्कारको अन्त्यका लागी जनपरिचालन अभियान सञ्चालन गर्ने,जिल्लाको शान्ति सुरक्षा,तथा जनताको समसया समाधान,तथा निष्पक्ष गुणस्तरीय सेवा प्रबाहका लागी स्थानिय पशासनलाई पुर्ण सहयोग तथा सहजिकरण गर्ने निर्णय गरिएको हाे।
कुपोषणबाट बर्षेनी बालबालिका,महिलाहरुको मृत्यु भईरहेको र प्राकृतिक बिपत्तीबाट भएका क्षतीका सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउँने,पार्टी बिधान र नियमावलीको ब्यबस्था बमोजिम कार्यालय र २३ सदस्यि सचिवालय गठन गर्ने,अध्यक्षको राजनितिक प्रतिबेदन र सचिवको संगठनात्मक कामको बारेमा प्रस्ताव गर्ने, जिल्लाका ६९ वटै वडाहरुमा जिल्ला कमिटी सदस्यहरुलाई वडा ईन्चार्जको जिम्मेवारी, पार्टीकोे ३ बर्षिय बार्षिक कार्ययोजना र बजेट पारित, पार्टी सदस्यता नविकरणलाई अनलाइन डिजिटलाइज गर्ने, स्वर्गिय चेतनदिप अयडी जेहेन्दार छात्रवृत्ति कोष स्थापना र तत्कालीन पार्टी उपसचिव स्वर्गिय ताराचन्द्र रेग्मी उत्कृष्ट जनप्रतिनिधि सम्मान पुरस्कार स्थापना गर्ने प्रस्ताव पारित गरीएको एमाले बाजुराले पत्रकार सम्मेलन मार्फत आइतबार जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर